Page:Lalitya bhag 1 ra 2.pdf/28: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१२)}} तपको र विवाहको कथा ::उस अर्घाऽसनको मिठो कथा । परमेश्वर ! धन्य मान्दछु ::तर त्यो रूपक-रूप ठान्दछु ॥ {{pcn|(१३)}} ससुरा गिरिराज सुन्दर ::गिरिराजै छ निवास-मन्दिर !! गिर..." |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(१२)}} | {{pcn|(१२)}} | ||
तपको र विवाहको कथा | तपको र विवाहको कथा | ||
::उस | ::उस अर्धाऽसनको मिठो कथा । | ||
परमेश्वर ! धन्य मान्दछु | परमेश्वर ! धन्य मान्दछु | ||
::तर त्यो रूपक-रूप ठान्दछु ॥ | ::तर त्यो रूपक-रूप ठान्दछु ॥ |
Latest revision as of 20:43, 19 June 2025
This page has been validated
(१२)
तपको र विवाहको कथा
उस अर्धाऽसनको मिठो कथा ।
परमेश्वर ! धन्य मान्दछु
तर त्यो रूपक-रूप ठान्दछु ॥
(१३)
ससुरा गिरिराज सुन्दर
गिरिराजै छ निवास-मन्दिर !!
गिरिजा गृहिणी, गिरीशकी
यसमा नाथ ! रहस्य क्यै छ कि ?
(१४)
भुवनै प्रलयाऽऽग्निमा परी
डढदा भस्म बनेर बेसरी
प्रभु शून्य मशानमा बसी-
रहने दुर्धर भस्म त्यो घसी ॥
(१५)
उस घोर मशान-वासको
उस एकाम्मय अट्टहासको ।
महिमा उहि जान्न सक्तछ
प्रभुमा जो लवलीन भक्त छ ॥