Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/26: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४)}} प्रभुकै उस नृत्यमा फसी ::रवि, तारा, ग्रह, मेदिनी, शशी । गगनाऽऽत्मक रङ्गमञ्चमा ::सब नाच्छन्‌ विविध प्रपञ्चमा ॥ {{pcn|(५)}} चतुराऽऽनन, विष्णु, वासव, ::यम यक्षाऽऽदिक देव..."
 
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated

Latest revision as of 20:40, 19 June 2025

This page has been validated

(४)
प्रभुकै उस नृत्यमा फसी
रवि, तारा, ग्रह, मेदिनी, शशी ।
गगनाऽऽत्मक रङ्गमञ्चमा
सब नाच्छन्‌ विविध प्रपञ्चमा ॥

(५)
चतुराऽऽनन, विष्णु, वासव,
यम यक्षाऽऽदिक देवता सब ।
प्रभुको उस नृत्य-रङ्गमा
सब छन्‌ मस्त बडो उमङ्गमा ॥

(६)
नभमा नटराज ! शोभन
जब मिल्किन्छ ठुलो गजाजिन ।
प्रभुको अनि चल्छ ताण्डव
सब भन्छन्‌ तर त्यो कहाँ ? कब ?

(७)
कुन त्यो विभुको गजाजिन
किन याँकिन्छ र हुन्छ नर्तन ।
अति गूढ रहस्य नाथको
गति पुग्थ्यो कसरी अनाथको ?