Page:Shakuntala.pdf/187: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
रन्केकी अलि मारको ज्वर चढी फुल्दी नता बैंसकी । | |||
::क्या मीठी | ::क्या मीठी मृदु कज्जला कति भला क्या पूर्ण पार्ने गला ॥ | ||
सारा चारु टुना तिमी भर खुला पाऊँ कहाँ कोपिला ?" | |||
::भन्दै रुन्छ र | ::भन्दै रुन्छ र भूप मुस्मुस गरी हाँसेर सुन्छन् करा ॥ | ||
" | "हा हाँडी किन बिर्सियौ" भनी रुँदै निक्कै हँसायो बरा । | ||
{{pcn|(७८)}} | {{pcn|(७८)}} | ||
"हा ! हाँडी कसरी म पाउँ नि हरे ! सारै वियोगी बनेँ । | "हा ! हाँडी कसरी म पाउँ नि हरे ! सारै वियोगी बनेँ । | ||
:: | ::बुझ्दैनन् अरु हाँस्दछन् शिव हरे ! टाढा तिमी बन्दछ्यौ ॥ | ||
झन् झन् झल्किन जान्छ गाजल अहा ! यो | झन् झन् झल्किन जान्छ गाजल अहा ! यो माधुरी श्यामल । | ||
:: | ::रूँ रूँ लाग्छ अनन्त ! हन्त कसरी मैले सहूँ यी पल ॥" | ||
हूँ हूँ साथ रुँदो बडो चतुर त्यो बूढो बनाई कुरा । | |||
:: | ::पेटैसम्म मिचाउँदै नृपतिको हाँसो बन्यो त्यो रुँदै ॥ | ||
{{pcn|(७९)}} | {{pcn|(७९)}} | ||
Line 19: | Line 19: | ||
::गाला जोर्न लगाउनेछु दिलकी त्यस्ती उज्यालीसँग ॥ | ::गाला जोर्न लगाउनेछु दिलकी त्यस्ती उज्यालीसँग ॥ | ||
तिम्रो सर्व सिँगारले उनसँगै जोडी मिलाईकन । | तिम्रो सर्व सिँगारले उनसँगै जोडी मिलाईकन । | ||
::यो सारा वन वा सबै सहर नै | ::यो सारा वन वा सबै सहर नै द्यूँला घुमाई वरी ॥" | ||
{{pcn|(८०)}} | {{pcn|(८०)}} | ||
यस्तो सुन्छ जवाफ कान दुइमा लाई दुवै | यस्तो सुन्छ जवाफ कान दुइमा लाई दुवै अङ्गुली । | ||
::"भो भो गर्दिनँ नी म गर्दिनँ बिहा भो | ::"भो भो गर्दिनँ नी म गर्दिनँ बिहा भो जान्नँ सासूकहाँ ॥ | ||
जो प्रेमी म छु भन्छ त्यै पुरुषको होस् त्यो बिहा जङ्गली । | जो प्रेमी म छु भन्छ त्यै पुरुषको होस् त्यो बिहा जङ्गली । | ||
::हा ! हाँडी" तब भन्छ "क्या नृपतिको आँखा छकायौ फुली ॥" | ::हा ! हाँडी" तब भन्छ "क्या नृपतिको आँखा छकायौ फुली ॥" | ||
{{pcn|(८१)}} | {{pcn|(८१)}} | ||
प्रसन्नतासाथ क्षितीश हाँसे । | |||
::भुलेर आफ्नो | ::भुलेर आफ्नो दुख थोर बेर ॥ | ||
तथापि आयो उनमा प्रवाह । | |||
::परी | ::परी झझल्का लहरी उठेर ॥ | ||
{{pcn|(८२)}} | |||
"कहाँ उज्याली सुरकी जुहार । | |||
:: | ::शठोपमा यो छ कहाँ असार ॥ | ||
फुटेर आँखा यदि स्वर्ग | फुटेर आँखा यदि स्वर्ग जाऊ । | ||
::परी छ हाँडीसरि भन्न | ::परी छ हाँडीसरि भन्न आऊ ॥ | ||
{{pcn|(८३)}} | {{pcn|(८३)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 12:36, 5 May 2025
रन्केकी अलि मारको ज्वर चढी फुल्दी नता बैंसकी ।
क्या मीठी मृदु कज्जला कति भला क्या पूर्ण पार्ने गला ॥
सारा चारु टुना तिमी भर खुला पाऊँ कहाँ कोपिला ?"
भन्दै रुन्छ र भूप मुस्मुस गरी हाँसेर सुन्छन् करा ॥
"हा हाँडी किन बिर्सियौ" भनी रुँदै निक्कै हँसायो बरा ।
(७८)
"हा ! हाँडी कसरी म पाउँ नि हरे ! सारै वियोगी बनेँ ।
बुझ्दैनन् अरु हाँस्दछन् शिव हरे ! टाढा तिमी बन्दछ्यौ ॥
झन् झन् झल्किन जान्छ गाजल अहा ! यो माधुरी श्यामल ।
रूँ रूँ लाग्छ अनन्त ! हन्त कसरी मैले सहूँ यी पल ॥"
हूँ हूँ साथ रुँदो बडो चतुर त्यो बूढो बनाई कुरा ।
पेटैसम्म मिचाउँदै नृपतिको हाँसो बन्यो त्यो रुँदै ॥
(७९)
"धन्दा छैन मिलाइदिन्छु सहजै गाला रँगाईकन ।
गाला जोर्न लगाउनेछु दिलकी त्यस्ती उज्यालीसँग ॥
तिम्रो सर्व सिँगारले उनसँगै जोडी मिलाईकन ।
यो सारा वन वा सबै सहर नै द्यूँला घुमाई वरी ॥"
(८०)
यस्तो सुन्छ जवाफ कान दुइमा लाई दुवै अङ्गुली ।
"भो भो गर्दिनँ नी म गर्दिनँ बिहा भो जान्नँ सासूकहाँ ॥
जो प्रेमी म छु भन्छ त्यै पुरुषको होस् त्यो बिहा जङ्गली ।
हा ! हाँडी" तब भन्छ "क्या नृपतिको आँखा छकायौ फुली ॥"
(८१)
प्रसन्नतासाथ क्षितीश हाँसे ।
भुलेर आफ्नो दुख थोर बेर ॥
तथापि आयो उनमा प्रवाह ।
परी झझल्का लहरी उठेर ॥
(८२)
"कहाँ उज्याली सुरकी जुहार ।
शठोपमा यो छ कहाँ असार ॥
फुटेर आँखा यदि स्वर्ग जाऊ ।
परी छ हाँडीसरि भन्न आऊ ॥
(८३)