Page:Shakuntala.pdf/193: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
सकुन्तल शकुन्तकी छ महिमा फुली सुन्तला । | सकुन्तल शकुन्तकी छ महिमा फुली सुन्तला । | ||
::छ मग्मग सुवासले | ::छ मग्मग सुवासले ऋतु वसन्तकी कुड्मल ॥ | ||
बराबर छ | बराबर छ बर्बरी पवनमा फुलेको रज । | ||
::जमीनकन | ::जमीनकन छिर्बिरे अलि गराउँदै फेदमा ॥ | ||
सुवर्ण पिपिरे फुली अब फुली वसन्ती सर । | सुवर्ण पिपिरे फुली अब फुली वसन्ती सर । | ||
::विहङ्ग वन-बालिका | ::विहङ्ग वन-बालिका छिरबिरे पँखेटा बनी ॥ | ||
छिरेर मृदु पत्रमा किरण छानिई आउँछ । | छिरेर मृदु पत्रमा किरण छानिई आउँछ । | ||
::उडी कुसुम पुत्तली मधुर न्यानु भोग्छे जहाँ ॥ | ::उडी कुसुम पुत्तली मधुर न्यानु भोग्छे जहाँ ॥ | ||
Line 14: | Line 14: | ||
बनेर नव सिर्जना विपिनका परीको घर । | बनेर नव सिर्जना विपिनका परीको घर । | ||
::तथा वनसमान त्यो | ::तथा वनसमान त्यो सुरभिकेन्द्र क्या सुन्दर ॥ | ||
किनारकन | किनारकन पुष्पको मृदु सिँगारले छाउने । | ||
::थियो मधुर चित्र | ::थियो मधुर चित्र झैं कवि सुनी फुली आउने ॥ | ||
{{pcn|( | {{pcn|(१११)}} | ||
त्यहाँ मधुर शब्दले युवतिका यसो छेकिई । | त्यहाँ मधुर शब्दले युवतिका यसो छेकिई । | ||
::बसे नृपति | ::बसे नृपति झाँगको सरस आडमा तर्किई ॥ | ||
थिए हरित घाँसमा वदन छिर्बिरे पत्रले । | थिए हरित घाँसमा वदन छिर्बिरे पत्रले । | ||
::सुचारु नवयौवनीहरु जहाँ बसेका सुखी ॥ | ::सुचारु नवयौवनीहरु जहाँ बसेका सुखी ॥ | ||
Line 29: | Line 29: | ||
लिई ढलक बैंसको मधुरता खुलेको ढँग । | लिई ढलक बैंसको मधुरता खुलेको ढँग । | ||
::कलासरि सजीव ती मधुर कञ्जका भूषण ॥ | ::कलासरि सजीव ती मधुर कञ्जका भूषण ॥ | ||
{{pcn|( | {{pcn|(११३)}} | ||
सुरेख मृदु अङ्गका मदन-मोहिनी ढङ्गका । | सुरेख मृदु अङ्गका मदन-मोहिनी ढङ्गका । | ||
::प्रियासरि कुरङ्गका, मृदुल केशका आढ्यता ॥ | ::प्रियासरि कुरङ्गका, मृदुल केशका आढ्यता ॥ | ||
नितम्बतक | नितम्बतक झर्छ जो सरस-रेशमी रङ्गले । | ||
:: | ::कपोल मृदु पुष्पको सरसता खुलाईकन ॥ | ||
{{pcn|(११४)}} | {{pcn|(११४)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 08:58, 6 May 2025
सकुन्तल शकुन्तकी छ महिमा फुली सुन्तला ।
छ मग्मग सुवासले ऋतु वसन्तकी कुड्मल ॥
बराबर छ बर्बरी पवनमा फुलेको रज ।
जमीनकन छिर्बिरे अलि गराउँदै फेदमा ॥
सुवर्ण पिपिरे फुली अब फुली वसन्ती सर ।
विहङ्ग वन-बालिका छिरबिरे पँखेटा बनी ॥
छिरेर मृदु पत्रमा किरण छानिई आउँछ ।
उडी कुसुम पुत्तली मधुर न्यानु भोग्छे जहाँ ॥
गरी भ्रमर भुन्भुनी अमृत माग्दछन् पुष्पका ।
जहाँ अधर मुस्किए अलि गरेर गानै त्यहाँ ॥
(११०)
बनेर नव सिर्जना विपिनका परीको घर ।
तथा वनसमान त्यो सुरभिकेन्द्र क्या सुन्दर ॥
किनारकन पुष्पको मृदु सिँगारले छाउने ।
थियो मधुर चित्र झैं कवि सुनी फुली आउने ॥
(१११)
त्यहाँ मधुर शब्दले युवतिका यसो छेकिई ।
बसे नृपति झाँगको सरस आडमा तर्किई ॥
थिए हरित घाँसमा वदन छिर्बिरे पत्रले ।
सुचारु नवयौवनीहरु जहाँ बसेका सुखी ॥
(११२)
चियाउन सुखी ननी हरित झाँग ठूलो मनि ।
त्यहाँ नृपति देख्दछन् विपिन-वल्लरी कामिनी ॥
लिई ढलक बैंसको मधुरता खुलेको ढँग ।
कलासरि सजीव ती मधुर कञ्जका भूषण ॥
(११३)
सुरेख मृदु अङ्गका मदन-मोहिनी ढङ्गका ।
प्रियासरि कुरङ्गका, मृदुल केशका आढ्यता ॥
नितम्बतक झर्छ जो सरस-रेशमी रङ्गले ।
कपोल मृदु पुष्पको सरसता खुलाईकन ॥
(११४)