Page:Shakuntala.pdf/167: Difference between revisions
Appearance
No edit summary |
|||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 29: | Line 29: | ||
तर सूर्यको मुख झल्किँदै । | तर सूर्यको मुख झल्किँदै । | ||
::कति शीघ्र छौ बिउँझी यता ॥ | ::कति शीघ्र छौ बिउँझी यता ॥ | ||
{{pcn|( | {{pcn|(४६)}} | ||
यति बात भो सखि चारुले । | यति बात भो सखि चारुले । |
Latest revision as of 18:20, 3 May 2025
This page has been proofread
पलका हुँदा गर्हुँका पद ।
उरमा हुने अलि आपद ॥
पर मालिनी जल-वेलिमा ।
लहरा सुनौलिइ टल्पली ॥
कल कल्कली मधुराऽऽवलि ।
स्वर छाल भो पर छल्बली ॥
सपना फुल्यो अब व्योममा ।
बिपना फुल्यो नव-रोममा ॥
अब शील झल्झल झल्किए ।
कणदार भै कसुमोपरि ॥
अब स्वर्गको दरबारको ।
नमुना खुल्यो नयनाग्र भै ॥
अलि बेर ती मृदु मूक छन् ।
पदले छुँदी जलको सिँढी ॥
मुख पूर्वको नभ-शंसिनी ।
मृदु चित्रतुल्य खडा बनी ॥
शिशु मिर्गको सह-भावको ।
लिइ पार्श्वमा वन-मोहिनी ॥
सुर-देशका रँग हेर्दछिन् ।
नव रोजको नव चित्रमा ॥
अझ नै तिमी मृदु नीँदमा ।
निशिको पुछार सुशीतल ॥
मनमा लिने नखुले भला ।
मृदु प्रेममा सपना रची ॥
अझ मस्त छौ अलि सुस्तिई ।"
भनि भन्दथेँ मनमा म ता ॥
तर सूर्यको मुख झल्किँदै ।
कति शीघ्र छौ बिउँझी यता ॥
(४६)
यति बात भो सखि चारुले ।
सखिको लिई मृदु बाहुली ॥