Jump to content

Page:Shakuntala.pdf/201: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
१९५"छ षोडशा वसन्त यो कलुष यो छ पृथ्वीमहाँ ।
"छ षोडश वसन्त यो कलुष यो छ पृथ्वीमहाँ ।
::सबै यृवति पर्दछन्‌ नि अनिवार्य यो रोगमा ॥
::सबै युवति पर्दछन्‌ नि अनिवार्य यो रोगमा ॥
न औषधि उपाय वा हुदयलाइ लाग्छन्‌ कुनै ।
न औषधि उपाय वा हृदयलाइ लाग्छन्‌ कुनै ।
::छ भीरु दिलको व्यथा कति त मर्दछन्‌ ग्रस्त भै ॥
::छ भीरु दिलको व्यथा कति त मर्दछन्‌ ग्रस्त भै ॥
{{pcn|(१५४)}}
{{pcn|(१५४)}}


भने भन तिमी सखी मन नभन्नको नै भए |
भने भन तिमी सखी मन नभन्नको नै भए |
::न भन्नु किन भन्नु है यति करा सुनाईदिएँ ॥
::न भन्नु किन भन्नु है यति कुरा सुनाईदिएँ ॥
छ को र जुन यो बुझोस्‌ हृदय मर्न मूकै बनी ।
छ को र जुन यो बुझोस्‌ हृदय मर्न मूकै बनी ।
::बढी अप्रकता बन्यो" सखि अगाडि भन्छिन्‌ तिनी,
::बढी अप्रकृता बन्यौ" सखि अगाडि भन्छिन्‌ तिनी ॥
{{pcn|(१५५)}}
{{pcn|(१५५)}}


"अताइदिनु यो करा हित बुझी बताएँ सखी ।
"बताइदिनु यो कुरा हित बुझी बताएँ सखी ।
::छ रोग पनि यो कडा सन म1 बुझ्छ यो लक्षण ॥"
::छ रोग पनि यो कडा सब म बुझ्छु यो लक्षण ॥"
भनीकन प्रियम्वदा नजर धोर
भनीकन प्रियम्वदा नजर थोर कर्के गरी ।
::मुहार मृदु हेर्दछिन्‌ श्रवण छन्‌ सुनुँ %ै गरी ॥
::मुहार मृदु हेर्दछिन्‌ श्रवण छन्‌ सुनूँ झैं गरी ॥
{{pcn|(१५६)}}
{{pcn|(१५६)}}


"थियो दिवस के सखी कसुमकालको सृन्दर
"थियो दिवस के सखी कसुमकालको सुन्दर
::सवाल पनि गर्दथी विटपमा कि कोही चरा ॥
::सवाल पनि गर्दथी विटपमा कि कोही चरा ॥
रँगीन कपडा धरी मुटु सुटुक्क चोरीकन ।
रँगीन कपडा धरी मुटु सुटुक्क चोरीकन ।
::शिकार कसुमी गरी मदन डुल्दथै कि ? वन ॥"
::शिकार कुसुमी गरी मदन डुल्दथे कि ? वन ॥"
{{pcn|(१५७)}}
{{pcn|(१५७)}}


म्‌स्‌क्क दुइ ओठले शरमसाथ बोले करा ।
मुसुक्क दुइ ओठले शरमसाथ बोले करा ।
::बढयो शरम लाल भै तर लुकाउँछिन्‌ ती बरा !
::बढ्यो शरम लाल भै तर लुकाउँछिन्‌ ती बरा !
"बुझे अन बुझे" भनी रँग गुलाबका दीकन ।
"बुझें अब बुझें" भनी रँग गुलाबका दीकन ।
::करा कति प्रियम्वदा मधुर गर्दछिन्‌ तीसँग ॥
::कुरा कति प्रियम्वदा मधुर गर्दछिन्‌ तीसँग ॥
{{pcn|(१५८)}}
{{pcn|(१५८)}}


बनीकन न फुक्छ त्यो तर नुझिन्‌ सखीले भनी ।
बनीकन न फुक्छ त्यो तर बुझिन्‌ सखीले भनी ।
::प्रसन्नहृदया तिनी नजर भूमिमा भार्दछिन्‌ ॥
::प्रसन्नहृदया तिनी नजर भूमिमा भार्दछिन्‌ ॥
"गरे कि दिन त्यो कनै नजरले इशारा पनि !
"गरे कि दिन त्यो कनै नजरले इशारा पनि !
::तिमी त चुपचाप नै बसिरहयौ कि लाटी बनी ?"
::तिमी त चुपचाप नै बसिरह्यौ कि लाटी बनी ?"
{{pcn|(१४९)}}
{{pcn|(१५९)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 08:15, 14 May 2025

This page has been proofread

"छ षोडश वसन्त यो कलुष यो छ पृथ्वीमहाँ ।
सबै युवति पर्दछन्‌ नि अनिवार्य यो रोगमा ॥
न औषधि उपाय वा हृदयलाइ लाग्छन्‌ कुनै ।
छ भीरु दिलको व्यथा कति त मर्दछन्‌ ग्रस्त भै ॥
(१५४)

भने भन तिमी सखी मन नभन्नको नै भए |
न भन्नु किन भन्नु है यति कुरा सुनाईदिएँ ॥
छ को र जुन यो बुझोस्‌ हृदय मर्न मूकै बनी ।
बढी अप्रकृता बन्यौ" सखि अगाडि भन्छिन्‌ तिनी ॥
(१५५)

"बताइदिनु यो कुरा हित बुझी बताएँ सखी ।
छ रोग पनि यो कडा सब म बुझ्छु यो लक्षण ॥"
भनीकन प्रियम्वदा नजर थोर कर्के गरी ।
मुहार मृदु हेर्दछिन्‌ श्रवण छन्‌ सुनूँ झैं गरी ॥
(१५६)

"थियो दिवस के सखी कसुमकालको सुन्दर ।
सवाल पनि गर्दथी विटपमा कि कोही चरा ॥
रँगीन कपडा धरी मुटु सुटुक्क चोरीकन ।
शिकार कुसुमी गरी मदन डुल्दथे कि ? वन ॥"
(१५७)

मुसुक्क दुइ ओठले शरमसाथ बोले करा ।
बढ्यो शरम लाल भै तर लुकाउँछिन्‌ ती बरा !
"बुझें अब बुझें" भनी रँग गुलाबका दीकन ।
कुरा कति प्रियम्वदा मधुर गर्दछिन्‌ तीसँग ॥
(१५८)

बनीकन न फुक्छ त्यो तर बुझिन्‌ सखीले भनी ।
प्रसन्नहृदया तिनी नजर भूमिमा भार्दछिन्‌ ॥
"गरे कि दिन त्यो कनै नजरले इशारा पनि !
तिमी त चुपचाप नै बसिरह्यौ कि लाटी बनी ?"
(१५९)