Jump to content

Page:Shakuntala.pdf/183: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
धेरै आँस्‌ बफाउँदा जल नने स्वर्ण प्रभातैअघि ।
धेरै आँसु बफाउँदा जल बने स्वर्ण प्रभातैअघि ।
::लाए शीत सिँगार पृष्पहरुले गर्दा पखेटा हिली ॥
::लाए शीत सिँगार पुष्पहरुले गर्दा पखेटा हिली ॥
प्रैमै दिव्य सुवर्ण मेघसरि भो काही धपक्कै जल्यो ।
प्रेमै दिव्य सुवर्ण मेघसरि भो काही धपक्कै जल्यो ।
::काही खाक झलक्क भै फुलि उठ्यो ती भूप हृद्‌-व्योममा ॥
::काही खाक झलक्क भै फुलि उठ्यो ती भूप हृद्‌-व्योममा ॥
{{pcn|(५८)}}
{{pcn|(५८)}}


खोलात्‌ल्य नने अनन्त लहरी त्या मालिनीतीरमा ।
खोलातुल्य बने अनन्त लहरी त्यो मालिनीतीरमा ।
::ब्युँझी प्रेम प्रभातबाट रसिलो प्रश्वास खोज्ने बनी ॥
::ब्यूँझी प्रेम प्रभातबाट रसिलो प्रश्वास खोज्ने बनी ॥
मीठो गृन्गुनले चले लहर ती छाया लिई स्वर्गको ।
मीठो गुन्गुनले चले लहर ती छाया लिई स्वर्गको ।
::राम्जी रूप शकुन्तला युवतिको मानो उषा झै हुँदा ॥
::राम्रो रूप शकुन्तला युवतिको मानो उषा झैं हुँदा ॥
{{pcn|(५९)}}
{{pcn|(५९)}}


आँखा ती मनका चियाउन सदा प्यासी बनेका थिए ।
आँखा ती मनका चियाउन सदा प्यासी बनेका थिए ।
::मानो प्रात प्रभा झलक्क पहिली हेर्थी कूनै भ्यालमा
::मानो प्रात प्रभा झलक्क पहिली हेर्थी कुनै झ्यालमा
हेर्दै याद बिना निदालु युवतिलाई उ उठ्नै अघि ।
हेर्दै याद बिना निदालु युवतिलाई उ उठ्नै अघि ।
::मीठो स्वप्न त्यजेर पड्खहरुका गाना सृनी व्युँभिँदी
::मीठो स्वप्न त्यजेर पङ्खहरुका गाना सुनी व्यूँझिँदी
{{pcn|(६०)}}
{{pcn|(६०)}}


बस्दी लज्जतले ढलक्क तकिया गाला मिलाईकन ।
बस्दी लज्जतले ढलक्क तकिया गाला मिलाईकन ।
::सृत्दीको महिमा अलौकिक यसो हेरै भनी मोहन ॥
::सुत्दीको महिमा अलौकिक यसो हेरूँ भनी मोहन ॥
त्यप्तै भै अब कल्पना किरणले कोही चियाउँसरि
त्यस्तै भै अब कल्पना किरणले कोही चियाऊँसरि
::खोज्छ ठाउँ महीरुहादिहरुको शौभा हरामा चढी ॥
::खोज्छे ठाउँ महीरुहादिहरुको शौभा हरामा चढी ॥
{{pcn|(६१)}}
{{pcn|(६१)}}


घृड्को एक घुटुक्क झै भलकको आत्मा रसाईकन ।
घुड्को एक घुटुक्क झैं भलकको आत्मा रसाईकन ।
::मिल्ने आश गरेर ती नृप रहे खोजी बहाना कुनै ॥
::मिल्ने आश गरेर ती नृप रहे खोजी बहाना कुनै ॥
पाएनन्‌ तर क्यै क्रा र सँगको साथी ठद्यौलोकन
पाएनन्‌ तर क्यै कुरा र सँगको साथी ठट्यौलोकन
::सोँधे "एक उपाय क्यै भन सखे मिल्नै हरे ! दर्शन ॥
::सोधे "एक उपाय क्यै भन सखे मिल्ने हरे ! दर्शन ॥
{{pcn|(६२)}}
{{pcn|(६२)}}


ती राम्री मृदृता सलक्क जिउकी आँखा दुवैकी निशा ।
ती राम्री मृदृता सलक्क जिउकी आँखा दुवैकी निशा ।
::बास्तादार मिद्चधास वन्य-रसकी, हावाहरूको स्‌ख
::बास्नादार मिठास वन्य-रसकी, हावाहरूको सुख
बोल्दी ती चिडिया हरा भवनका, बास्ना घुसेकी दिल ।
बोल्दी ती चिडिया हरा भुवनका, बास्ना घुसेकी दिल ।
::ती पृष्टा मृदुकोपिला तहतह्दै स्वप्नाहरू फैलिँदी ॥
::ती पुष्टा मृदुकोपिला तहतहै स्वप्नाहरू फैलिँदी ॥
{{pcn|(६३)}}
{{pcn|(६३)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 11:48, 5 May 2025

This page has been proofread

धेरै आँसु बफाउँदा जल बने स्वर्ण प्रभातैअघि ।
लाए शीत सिँगार पुष्पहरुले गर्दा पखेटा हिली ॥
प्रेमै दिव्य सुवर्ण मेघसरि भो काही धपक्कै जल्यो ।
काही खाक झलक्क भै फुलि उठ्यो ती भूप हृद्‌-व्योममा ॥
(५८)

खोलातुल्य बने अनन्त लहरी त्यो मालिनीतीरमा ।
ब्यूँझी प्रेम प्रभातबाट रसिलो प्रश्वास खोज्ने बनी ॥
मीठो गुन्गुनले चले लहर ती छाया लिई स्वर्गको ।
राम्रो रूप शकुन्तला युवतिको मानो उषा झैं हुँदा ॥
(५९)

आँखा ती मनका चियाउन सदा प्यासी बनेका थिए ।
मानो प्रात प्रभा झलक्क पहिली हेर्थी कुनै झ्यालमा ॥
हेर्दै याद बिना निदालु युवतिलाई उ उठ्नै अघि ।
मीठो स्वप्न त्यजेर पङ्खहरुका गाना सुनी व्यूँझिँदी ॥
(६०)

बस्दी लज्जतले ढलक्क तकिया गाला मिलाईकन ।
सुत्दीको महिमा अलौकिक यसो हेरूँ भनी मोहन ॥
त्यस्तै भै अब कल्पना किरणले कोही चियाऊँसरि ।
खोज्छे ठाउँ महीरुहादिहरुको शौभा हरामा चढी ॥
(६१)

घुड्को एक घुटुक्क झैं भलकको आत्मा रसाईकन ।
मिल्ने आश गरेर ती नृप रहे खोजी बहाना कुनै ॥
पाएनन्‌ तर क्यै कुरा र सँगको साथी ठट्यौलोकन ।
सोधे "एक उपाय क्यै भन सखे मिल्ने हरे ! दर्शन ॥
(६२)

ती राम्री मृदृता सलक्क जिउकी आँखा दुवैकी निशा ।
बास्नादार मिठास वन्य-रसकी, हावाहरूको सुख ॥
बोल्दी ती चिडिया हरा भुवनका, बास्ना घुसेकी दिल ।
ती पुष्टा मृदुकोपिला तहतहै स्वप्नाहरू फैलिँदी ॥
(६३)