Page:Ritubichar.pdf/10: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 6: | Line 6: | ||
{{pcn|३५}} | {{pcn|३५}} | ||
बगैँचा सब देखिन्छ हजारौँ फूलले गरी । | |||
वसन्तको बुटे तन्ना कसेको | वसन्तको बुटे तन्ना कसेको बैठकै-सरी । | ||
{{pcn|३६}} | {{pcn|३६}} | ||
कलिला पालुवामाथि बिछ्यायेर फुलैफुल । | कलिला पालुवामाथि बिछ्यायेर फुलैफुल । | ||
वसन्त-श्री बसेकी छन् बनी सौन्दर्य-विह्वल । | |||
{{pcn|३७}} | {{pcn|३७}} | ||
Line 19: | Line 19: | ||
{{pcn|३८}} | {{pcn|३८}} | ||
रसिला फूलमा आई रसिलो दक्खिना हवा । | रसिला फूलमा आई रसिलो दक्खिना हवा । | ||
कुन कारणले होला बिस्तारै गर्छ वाहः वा ॥ | कुन कारणले होला बिस्तारै गर्छ 'वाहः वा' ॥ | ||
{{pcn|३९}} | {{pcn|३९}} | ||
साना छुनुमुनू गर्ने बाल | साना छुनुमुनू गर्ने बाल झैँ कलिला फुल । | ||
ढुलुमुलु भई झुल्छन् बहँदा वायु शीतल ॥ | ढुलुमुलु भई झुल्छन् बहँदा वायु शीतल ॥ | ||
Line 30: | Line 30: | ||
{{pcn|४१}} | {{pcn|४१}} | ||
देखेर आफनै जस्तो पुष्पको | देखेर आफनै जस्तो पुष्पको रूप-गौरव । | ||
मित्यारी लाउँदै फिर्छन् बागमा पुतली सब ॥ | मित्यारी लाउँदै फिर्छन् बागमा पुतली सब ॥ | ||
{{pcn|४२}} | {{pcn|४२}} | ||
फक्रेका फूल दाता | फक्रेका फूल दाता झैँ रस-धारा लुटाउँछन् । | ||
झोलामा भिक्षु | झोलामा भिक्षु झैँ मौरी पालामा त्यो जुटाउँछन् ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 11:48, 24 May 2025
३४
कोही चहकिला पुष्प वासना नभये पनि ।
मूर्ख आडम्बरी जस्तै रूपमा छन् बडा धनी ॥
३५
बगैँचा सब देखिन्छ हजारौँ फूलले गरी ।
वसन्तको बुटे तन्ना कसेको बैठकै-सरी ।
३६
कलिला पालुवामाथि बिछ्यायेर फुलैफुल ।
वसन्त-श्री बसेकी छन् बनी सौन्दर्य-विह्वल ।
३७
लिई सौन्दर्य माधुर्य सौकुमार्य थपी वहाँ ।
पुष्पको सिर्जना गर्ने विधाता धन्य हो अहो !
३८
रसिला फूलमा आई रसिलो दक्खिना हवा ।
कुन कारणले होला बिस्तारै गर्छ 'वाहः वा' ॥
३९
साना छुनुमुनू गर्ने बाल झैँ कलिला फुल ।
ढुलुमुलु भई झुल्छन् बहँदा वायु शीतल ॥
४०
बिस्तारै फूलका साथ खेली खेली मिलीजुली ।
सुटुक्क वासना चोरी चल्छ सुस्तै हवा छली ॥
४१
देखेर आफनै जस्तो पुष्पको रूप-गौरव ।
मित्यारी लाउँदै फिर्छन् बागमा पुतली सब ॥
४२
फक्रेका फूल दाता झैँ रस-धारा लुटाउँछन् ।
झोलामा भिक्षु झैँ मौरी पालामा त्यो जुटाउँछन् ॥