Page:Shakuntala.pdf/166: Difference between revisions
Appearance
No edit summary |
|||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 31: | Line 31: | ||
अब आउँछन् सखि तीन ती । | अब आउँछन् सखि तीन ती । | ||
::उनलाइ भेट्न भनी त्यहाँ ॥ | ::उनलाइ भेट्न भनी त्यहाँ ॥ | ||
{{pcn|( | {{pcn|(४५)}} | ||
"छ त रात यो मन खल्बले । | "छ त रात यो मन खल्बले । | ||
::छ तरङ्गको छवि झल्मले ॥ | ::छ तरङ्गको छवि झल्मले ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 18:20, 3 May 2025
This page has been proofread
रवि-बिम्बको तनु-रेखिता ।
अलि धप्किँदो सुनको फिता ॥
घन टुक्रिँदा मृदु-खण्ड ली ।
रँग पाउँछन् हँसिला यता ॥
छवि छिर्दछे जल सूतमा ।
कण बाफका रँगिए उता ॥
मृदु सर्सरे नखरी बने ।
पुलका प्रशस्त नयाँ मुना ॥
सपनासरी सब प्रेमको ।
अब देखियो सब सिर्जना ॥
रँग बद्लिँदो छ मिही जहाँ ।
पतला बनेर विचित्रमा ॥
अलि शुभ्रतातिर ढल्किँदो ।
अलि चर्किदो घन-पत्रमा ॥
(४३)
तब भन्दछिन् वनकी सुता ।
मृदु-भाषिणी मृगमा यता ॥
"अन देख्दछस् सपना अहा !
कुन शब्दको छ यहाँ पता ?
कुन शब्दले दिन यो खुल्यो ?
कुन शब्दका रँग रेखिए ?
मुख दिव्यको सरि तिर्सना ।
यस शब्दको मुटु के बता ?"
(४४)
यति भै सबेर चरासँग ।
वन-धोबिनी स्वरले उठी ॥
अब आउँछन् सखि तीन ती ।
उनलाइ भेट्न भनी त्यहाँ ॥
(४५)
"छ त रात यो मन खल्बले ।
छ तरङ्गको छवि झल्मले ॥