Jump to content

Page:Tarun tapasi.pdf/37: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
<poem>
<poem>
{{pcn|१}}
{{pcn|१}}
वचनामृत त्यो पियें जति
वचनामृत त्यो पियेँ जति
::दिलमा प्यास बढ्यो अहो उति ।
::दिलमा प्यास बढ्यो अहो ! उति ।
अब त्यो कब पाउँला भनी
अब त्यो कब पाउँला भनी
::अडियें निश्चल दीप झैं बनी ॥
::अडियेँ निश्चल दीप झैँ बनी ॥


{{pcn|२}}
{{pcn|२}}
चल्यो सुस्तै भित्री पवन अथवा स्पन्द मुटुमा
चल्यो सुस्तै भित्री पवन अथवा स्पन्द मुटुमा
::पर्यो सानू रेखा स्मितकिरणको ओष्ठपुटमा
::पर्‍यो सानू रेखा स्मित-किरणको ओष्ठ-पुटमा
खुल्यो जोडी लामा कमलदल जस्ता नयनको
खुल्यो जोडी लामा कमल-दल जस्ता नयनको
::प्रभा झल्क्यो राम्रो दिवसमणिको झैं वदनको ॥
::प्रभा झल्क्यो राम्रो दिवसमणिको झैँ वदनको ॥


{{pcn|३}}
{{pcn|३}}
निराशाको पर्दा मलिन मनको भेदन गरी
निराशाको पर्दा मलिन मनको भेदन गरी
::मुटूमा झल्काई अति रुचिर आलोकलहरी
::मुटूमा झल्काई अति रुचिर आलोक-लहरी
उनी बोले फेरी जलद सरि धीर ध्वनि गरी
उनी बोले फेरी जलद सरि धीर ध्वनि गरी
::ति जो सुन्दा सुन्दै विलयतक हुन्थे हरि हरि
::ति जो सुन्दा सुन्दै विलयतक हुन्थे हरि ! हरि !!


{{pcn|४}}
{{pcn|४}}
बिताई वा भोगी विकट हिमको सङ्कट सबै
बिताई वा भोगी विकट हिमको सङ्कट सबै
::म रस्तामा त्यस्तो किसिमसित बस्ता अटल भै
::म रस्तामा त्यस्तो किसिमसित बस्ता अटल भै !
ठुला साना सारा पथिक पथको मङ्गल सरी
ठुला साना सारा पथिक पथको मङ्गल सरी
::मलाई सम्झन्थे, प्रणयसित घुम्थे वरिपरि ॥
::मलाई सम्झन्थे, प्रणयसित घुम्थे वरिपरि ॥
Line 31: Line 31:
::दगुर्थे लत्त्याई जुन पथिक अन्धा रिपु सरी ।
::दगुर्थे लत्त्याई जुन पथिक अन्धा रिपु सरी ।
उनैको देख्दै त्यो अति मतलबी भाव मनको
उनैको देख्दै त्यो अति मतलबी भाव मनको
::दया साथै हाँस्थें फगत मुख हेर्थें गगनको ॥
::दया साथै हाँस्थेँ फगत मुख हेर्थें गगनको ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 16:48, 10 June 2025

This page has been validated
पञ्चम विश्राम


वचनामृत त्यो पियेँ जति
दिलमा प्यास बढ्यो अहो ! उति ।
अब त्यो कब पाउँला भनी
अडियेँ निश्चल दीप झैँ बनी ॥


चल्यो सुस्तै भित्री पवन अथवा स्पन्द मुटुमा
पर्‍यो सानू रेखा स्मित-किरणको ओष्ठ-पुटमा ।
खुल्यो जोडी लामा कमल-दल जस्ता नयनको
प्रभा झल्क्यो राम्रो दिवसमणिको झैँ वदनको ॥


निराशाको पर्दा मलिन मनको भेदन गरी
मुटूमा झल्काई अति रुचिर आलोक-लहरी ।
उनी बोले फेरी जलद सरि धीर ध्वनि गरी
ति जो सुन्दा सुन्दै विलयतक हुन्थे हरि ! हरि !!


बिताई वा भोगी विकट हिमको सङ्कट सबै
म रस्तामा त्यस्तो किसिमसित बस्ता अटल भै !
ठुला साना सारा पथिक पथको मङ्गल सरी
मलाई सम्झन्थे, प्रणयसित घुम्थे वरिपरि ॥


थियो बाल्यावस्था जुन बखत मेरो, उस घडी
दगुर्थे लत्त्याई जुन पथिक अन्धा रिपु सरी ।
उनैको देख्दै त्यो अति मतलबी भाव मनको
दया साथै हाँस्थेँ फगत मुख हेर्थें गगनको ॥