Jump to content

Page:Shakuntala.pdf/195: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
थिए दुद सजीवता चकित नेत्र नानी दुई ।
थिए दुई सजीवता चकित नेत्र नानी दुई ।
::पुगेसरि पुरूरवा सुरपुरी-बगैंचातिर ॥
::पुगेसरि पुरूरवा सुरपुरी-बगैंचातिर ॥
अडी अमर भाँगमा अमृतकी नदीनेर नै ।
अडी अमर झाँगमा अमृतकी नदीनेर नै ।
::परीहरु निहारिँदा पुरुषहीन स्वातन्त्यमा
::परीहरु निहारिँदा पुरुषहीन स्वातन्त्र्यमा
{{pcn|(११९)}}
{{pcn|(११९)}}


न चोर्दछ कुनै अरू मधुरिमा यसोरी कतै ।
न चोर्दछ कुनै अरू मधुरिमा यसोरी कतै ।
::नृपैनद्र सन चोरका नृपति छन्‌ लुकेका यहाँ ॥
::नृपेन्द्र सन चोरका नृपति छन्‌ लुकेका यहाँ ॥
ढुकढुक त्यसै मुदू प्रकृतिकी सुता हेर्न ती ।
ढुक्ढुक त्यसै मुटू प्रकृतिकी सुता हेर्न ती ।
::अदृश्य अभिसारकै सदृशा ती कुरङ्गीकहाँ ॥
::अदृश्य अभिसारकै सदृश ती कुरङ्गीकहाँ ॥
कुटेर महिमा मिही प्रकृत चाल बेयादको ।
कुटेर महिमा मिही प्रकृत चाल बेयादको ।
::समुल्लसित नेत्र भै मधुर झल्कने कानमा ॥
::समुल्लसित नेत्र भै मधुर झल्कने कानमा ॥
Line 17: Line 17:
नजीक नखरे ठिटी अति छिटी खडा चारु छ ।
नजीक नखरे ठिटी अति छिटी खडा चारु छ ।
::"हरे मदन-बागकी किन तिमी कला-दुर्बला ॥
::"हरे मदन-बागकी किन तिमी कला-दुर्बला ॥
सिखारु लजिली ननी हृदय खोल्न कच्चा पनि ।
सिखारु लजिली बनी हृदय खोल्न कच्चा पनि ।
::सँगीसँग ननोल्दछयौ यति भयो मलाई भनी ॥
::सँगीसँग नबोल्दछ्यौ यति भयो मलाई भनी ॥
{{pcn|(१२१)}}
{{pcn|(१२१)}}


छ को र पुरुषै यहाँ युवतिसाथ जूँघानिना ।
छ को र पुरुषै यहाँ युवतिसाथ जूँघानिना ।
::प्रकाश गर है सखी हृदयको खुलेको क्रा
::प्रकाश गर है सखी हृदयको खुलेको कुरा
खछिपी कमल-क्रोडमा मधुर बास लुक्ने कहाँ ।
छिपी कमल-क्रोडमा मधुर बास लुक्ने कहाँ ।
::छ दर्शक र को भनी अझ खुलस्त नन्छयौ यहाँ ॥
::छ दर्शक र को भनी अझ खुलस्त बन्छ्यौ यहाँ ॥
छिपाउँ जति भन्दछथौ उती खुलस्त झन्‌झन्‌ ननी
छिपाउँ जति भन्दछ्यौ उती खुलस्त झन्‌झन्‌ बनी
::बसी भ्रमर चित्तमा भुनभुनी गरी बौल्दछ
::बसी भ्रमर चित्तमा भुनभुनी गरी बोल्दछ
{{pcn|(१२२)}}
{{pcn|(१२२)}}


फुकेर उर वासको प्रकृतिका परी हाँस्दछन्‌ ।
फुकेर उर वासको प्रकृतिका परी हाँस्दछन्‌ ।
::सबै सुमन कोपिला भ्रमर आफू डाकीकन ॥
::सबै सुमन कोपिला भ्रमर आफू डाकीकन ॥
रँगीन मृद्‌ मोहनी नव सिँगारका लज्जत ।
रँगीन मृदु मोहनी नव सिँगारका लज्जत ।
::यपीकन मुहारमा पवनमा इशारासित ॥
::थपीकन मुहारमा पवनमा इशारासित ॥
{{pcn|(१२३)}}
{{pcn|(१२३)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 09:06, 6 May 2025

This page has been proofread

थिए दुई सजीवता चकित नेत्र नानी दुई ।
पुगेसरि पुरूरवा सुरपुरी-बगैंचातिर ॥
अडी अमर झाँगमा अमृतकी नदीनेर नै ।
परीहरु निहारिँदा पुरुषहीन स्वातन्त्र्यमा ॥
(११९)

न चोर्दछ कुनै अरू मधुरिमा यसोरी कतै ।
नृपेन्द्र सन चोरका नृपति छन्‌ लुकेका यहाँ ॥
छ ढुक्ढुक त्यसै मुटू प्रकृतिकी सुता हेर्न ती ।
अदृश्य अभिसारकै सदृश ती कुरङ्गीकहाँ ॥
कुटेर महिमा मिही प्रकृत चाल बेयादको ।
समुल्लसित नेत्र भै मधुर झल्कने कानमा ॥
(१२०)

नजीक नखरे ठिटी अति छिटी खडा चारु छ ।
"हरे मदन-बागकी किन तिमी कला-दुर्बला ॥
सिखारु लजिली बनी हृदय खोल्न कच्चा पनि ।
सँगीसँग नबोल्दछ्यौ यति भयो मलाई भनी ॥
(१२१)

छ को र पुरुषै यहाँ युवतिसाथ जूँघानिना ।
प्रकाश गर है सखी हृदयको खुलेको कुरा ॥
छिपी कमल-क्रोडमा मधुर बास लुक्ने कहाँ ।
छ दर्शक र को भनी अझ खुलस्त बन्छ्यौ यहाँ ॥
छिपाउँ जति भन्दछ्यौ उती खुलस्त झन्‌झन्‌ बनी ।
बसी भ्रमर चित्तमा भुनभुनी गरी बोल्दछ ॥
(१२२)

फुकेर उर वासको प्रकृतिका परी हाँस्दछन्‌ ।
सबै सुमन कोपिला भ्रमर आफू डाकीकन ॥
रँगीन मृदु मोहनी नव सिँगारका लज्जत ।
थपीकन मुहारमा पवनमा इशारासित ॥
(१२३)