Page:Tarun tapasi.pdf/55: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|६}} | {{pcn|६}} | ||
जगद्धात्री देवी | जगद्धात्री देवी प्रकृति-जननीमा विषमता | ||
::हुनाले झल्केको भुवनबिच के मिल्छ समता ? | ::हुनाले झल्केको भुवनबिच के मिल्छ समता ? | ||
भनी मेरो भित्री श्रवणबिच भर्दै सनसनी | भनी मेरो भित्री श्रवणबिच भर्दै सनसनी | ||
Line 11: | Line 11: | ||
::त्यसैमा दर्शाये शिखरहरुले रङ्ग हँसिलो । | ::त्यसैमा दर्शाये शिखरहरुले रङ्ग हँसिलो । | ||
बटोही जो कोही उभयतिर चल्थे तिनि पनि | बटोही जो कोही उभयतिर चल्थे तिनि पनि | ||
::लपेटेकै | ::लपेटेकै देखेँ उस विषमताले फनफनी ॥ | ||
{{pcn|८}} | {{pcn|८}} | ||
घडी | घडी झुम्रे-झाम्रे मल-मलिन ढाक्रे र भरिया | ||
::घडी साहू राम्रा सुघर सुर जस्ता शहरिया । | ::घडी साहू राम्रा सुघर सुर जस्ता शहरिया । | ||
घडी घाँसी ग्वाला, कृषकहरु झुत्रे नगिचमा | घडी घाँसी ग्वाला, कृषकहरु झुत्रे नगिचमा | ||
:: | ::थियेँ साक्षी जस्तो सकल बटुवाको म बिचमा ॥ | ||
{{pcn|९}} | {{pcn|९}} | ||
Line 23: | Line 23: | ||
::उनी माला मोतीसदृश पसिनाको दिवसमा । | ::उनी माला मोतीसदृश पसिनाको दिवसमा । | ||
मलाई दिन्थे जो पथिकहरु ती बीच पथमा | मलाई दिन्थे जो पथिकहरु ती बीच पथमा | ||
::सबै शोची (षी) | ::सबै शोची (षी) लिन्थेँ म पनि गहना त्यो सुपथमा ॥ | ||
{{pcn|१०}} | {{pcn|१०}} | ||
जती प्यूँथ्यो चौकी गरम पसिना | जती प्यूँथ्यो चौकी गरम पसिना पान्थ-जनको | ||
::उती बढ्थ्यो मेरो हरबखत उत्साह मनको । | ::उती बढ्थ्यो मेरो हरबखत उत्साह मनको । | ||
म | म भन्थेँ तत्कालै पर पर पुर्याईकन भुजा | ||
::यता झर्ने चर्का | ::यता झर्ने चर्का रवि-किरण पार्छू सब कुजा ॥ | ||
{{pcn|११}} | {{pcn|११}} | ||
कडा राँको जस्ता | कडा राँको जस्ता रवि-किरणको ताप फिँजिँदा | ||
::कठै बाटोघाटो | ::कठै ! बाटोघाटो रिपु-मुलुक झैँ दुर्गम हुँदा । | ||
उनिन्थे छायामा मनुज, पशु, पक्षी जुन जति | उनिन्थे छायामा मनुज, पशु, पक्षी जुन जति | ||
::थियो बेग्लाबेग्लै सकल तिनको अद्भुत गति ॥ | ::थियो बेग्लाबेग्लै सकल तिनको अद्भुत गति ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 21:56, 12 June 2025
६
जगद्धात्री देवी प्रकृति-जननीमा विषमता
हुनाले झल्केको भुवनबिच के मिल्छ समता ?
भनी मेरो भित्री श्रवणबिच भर्दै सनसनी
हवा दौड्यो, हल्ल्यो फरफर जटामण्डल पनि ॥
७
अलापे पन्छीले प्रणयसँग त्यै राग रसिलो
त्यसैमा दर्शाये शिखरहरुले रङ्ग हँसिलो ।
बटोही जो कोही उभयतिर चल्थे तिनि पनि
लपेटेकै देखेँ उस विषमताले फनफनी ॥
८
घडी झुम्रे-झाम्रे मल-मलिन ढाक्रे र भरिया
घडी साहू राम्रा सुघर सुर जस्ता शहरिया ।
घडी घाँसी ग्वाला, कृषकहरु झुत्रे नगिचमा
थियेँ साक्षी जस्तो सकल बटुवाको म बिचमा ॥
९
झिकी सुस्केराको बहुत खिरिलो सूत उसमा
उनी माला मोतीसदृश पसिनाको दिवसमा ।
मलाई दिन्थे जो पथिकहरु ती बीच पथमा
सबै शोची (षी) लिन्थेँ म पनि गहना त्यो सुपथमा ॥
१०
जती प्यूँथ्यो चौकी गरम पसिना पान्थ-जनको
उती बढ्थ्यो मेरो हरबखत उत्साह मनको ।
म भन्थेँ तत्कालै पर पर पुर्याईकन भुजा
यता झर्ने चर्का रवि-किरण पार्छू सब कुजा ॥
११
कडा राँको जस्ता रवि-किरणको ताप फिँजिँदा
कठै ! बाटोघाटो रिपु-मुलुक झैँ दुर्गम हुँदा ।
उनिन्थे छायामा मनुज, पशु, पक्षी जुन जति
थियो बेग्लाबेग्लै सकल तिनको अद्भुत गति ॥