Page:Shakuntala.pdf/196: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
सबै अधर बोल्दछन् | सबै अधर बोल्दछन् कुसुमका रसीला कुरा । | ||
::फुकाउन उरोज नै प्रकृतिको छ चाला यहाँ ॥ | ::फुकाउन उरोज नै प्रकृतिको छ चाला यहाँ ॥ | ||
सुवासहरु लादिने पवन आउँछन् ' | सुवासहरु लादिने पवन आउँछन् 'द्यौ' भनी । | ||
::नयाँ खबर भित्रका मृदुल बैंसका पत्रमा ॥ | ::नयाँ खबर भित्रका मृदुल बैंसका पत्रमा ॥ | ||
{{pcn|(१२४)}} | {{pcn|(१२४)}} | ||
Line 9: | Line 9: | ||
पसी किरण कोपिलासरि तिमी त लाटी बन्यौ । | पसी किरण कोपिलासरि तिमी त लाटी बन्यौ । | ||
::हिलाउनु चलाउनु प्रकृत भावमा ज्ञानले ॥ | ::हिलाउनु चलाउनु प्रकृत भावमा ज्ञानले ॥ | ||
सिँगार सुखमा थपी मधुर नृत्य | सिँगार सुखमा थपी मधुर नृत्य झैं बैँसको । | ||
::बनी ढलक दृष्टिको सरस चाल राम्रो लिने ॥ | ::बनी ढलक दृष्टिको सरस चाल राम्रो लिने ॥ | ||
{{pcn|( | {{pcn|(१२५)}} | ||
जनाउनु मिही कुरा मृदु अबोल भाषा सिकी । | जनाउनु मिही कुरा मृदु अबोल भाषा सिकी । | ||
::पठाउनु रहस्यका नजर ओठ | ::पठाउनु रहस्यका नजर ओठ बोल्ने गरी ॥ | ||
अनेक दिलका | अनेक दिलका कुरा अरु खुलस्त पार्ने ढँग । | ||
:: | ::सबै युवति जान्दछन् तर हरे ! तिमी मूक छौ ॥ | ||
{{pcn|(१२६)}} | {{pcn|(१२६)}} | ||
छ फुल्नु अनि फुक्नु नै प्रकृतिको मजा | छ फुल्नु अनि फुक्नु नै प्रकृतिको मजा षोडशी । | ||
::न भै चपलता त्यसै प्रिय करा कनै के | ::न भै चपलता त्यसै प्रिय करा कनै के बुझून् ॥ | ||
पयोधितिर प्रेयसी पयरमा दर्गुछन् छिटा । | पयोधितिर प्रेयसी पयरमा दर्गुछन् छिटा । | ||
::वसन्तसँग कोयली पनि छिपी लुकी बोल्दछे ॥ | ::वसन्तसँग कोयली पनि छिपी लुकी बोल्दछे ॥ | ||
Line 26: | Line 26: | ||
उषा कनकप्रातमा रवि भजी सिँगारीकन । | उषा कनकप्रातमा रवि भजी सिँगारीकन । | ||
::सबै विहगका गला स्वर बनाउँछिन् | ::सबै विहगका गला स्वर बनाउँछिन् रुन्झुन ॥ | ||
तिमी शारमकी गुफा तिमिरमा बसी मिर्मिर । | तिमी शारमकी गुफा तिमिरमा बसी मिर्मिर । | ||
::सधैं लुक यसै गरी प्रकृतभाव त्यागी पर ॥ | ::सधैं लुक यसै गरी प्रकृतभाव त्यागी पर ॥ | ||
{{pcn|(१२८)}} | {{pcn|(१२८)}} | ||
सुमूर्ख शरमाउँदी कति | सुमूर्ख शरमाउँदी कति सुधी र लाटी तिमी । | ||
::न बोल्न पनि विरह मूक | ::न बोल्न पनि जान्दछ्यौ विरह मूक बन्नू भुनी ॥ | ||
छ खोज्नु | छ खोज्नु भँवरा यहाँ मह दिएर लट्ठ्याउनु । | ||
::सिँगार गुण | ::सिँगार गुण गाउने कवि बनाउँदै ल्याउनु ॥ | ||
झुलाउनु घुमाउनु प्रकृतचालले दास झैं । | झुलाउनु घुमाउनु प्रकृतचालले दास झैं । | ||
::मजा युवतिको यही यति | ::मजा युवतिको यही यति नजान्नु मूर्खै सही ॥ | ||
{{pcn|( | {{pcn|(१२९)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:11, 6 May 2025
सबै अधर बोल्दछन् कुसुमका रसीला कुरा ।
फुकाउन उरोज नै प्रकृतिको छ चाला यहाँ ॥
सुवासहरु लादिने पवन आउँछन् 'द्यौ' भनी ।
नयाँ खबर भित्रका मृदुल बैंसका पत्रमा ॥
(१२४)
पसी किरण कोपिलासरि तिमी त लाटी बन्यौ ।
हिलाउनु चलाउनु प्रकृत भावमा ज्ञानले ॥
सिँगार सुखमा थपी मधुर नृत्य झैं बैँसको ।
बनी ढलक दृष्टिको सरस चाल राम्रो लिने ॥
(१२५)
जनाउनु मिही कुरा मृदु अबोल भाषा सिकी ।
पठाउनु रहस्यका नजर ओठ बोल्ने गरी ॥
अनेक दिलका कुरा अरु खुलस्त पार्ने ढँग ।
सबै युवति जान्दछन् तर हरे ! तिमी मूक छौ ॥
(१२६)
छ फुल्नु अनि फुक्नु नै प्रकृतिको मजा षोडशी ।
न भै चपलता त्यसै प्रिय करा कनै के बुझून् ॥
पयोधितिर प्रेयसी पयरमा दर्गुछन् छिटा ।
वसन्तसँग कोयली पनि छिपी लुकी बोल्दछे ॥
(१२७)
उषा कनकप्रातमा रवि भजी सिँगारीकन ।
सबै विहगका गला स्वर बनाउँछिन् रुन्झुन ॥
तिमी शारमकी गुफा तिमिरमा बसी मिर्मिर ।
सधैं लुक यसै गरी प्रकृतभाव त्यागी पर ॥
(१२८)
सुमूर्ख शरमाउँदी कति सुधी र लाटी तिमी ।
न बोल्न पनि जान्दछ्यौ विरह मूक बन्नू भुनी ॥
छ खोज्नु भँवरा यहाँ मह दिएर लट्ठ्याउनु ।
सिँगार गुण गाउने कवि बनाउँदै ल्याउनु ॥
झुलाउनु घुमाउनु प्रकृतचालले दास झैं ।
मजा युवतिको यही यति नजान्नु मूर्खै सही ॥
(१२९)