Page:Shakuntala.pdf/154: Difference between revisions
Appearance
No edit summary |
|||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
तर कल्कलाउँछ माधुरी । | तर कल्कलाउँछ माधुरी । | ||
::जल बिन्दुका झलका परी ॥ | ::जल बिन्दुका झलका परी ॥ | ||
{{pcn|( | {{pcn|(५)}} | ||
दृग झुक्दथे सखिका अघि । | दृग झुक्दथे सखिका अघि । |
Latest revision as of 18:16, 3 May 2025
This page has been proofread
वन कोपिलासरि फुल्दथिन् ।
सुकमारदार शकुन्तला ॥
तर कल्कलाउँछ माधुरी ।
जल बिन्दुका झलका परी ॥
(५)
दृग झुक्दथे सखिका अघि ।
रसिलो लिई डर आँसुमा ॥
जब भूपका यश वर्णन ।
सखि गर्दथे खुद सामुमा ॥
(६)
मितभाषिणी वनवासिनी ।
अति सोच्दछिन् मनमा कुरा ॥
तर ओठ बन्द सधैं थिए ।
लजिली हुँदा वन-आँकुरा ॥
(७)
अलि म्लान छन् मृदु ओठमा ।
रँग बैंसका वनपल्लवी ॥
अलि वैलिँदी कलिकोमला ।
छ मुहारको मधुरो छवि ॥
।८)
अलि व्योममा रँग मेघको !
तिर दृष्टि दीकन एकली ॥
दुइ ओठमा मृदु अङ्गुली ।
दिन खोज्दछिन् दुख झैं फुली ॥
(९)
बहिरी हुने अलि प्रश्नमा ।
अलि चित्त दूर उडेसरि ॥
अलि तारकामनि बस्नकी !
हृदयेच्छु छन् वनबीचमा ॥
(१०)