Page:Shakuntala.pdf/184: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
लाली थोर | लाली थोर गुलाबकी वदनमा श्रीतुल्य वासन्तिकी । | ||
::लज्जादार प्रसून लज्जत लिने लालित्य | ::लज्जादार प्रसून लज्जत लिने लालित्य झैं लोककी ॥ | ||
आत्माकी अति तृप्त ती प्रभुजिको सौन्दर्यको सिर्जना । | आत्माकी अति तृप्त ती प्रभुजिको सौन्दर्यको सिर्जना । | ||
::ती आभा विधुकी झरीपछि कतै खुल्ने कुनै जुक्ति के ?" | ::ती आभा विधुकी झरीपछि कतै खुल्ने कुनै जुक्ति के ?" | ||
Line 9: | Line 9: | ||
कतै वल्लीलाई कसुमहरुकी चन्द्रछविमा । | कतै वल्लीलाई कसुमहरुकी चन्द्रछविमा । | ||
::त्यसै सुत्दी देखी पवन पनि सुत्दा विपिनमा ॥ | ::त्यसै सुत्दी देखी पवन पनि सुत्दा विपिनमा ॥ | ||
अनेकौं छायाले भुइँकन दिँदा भूषणहरू । | |||
::उनी | ::उनी सोध्थे "सुत्छ्यौ मकन नदिई नींद निठुरी ?" | ||
{{pcn|(६५)}} | {{pcn|(६५)}} | ||
चराले | चराले बोल्दामा पिउ पिउ गरी पुष्पधनमा । | ||
::"तँ | ::"तँ बुझ्छस् के मेरो मन अलिकति प्रेम-क्षणमा ॥" | ||
भनी सोद्धै भन्छन् रवहरु सुनेकी तर तिनी । | भनी सोद्धै भन्छन् रवहरु सुनेकी तर तिनी । | ||
::सचेता बन्छिन् ती | ::सचेता बन्छिन् ती नृपति छ विलौनामय भनी ॥ | ||
{{pcn|(६६)}} | {{pcn|(६६)}} | ||
बोल्दा प्रात विहङ्ग कण्ठ रँगिलो, | बोल्दा प्रात विहङ्ग कण्ठ रँगिलो, ऊषा विहारी दृग । | ||
::तेजीलो नरमी भुवा उरभरी लाम्चो उठेको अलि ॥ | ::तेजीलो नरमी भुवा उरभरी लाम्चो उठेको अलि ॥ | ||
मीठो ढुक्ढुकले | मीठो ढुक्ढुकले सुबोल नभको देखेर शोभा नव । | ||
::जिह्वा पल्लव-कम्पले सरस भै बोल्दो वसन्ती दिल ॥ | ::जिह्वा पल्लव-कम्पले सरस भै बोल्दो वसन्ती दिल ॥ | ||
{{pcn|(६७)}} | {{pcn|(६७)}} | ||
त्यो भै चारु प्रशाख नीड हरियोनेरै बसी प्रातको । | त्यो भै चारु प्रशाख नीड हरियोनेरै बसी प्रातको । | ||
:: | ::शोभाले छविको उडूँसरि हुँदो बोलेर मीठा कुरा ॥ | ||
त्यस्तो | त्यस्तो पङ्ख रँगीनको वन-शिशु प्रारम्भको गानमा । | ||
::देखी ती नृप भन्दछन्- "विपिनका शाकुन्तशोभा तँ जा ॥ | ::देखी ती नृप भन्दछन्- "विपिनका शाकुन्तशोभा तँ जा ॥ | ||
{{pcn|(६८)}} | {{pcn|(६८)}} | ||
भन्दे दिव्य सँगीसितै यति करा यौटा छ दुःखी यहाँ । | |||
::प्रेमी आर्त | ::प्रेमी आर्त प्रकाशभीरु जलले बोल्ने, भिजेको दृग ॥ | ||
त्यो तिम्रो दिलको अनन्त विरही दानाहरू बर्बर । | त्यो तिम्रो दिलको अनन्त विरही दानाहरू बर्बर । | ||
::झारी हिँड्छ प्रसूनमा र दिलको बास्ना त्यहाँ | ::झारी हिँड्छ प्रसूनमा र दिलको बास्ना त्यहाँ भर्दछ ॥ | ||
यौटै पुष्प टिपेर च्यात करले हेरी फुलेको उर । | यौटै पुष्प टिपेर च्यात करले हेरी फुलेको उर । | ||
::बास्ना मात्र सुँघेर | ::बास्ना मात्र सुँघेर त्यो बुझ तिमी कस्तो छ प्रेमातुर ॥" | ||
{{pcn|(६९)}} | {{pcn|(६९)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 12:14, 5 May 2025
लाली थोर गुलाबकी वदनमा श्रीतुल्य वासन्तिकी ।
लज्जादार प्रसून लज्जत लिने लालित्य झैं लोककी ॥
आत्माकी अति तृप्त ती प्रभुजिको सौन्दर्यको सिर्जना ।
ती आभा विधुकी झरीपछि कतै खुल्ने कुनै जुक्ति के ?"
(६४)
कतै वल्लीलाई कसुमहरुकी चन्द्रछविमा ।
त्यसै सुत्दी देखी पवन पनि सुत्दा विपिनमा ॥
अनेकौं छायाले भुइँकन दिँदा भूषणहरू ।
उनी सोध्थे "सुत्छ्यौ मकन नदिई नींद निठुरी ?"
(६५)
चराले बोल्दामा पिउ पिउ गरी पुष्पधनमा ।
"तँ बुझ्छस् के मेरो मन अलिकति प्रेम-क्षणमा ॥"
भनी सोद्धै भन्छन् रवहरु सुनेकी तर तिनी ।
सचेता बन्छिन् ती नृपति छ विलौनामय भनी ॥
(६६)
बोल्दा प्रात विहङ्ग कण्ठ रँगिलो, ऊषा विहारी दृग ।
तेजीलो नरमी भुवा उरभरी लाम्चो उठेको अलि ॥
मीठो ढुक्ढुकले सुबोल नभको देखेर शोभा नव ।
जिह्वा पल्लव-कम्पले सरस भै बोल्दो वसन्ती दिल ॥
(६७)
त्यो भै चारु प्रशाख नीड हरियोनेरै बसी प्रातको ।
शोभाले छविको उडूँसरि हुँदो बोलेर मीठा कुरा ॥
त्यस्तो पङ्ख रँगीनको वन-शिशु प्रारम्भको गानमा ।
देखी ती नृप भन्दछन्- "विपिनका शाकुन्तशोभा तँ जा ॥
(६८)
भन्दे दिव्य सँगीसितै यति करा यौटा छ दुःखी यहाँ ।
प्रेमी आर्त प्रकाशभीरु जलले बोल्ने, भिजेको दृग ॥
त्यो तिम्रो दिलको अनन्त विरही दानाहरू बर्बर ।
झारी हिँड्छ प्रसूनमा र दिलको बास्ना त्यहाँ भर्दछ ॥
यौटै पुष्प टिपेर च्यात करले हेरी फुलेको उर ।
बास्ना मात्र सुँघेर त्यो बुझ तिमी कस्तो छ प्रेमातुर ॥"
(६९)