Page:Tarun tapasi.pdf/14: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|१२}} | {{pcn|१२}} | ||
कडा त्यो ढुङ्गाको शयन, उसमा फेद रुखको | कडा त्यो ढुङ्गाको शयन, उसमा फेद रुखको | ||
::सिह्रानी, के पर्थ्यो झटपट कठै नीद सुखको । | ::सिह्रानी, के पर्थ्यो झटपट कठै ! नीद सुखको । | ||
परेको पाखामा अति विकल माछोमय बनी | परेको पाखामा अति विकल माछोमय बनी | ||
::बिताये वा काटे छटपट गरी | ::बिताये वा काटे छटपट गरी कष्ट-रजनी ॥ | ||
{{pcn|१३}} | {{pcn|१३}} | ||
हवा | हवा चल्दै-आयो सिरिसिरि पछिल्लो पहरमा | ||
::बजायो तन्द्राले मधुर मुरली मस्त सुरमा । | ::बजायो तन्द्राले मधुर मुरली मस्त सुरमा । | ||
झकाई त्यै वेला अगम | झकाई त्यै वेला अगम दहराऽऽकाश-बिचमा | ||
::पुगेछन् ती भित्री | ::पुगेछन् ती भित्री अमर-पदवीको नगिचमा ॥ | ||
{{pcn|१४}} | {{pcn|१४}} | ||
Line 23: | Line 23: | ||
::न त्यो कालो मैलो जलद, रजनी त्यो न त कडा । | ::न त्यो कालो मैलो जलद, रजनी त्यो न त कडा । | ||
न त्यो प्यारो कापी, कलम, कविताको भुटभुटी | न त्यो प्यारो कापी, कलम, कविताको भुटभुटी | ||
::कुनै फेला पारे अगम उनले | ::कुनै फेला पारे अगम उनले शान्ति-ढुकुटी ॥ | ||
{{pcn|१६}} | {{pcn|१६}} | ||
न यो | न यो द्यावा-पृथ्वीमय भुवनको भास उसमा | ||
::न ता | ::न ता बोक्रे मैला विषय-सुखको प्यास उसमा । | ||
अहा त्यो स्वर्गीय स्फटिक रुचि भन्दा शतगुणा | अहा ! त्यो स्वर्गीय स्फटिक रुचि भन्दा शतगुणा | ||
::थियो कस्तो कस्तो अमृतमय निष्कञ्चनपना ॥ | ::थियो कस्तो कस्तो अमृतमय निष्कञ्चनपना ॥ | ||
{{pcn|१७}} | {{pcn|१७}} | ||
शरत्को वेला होस्, अमृतकर लाखौँ टहटह | |||
::उदाऊन् बेदागी गगनभर गर्दै चहचह । | ::उदाऊन् बेदागी गगनभर गर्दै चहचह । | ||
प्रभा तिन्को उम्लोस्, तदपि उस | प्रभा तिन्को उम्लोस्, तदपि उस आलोक-लवको | ||
::अगाडी त्यो सारा मलिन मयलै तुल्य नभको ॥ | ::अगाडी त्यो सारा मलिन मयलै तुल्य नभको ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:23, 30 May 2025
१२
कडा त्यो ढुङ्गाको शयन, उसमा फेद रुखको
सिह्रानी, के पर्थ्यो झटपट कठै ! नीद सुखको ।
परेको पाखामा अति विकल माछोमय बनी
बिताये वा काटे छटपट गरी कष्ट-रजनी ॥
१३
हवा चल्दै-आयो सिरिसिरि पछिल्लो पहरमा
बजायो तन्द्राले मधुर मुरली मस्त सुरमा ।
झकाई त्यै वेला अगम दहराऽऽकाश-बिचमा
पुगेछन् ती भित्री अमर-पदवीको नगिचमा ॥
१४
हरायो कान्ताको विरह, तपको कौतुक गयो
अकस्मात्, त्यो बाधा विकल मुटुको दूर धपियो ।
बिचैमा भेट्टाये मधुर उनले दिव्य सुषमा
डुबे ती चुर्लुम्मै निमिषभर तत्काल उसमा ॥
१५
न प्यारो चौतारी, न शरण लिने त्यो रुख खडा
न त्यो कालो मैलो जलद, रजनी त्यो न त कडा ।
न त्यो प्यारो कापी, कलम, कविताको भुटभुटी
कुनै फेला पारे अगम उनले शान्ति-ढुकुटी ॥
१६
न यो द्यावा-पृथ्वीमय भुवनको भास उसमा
न ता बोक्रे मैला विषय-सुखको प्यास उसमा ।
अहा ! त्यो स्वर्गीय स्फटिक रुचि भन्दा शतगुणा
थियो कस्तो कस्तो अमृतमय निष्कञ्चनपना ॥
१७
शरत्को वेला होस्, अमृतकर लाखौँ टहटह
उदाऊन् बेदागी गगनभर गर्दै चहचह ।
प्रभा तिन्को उम्लोस्, तदपि उस आलोक-लवको
अगाडी त्यो सारा मलिन मयलै तुल्य नभको ॥