Page:Shakuntala.pdf/203: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
जसै | जसै शरमले गरी कमलपात च्यातूँसरि । | ||
::बनिन् मृदु | ::बनिन् मृदु शकन्तला त्वरित चारु सर्छिन् अघि ॥ | ||
झपक्कसित छोप्दछिन् कमलपात | झपक्कसित छोप्दछिन् कमलपात खोसीकन । | ||
::दुवै नजर छोप्दछिन् तब | ::दुवै नजर छोप्दछिन् तब शकुन्तला शोभन ॥ | ||
{{pcn|(१६६)}} | {{pcn|(१६६)}} | ||
पढीकन सुनाउँछिन् मृदु रहस्यको लालिमा । | पढीकन सुनाउँछिन् मृदु रहस्यको लालिमा । | ||
::'म जो | ::'म जो भनिछु दुःखिनी निठुर हुन्छ सोही जन ॥ | ||
शिकार दिलको गरी विरहमा डुबाई गए । | शिकार दिलको गरी विरहमा डुबाई गए । | ||
::दुखी दिल व-सन्त | ::दुखी दिल व-सन्त झैं नृप प्रसूनको भज्दछ ॥' | ||
{{pcn|(१६७)}} | {{pcn|(१६७)}} | ||
" | "बुझें कति चलाक यी नृपति हेर दुष्यन्तको । | ||
::सफासँग खुला गरी मधुर नाम स्पष्टै गरिन् ॥ | ::सफासँग खुला गरी मधुर नाम स्पष्टै गरिन् ॥" | ||
भनीकन प्रियम्वदा "बुझ न छान्नको | भनीकन प्रियम्वदा "बुझ न छान्नको चातुरी । | ||
::अहो भन | ::अहो भन शकुन्तले ! मदनले छ चोखी परी ॥" | ||
{{pcn|(१६८)}} | {{pcn|(१६८)}} | ||
अहो | अहो गजब भाग्य हो हुदयबीच राजा हुनु । | ||
::त्रिलोकपति ताज | ::त्रिलोकपति ताज झैं यति कुरा सुनी पाउँछु ॥ | ||
भनी, नृपति भन्दछन् मनमनै लुकेका त्यहाँ । | भनी, नृपति भन्दछन् मनमनै लुकेका त्यहाँ । | ||
::यही समय ठिक्क भो अब म जान्छु ती सामुमा ॥ | ::यही समय ठिक्क भो अब म जान्छु ती सामुमा ॥ | ||
Line 26: | Line 26: | ||
चखेवा जोडी झैं हरित सरिताका पुलिनमा । | चखेवा जोडी झैं हरित सरिताका पुलिनमा । | ||
::अलग्गै बस्थे ती गह विरहका पार्न रह | ::अलग्गै बस्थे ती गह विरहका पार्न रह झैं ॥ | ||
दिनेशै आए | दिनेशै आए झैं अवनि-पतिको आगमनमा । | ||
::मिले आँखाद्वारा दिल दिल दुवै गद्गद | ::मिले आँखाद्वारा दिल दिल दुवै गद्गद बनी ॥ | ||
{{pcn|(१७०)}} | {{pcn|(१७०)}} | ||
चकितलोचनी मृदु | चकितलोचनी मृदु शकुन्तला । | ||
::' | ::'छल रहेछ यो सकलको' भनी ॥ | ||
शरमको गरी भाग्नको मन । | |||
::हुन गई अडिन् प्यूँन दर्शन ॥ | ::हुन गई अडिन् प्यूँन दर्शन ॥ | ||
{{pcn|(१७१)}} | {{pcn|(१७१)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 20:45, 14 May 2025
जसै शरमले गरी कमलपात च्यातूँसरि ।
बनिन् मृदु शकन्तला त्वरित चारु सर्छिन् अघि ॥
झपक्कसित छोप्दछिन् कमलपात खोसीकन ।
दुवै नजर छोप्दछिन् तब शकुन्तला शोभन ॥
(१६६)
पढीकन सुनाउँछिन् मृदु रहस्यको लालिमा ।
'म जो भनिछु दुःखिनी निठुर हुन्छ सोही जन ॥
शिकार दिलको गरी विरहमा डुबाई गए ।
दुखी दिल व-सन्त झैं नृप प्रसूनको भज्दछ ॥'
(१६७)
"बुझें कति चलाक यी नृपति हेर दुष्यन्तको ।
सफासँग खुला गरी मधुर नाम स्पष्टै गरिन् ॥"
भनीकन प्रियम्वदा "बुझ न छान्नको चातुरी ।
अहो भन शकुन्तले ! मदनले छ चोखी परी ॥"
(१६८)
अहो गजब भाग्य हो हुदयबीच राजा हुनु ।
त्रिलोकपति ताज झैं यति कुरा सुनी पाउँछु ॥
भनी, नृपति भन्दछन् मनमनै लुकेका त्यहाँ ।
यही समय ठिक्क भो अब म जान्छु ती सामुमा ॥
(१६९)
चखेवा जोडी झैं हरित सरिताका पुलिनमा ।
अलग्गै बस्थे ती गह विरहका पार्न रह झैं ॥
दिनेशै आए झैं अवनि-पतिको आगमनमा ।
मिले आँखाद्वारा दिल दिल दुवै गद्गद बनी ॥
(१७०)
चकितलोचनी मृदु शकुन्तला ।
'छल रहेछ यो सकलको' भनी ॥
शरमको गरी भाग्नको मन ।
हुन गई अडिन् प्यूँन दर्शन ॥
(१७१)