Page:Shakuntala.pdf/186: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
"के हो शीघ्र बता न ! आर्त भँडुवा" भन्दा ' | "के हो शीघ्र बता न ! आर्त भँडुवा" भन्दा 'उहूहू' गरी । | ||
::बोल्यो कष्ट बढेसमान करले छामेर छातीकन ॥ | ::बोल्यो कष्ट बढेसमान करले छामेर छातीकन ॥ | ||
"के सुन्छौ अब दौंतरी ? विरहमा आफैं परौला तिमी । | "के सुन्छौ अब दौंतरी ? विरहमा आफैं परौला तिमी । | ||
Line 8: | Line 8: | ||
भो भो भन्दिनँ भन्छ" फेरि "नभने राम्रो बरू भन्दिनँ ।" | भो भो भन्दिनँ भन्छ" फेरि "नभने राम्रो बरू भन्दिनँ ।" | ||
::"कस्ती त्यो छ त" | ::"कस्ती त्यो छ त" सोद्धछन् नृपतिले "के अप्सरा हो भन ?" | ||
"माटो | "माटो झैं जिउ छन् अरू युवतिका ! पाकी उज्याली सफा । | ||
::लालीदार मुहार सुन्दर अहा ! क्या गाजले छन् तिनी ॥ | ::लालीदार मुहार सुन्दर अहा ! क्या गाजले छन् तिनी ॥ | ||
बान्की सुन्दर बाटुलो र गठिलो बैंसे मजा चट्ट | बान्की सुन्दर बाटुलो र गठिलो बैंसे मजा चट्ट झैं । | ||
::अङ्गै सुन्दररेख, क्षुद्र विधिको कारीगरी उत्तम ॥ | ::अङ्गै सुन्दररेख, क्षुद्र विधिको कारीगरी उत्तम ॥ | ||
लाई गाजल ती टलक्क मुख छन् झल्की सिताराहरू । | लाई गाजल ती टलक्क मुख छन् झल्की सिताराहरू । | ||
::तातै चट्ट टिपूँ समान गहिरी फुल्दी उज्याली थिइन् ॥ | ::तातै चट्ट टिपूँ समान गहिरी फुल्दी उज्याली थिइन् ॥ | ||
दाना सुन्दर रौप्यका | दाना सुन्दर रौप्यका कुसुम झैं पत्रै सुनौला भुइँ । | ||
::मीठा मग्मग | ::मीठा मग्मग बास-साथ उदरै लोभी बनाईदिने ॥ | ||
छन् फुल्दो गहिरो खुला हृदयमा चापल्यले चञ्चला । | छन् फुल्दो गहिरो खुला हृदयमा चापल्यले चञ्चला । | ||
::त्यस्ती शान्त किसान गेहगहना देखिन्न क्यै मञ्जुला ॥ | ::त्यस्ती शान्त किसान गेहगहना देखिन्न क्यै मञ्जुला ॥ | ||
राम्रा फूल अनेक ती हृदयका खाना | राम्रा फूल अनेक ती हृदयका खाना बनाईकन । | ||
::रोई खान्छ हरे ! हरे मकन औ ती वन्य आभूषण ॥" | ::रोई खान्छ हरे ! हरे मकन औ ती वन्य आभूषण ॥" | ||
भन्दै घुँक्क गरेर, | भन्दै घुँक्क गरेर, सुँक्कसँग त्यो आँखा भिजाईकन । | ||
::"प्यारी सोहि मिलाइद्यौ मकन लौ तिम्रो निगाहा भए ॥" | ::"प्यारी सोहि मिलाइद्यौ मकन लौ तिम्रो निगाहा भए ॥" | ||
भन्दा "नाम बताइदेउन सँगी ! को रे' छ | भन्दा "नाम बताइदेउन सँगी ! को रे' छ हेरूँ" भनी । | ||
::जिज्ञासा, नृपकी बनी वचनमा क्यै आड जस्ती त्यहाँ ॥ | ::जिज्ञासा, नृपकी बनी वचनमा क्यै आड जस्ती त्यहाँ ॥ | ||
{{pcn|(७६)}} | {{pcn|(७६)}} | ||
खोर्याईकन धेर बेर नृपले सोद्धा बतायो तब । | |||
::"धेरै नाम छ सृन्दरी युवतिको नाडी कटाईकन ॥ | ::"धेरै नाम छ सृन्दरी युवतिको नाडी कटाईकन ॥ | ||
हाँ हाँ को पहिलो लिए छ सजिलो त्यै नाम उच्चारित । | हाँ हाँ को पहिलो लिए छ सजिलो त्यै नाम उच्चारित । |
Latest revision as of 12:27, 5 May 2025
"के हो शीघ्र बता न ! आर्त भँडुवा" भन्दा 'उहूहू' गरी ।
बोल्यो कष्ट बढेसमान करले छामेर छातीकन ॥
"के सुन्छौ अब दौंतरी ? विरहमा आफैं परौला तिमी ।
हा ! शोभा सब देशकी मृदुमुखी हा ! सुन्दरी कज्जला ॥
(७५)
भो भो भन्दिनँ भन्छ" फेरि "नभने राम्रो बरू भन्दिनँ ।"
"कस्ती त्यो छ त" सोद्धछन् नृपतिले "के अप्सरा हो भन ?"
"माटो झैं जिउ छन् अरू युवतिका ! पाकी उज्याली सफा ।
लालीदार मुहार सुन्दर अहा ! क्या गाजले छन् तिनी ॥
बान्की सुन्दर बाटुलो र गठिलो बैंसे मजा चट्ट झैं ।
अङ्गै सुन्दररेख, क्षुद्र विधिको कारीगरी उत्तम ॥
लाई गाजल ती टलक्क मुख छन् झल्की सिताराहरू ।
तातै चट्ट टिपूँ समान गहिरी फुल्दी उज्याली थिइन् ॥
दाना सुन्दर रौप्यका कुसुम झैं पत्रै सुनौला भुइँ ।
मीठा मग्मग बास-साथ उदरै लोभी बनाईदिने ॥
छन् फुल्दो गहिरो खुला हृदयमा चापल्यले चञ्चला ।
त्यस्ती शान्त किसान गेहगहना देखिन्न क्यै मञ्जुला ॥
राम्रा फूल अनेक ती हृदयका खाना बनाईकन ।
रोई खान्छ हरे ! हरे मकन औ ती वन्य आभूषण ॥"
भन्दै घुँक्क गरेर, सुँक्कसँग त्यो आँखा भिजाईकन ।
"प्यारी सोहि मिलाइद्यौ मकन लौ तिम्रो निगाहा भए ॥"
भन्दा "नाम बताइदेउन सँगी ! को रे' छ हेरूँ" भनी ।
जिज्ञासा, नृपकी बनी वचनमा क्यै आड जस्ती त्यहाँ ॥
(७६)
खोर्याईकन धेर बेर नृपले सोद्धा बतायो तब ।
"धेरै नाम छ सृन्दरी युवतिको नाडी कटाईकन ॥
हाँ हाँ को पहिलो लिए छ सजिलो त्यै नाम उच्चारित ।
हाँ हाँडी हँसिली फुलेर रसिली हा कज्जला मोहिनी ॥
(७७)
'हाँडी' नाम मुसोमयी मृदुमुखी ती पुष्प-भण्डार हुन् ।
हा ! हाँडी मृदुयौवनी कसुमकी भण्डार प्यारी तिमी ॥