Jump to content

Page:Tarun tapasi.pdf/68: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|९}}
{{pcn|९}}
ब्यूँझें, भेट्टायें चटकमय त्यो खाद्य खचित
ब्यूँझेँ, भेट्टायेँ चटकमय त्यो खाद्य खचित
::भयें त्यस्ले गर्दा अलि दिन त आश्चर्यचकित
::भयेँ त्यस्ले गर्दा अलि दिन त आश्चर्य-चकित
स्वयं शोचें फेरी खुशिसँग हँसीलो मुख गरी
स्वयं शोचेँ फेरी खुशिसँग हँसीलो मुख गरी
::अहो कस्तो लीला ? प्रकृतिजननीको हरि हरि
::अहो ! कस्तो लीला ? प्रकृति-जननीको हरि ! हरि !!


{{pcn|१०}}
{{pcn|१०}}
अहो त्यो तन्द्रामा कसरि जननीले कुन घरी
अहो ! त्यो तन्द्रामा कसरि जननीले कुन घरी
::गुतायिन् त्यो लम्बा फल र फुलको मञ्जु पगरी ?
::गुतायिन् त्यो लम्बा फल र फुलको मञ्जु पगरी ?
भनी छामें, थामें लचक ललिताऽऽकार उसको
भनी छामेँ, थामेँ लचक ललिताऽऽकार उसको
::बग्यो मानू मेरो खलखल कुलो तृप्तिरसको
::बग्यो मानू मेरो खलखल कुलो तृप्ति-रसको


{{pcn|११}}
{{pcn|११}}
Line 17: Line 17:
::त्यसैले नै मानू जनमभरको सङ्कट निल्यो ।
::त्यसैले नै मानू जनमभरको सङ्कट निल्यो ।
थियो त्यो बेगिन्ती, तदपि सब गिन्ती गरि गरी
थियो त्यो बेगिन्ती, तदपि सब गिन्ती गरि गरी
::मजैमा लर्कायें शिरभर सबै लर्कन सरी ॥
::मजैमा लर्कायेँ शिरभर सबै लर्कन सरी ॥


{{pcn|१२}}
{{pcn|१२}}
बह्यो त्यस्ले गर्दा चमचम सबैतर्फ सुषमा
बह्यो त्यस्ले गर्दा चमचम सबैतर्फ सुषमा
::भयो जान्ने सुन्ने सकल दुनियाँ मुग्ध उसमा ।
::भयो जान्ने सुन्ने सकल दुनियाँ मुग्ध उसमा ।
ठुलासाना नाना थकित बटुवाका नजरको
ठुला-साना नाना थकित बटुवाका नजरको
::भयें मानू तारो उस बखत त्यो मार्गभरको
::भयेँ मानू तारो उस बखत त्यो मार्ग-भरको


{{pcn|१३}}
{{pcn|१३}}
Line 32: Line 32:


{{pcn|१४}}
{{pcn|१४}}
खुशी बढ्दै आयो, दिवसरजनीचक्रचटक
खुशी बढ्दै आयो, दिवस-रजनी-चक्र-चटक
::घुमीहाल्यो मानू निमिषमय भै धेर पटक ।
::घुमी-हाल्यो मानू निमिषमय भै धेर पटक ।
झुके लुर्का फुर्का सकल पगरीका तल तल
झुके लुर्का फुर्का सकल पगरीका तल तल
::जम्यो ती जम्बैमा रुचिर रसरेसा टलबल ॥
::जम्यो ती जम्बैमा रुचिर रस-रेसा टलबल ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 16:06, 14 June 2025

This page has been validated


म ब्यूँझेँ, भेट्टायेँ चटकमय त्यो खाद्य खचित
भयेँ त्यस्ले गर्दा अलि दिन त आश्चर्य-चकित ।
स्वयं शोचेँ फेरी खुशिसँग हँसीलो मुख गरी
अहो ! कस्तो लीला ? प्रकृति-जननीको हरि ! हरि !!

१०
अहो ! त्यो तन्द्रामा कसरि जननीले कुन घरी
गुतायिन् त्यो लम्बा फल र फुलको मञ्जु पगरी ?
भनी छामेँ, थामेँ लचक ललिताऽऽकार उसको
बग्यो मानू मेरो खलखल कुलो तृप्ति-रसको ॥

११
मलाई जो त्यस्तो कठिन तपको त्यो फल मिल्यो
त्यसैले नै मानू जनमभरको सङ्कट निल्यो ।
थियो त्यो बेगिन्ती, तदपि सब गिन्ती गरि गरी
मजैमा लर्कायेँ शिरभर सबै लर्कन सरी ॥

१२
बह्यो त्यस्ले गर्दा चमचम सबैतर्फ सुषमा
भयो जान्ने सुन्ने सकल दुनियाँ मुग्ध उसमा ।
ठुला-साना नाना थकित बटुवाका नजरको
भयेँ मानू तारो उस बखत त्यो मार्ग-भरको ॥

१३
थियो पैले मेरो तरुण वय तेसै चहकिलो
जटामा उस्माथी फल र फुलको रौनक ठुलो ।
त्यसैले झुम्मिन्थे वर पर सदा दर्शकहरू
नहेरी त्यो शोभा कुन हिँडन शक्थ्यो सुरुसुरु ॥

१४
खुशी बढ्दै आयो, दिवस-रजनी-चक्र-चटक
घुमी-हाल्यो मानू निमिषमय भै धेर पटक ।
झुके लुर्का फुर्का सकल पगरीका तल तल
जम्यो ती जम्बैमा रुचिर रस-रेसा टलबल ॥