Jump to content

Page:Tarun tapasi.pdf/58: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|२१}}
{{pcn|२१}}
टुट्यो त्यस्ले गर्दा भुवनभरको नीरवपना
टुट्यो त्यस्ले गर्दा भुवनभरको नीरव-पना
::गयो गल्दै गल्दै सकल दुनियाँको तम घना ।
::गयो गल्दै गल्दै सकल दुनियाँको तम घना ।
सबेरैका हावा पनि बहन थाल्यो सिरिसिरी
सबेरैका हावा पनि बहन थाल्यो सिरिसिरी
::फुके साना ठाडा अरुणरुचिरेखा मिरिमिरी ॥
::फुके साना ठाडा अरुण-रुचि-रेखा मिरिमिरी ॥


{{pcn|२२}}
{{pcn|२२}}
Line 15: Line 15:
{{pcn|२३}}
{{pcn|२३}}
उषाले बिस्तारै दिवसपतिको पूर्वतिरको
उषाले बिस्तारै दिवसपतिको पूर्वतिरको
::गुलाफी खोपी वा अति चहकिलो केलिघरको
::गुलाफी खोपी वा अति चहकिलो केलि-घरको
खुला पारी ढोका, विहगकुल त्यो चञ्चुचपल
खुला पारी ढोका, विहगकुल त्यो चञ्चु-चपल
::प्रभातीको ताना मधुर लिन थाल्यो पलपल
::प्रभातीको ताना मधुर लिन थाल्यो पल-पल


{{pcn|२४}}
{{pcn|२४}}
हटाई पर्दा त्यो मलिन तमको मङ्गल गरी
हटाई पर्दा त्यो मलिन तमको मङ्गल गरी
::छरी रातो रोरीमय चहक राम्रो नट सरी ।
::छरी रातो रोरीमय चहक राम्रो नट सरी ।
उदाये वा आये जब रवि खुला नाट्यघरमा
उदाये वा आये जब रवि खुला नाट्य-घरमा
::तमासा अर्कै भो अनि सकल संसारभरमा ॥
::तमासा अर्कै भो अनि सकल संसारभरमा ॥


{{pcn|२५}}
{{pcn|२५}}
ठुला अग्ला अग्ला गिरिशिखरका साथ म पनि
ठुला अग्ला अग्ला गिरिशिखरका साथ म पनि
::त्यसै झल्कें टल्कें रविकिरणले कञ्चन बनी ।
::त्यसै झल्केँ टल्केँ रवि-किरणले कञ्चन बनी ।
चरा मानू नीराजनविषयको कीर्तन गरी
चरा मानू नीराजन-विषयको कीर्तन गरी
::उडे सारा चारा लिन चपल चञ्चूपुट धरी ॥
::उडे सारा चारा लिन चपल चञ्चूपुट धरी ॥


Line 34: Line 34:
उता जोड्छन् नाता उदयगिरिमा वासरमणि ।
उता जोड्छन् नाता उदयगिरिमा वासरमणि ।
::यता छोड्छन् ताता सुखशयनको वासरमणी ।
::यता छोड्छन् ताता सुखशयनको वासरमणी ।
उनी बन्छन् आफैं गिरिशिखरका स्वर्णकलश
उनी बन्छन् आफैँ गिरिशिखरका स्वर्णकलश
::इनी भन्छन् पारौं अब त जलले पूर्ण कलश ॥
::इनी भन्छन् पारौँ अब त जलले पूर्ण कलश ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 22:06, 12 June 2025

This page has been validated

२१
टुट्यो त्यस्ले गर्दा भुवनभरको नीरव-पना
गयो गल्दै गल्दै सकल दुनियाँको तम घना ।
सबेरैका हावा पनि बहन थाल्यो सिरिसिरी
फुके साना ठाडा अरुण-रुचि-रेखा मिरिमिरी ॥

२२
कुनामा ती रागी दिवसकरको चुम्बन परी
खुशीले मस्केकी सरल धरणीको स्मित सरी ।
उज्यालो भै निस्क्यो क्षितिज उस वेला अलिअलि
झिके यौटा दोटा चपल चिडियाले खलबली ॥

२३
उषाले बिस्तारै दिवसपतिको पूर्वतिरको
गुलाफी खोपी वा अति चहकिलो केलि-घरको ।
खुला पारी ढोका, विहगकुल त्यो चञ्चु-चपल
प्रभातीको ताना मधुर लिन थाल्यो पल-पल ॥

२४
हटाई पर्दा त्यो मलिन तमको मङ्गल गरी
छरी रातो रोरीमय चहक राम्रो नट सरी ।
उदाये वा आये जब रवि खुला नाट्य-घरमा
तमासा अर्कै भो अनि सकल संसारभरमा ॥

२५
ठुला अग्ला अग्ला गिरिशिखरका साथ म पनि
त्यसै झल्केँ टल्केँ रवि-किरणले कञ्चन बनी ।
चरा मानू नीराजन-विषयको कीर्तन गरी
उडे सारा चारा लिन चपल चञ्चूपुट धरी ॥

२६
उता जोड्छन् नाता उदयगिरिमा वासरमणि ।
यता छोड्छन् ताता सुखशयनको वासरमणी ।
उनी बन्छन् आफैँ गिरिशिखरका स्वर्णकलश
इनी भन्छन् पारौँ अब त जलले पूर्ण कलश ॥