Page:Shakuntala.pdf/185: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
राम्रा नव्य प्रवालका रँग मुना रेखा मिलेका मिही । | राम्रा नव्य प्रवालका रँग मुना रेखा मिलेका मिही । | ||
::चिल्ला चित्त खिँचीलिने चपलता चम्काउने चारुता ॥ | ::चिल्ला चित्त खिँचीलिने चपलता चम्काउने चारुता ॥ | ||
बोलीतुल्य विकासशील मनमा | बोलीतुल्य विकासशील मनमा लाग्ने मुनाका अघि । | ||
::भन्थे "बोलन बोल हे | ::भन्थे "बोलन बोल हे अधरहो ! के भन्दछिन् हृद्छवि ॥" | ||
{{pcn|(७०)}} | {{pcn|(७०)}} | ||
देख्दा ती नृपको दशा विपिनमा सासैपिछे सम्झना । | देख्दा ती नृपको दशा विपिनमा सासैपिछे सम्झना । | ||
:: | ::रोएकी मनमा मलीनपनले डेरा लिएकी दशा- | ||
लाई आज | लाई आज भुलाउने छ बढिया भन्ने ठट्यौली सँगी । | ||
::सोची | ::सोची धेर उपाय भर्तृहरिको दृष्टान्त पाईकन ॥ | ||
पोल्टाभित्र मकै लिईकन बुजा हाल्दो रुँदै बस्तछ । | |||
::बूढो घुँक्क गरेर 'सुँक्क' सँगमा आँखा भिजाईकन ॥ | ::बूढो घुँक्क गरेर 'सुँक्क' सँगमा आँखा भिजाईकन ॥ | ||
{{pcn|( | {{pcn|(७१)}} | ||
आएको नृप देख्छ त्यो निकटमा "बाबा | आएको नृप देख्छ त्यो निकटमा "बाबा मरें नी उहूँ ! | ||
::छाती पोल्दछ | ::छाती पोल्दछ बिझ्छ हाय ! मुटु नै बेथा कहाँ यो कहूँ ॥" | ||
भन्दै विकृत चेहरासित बसी आँखा चुहाईकन । | भन्दै विकृत चेहरासित बसी आँखा चुहाईकन । | ||
:: | ::धाराले पनि नाटकीय नृपमा आफ्नो दशा-दर्शन ॥ | ||
देखाईकन भन्छ "लौन म मरें यो भित्रको कष्टले ।" | |||
::"के भो के ?" भनि सोद्धछन् नृपतिले "के पिर्छ के दुष्टले ॥ | ::"के भो के ?" भनि सोद्धछन् नृपतिले "के पिर्छ के दुष्टले ॥ | ||
{{pcn|(७२)}} | {{pcn|(७२)}} | ||
भो भो हाय नबोल | भो भो हाय नबोल दौँतरि ! तिमी पोल्यो नि पोल्यो मुटु । | ||
::फूलै बन्दछ, गन्ध जल्छ, रँगले डस्छन् हवा पोल्दछ ॥ | ::फूलै बन्दछ, गन्ध जल्छ, रँगले डस्छन् हवा पोल्दछ ॥ | ||
जूनै | जूनै अग्नी भयो मसी निशि भयो कालो वियोगी मसी । | ||
:: | ::दुःखै हुन्छ समुद्र तैपनि कुनै देख्दैन मेरो दशा ॥" | ||
{{pcn|(७३)}} | {{pcn|(७३)}} | ||
"त्यस्तो दुःख भएछ ए ! | "त्यस्तो दुःख भएछ ए ! बहुत नै पीडा भएझैं गर्यौ । | ||
:: | ::थोरै मात्र बताइदेउन सखे ! के वेदनामा पर्यौ ?" | ||
भन्दै मुस्मुस हास्यसाथ नृपले सोद्धा उ भन्दो भयो । | भन्दै मुस्मुस हास्यसाथ नृपले सोद्धा उ भन्दो भयो । | ||
::"दोटै अक्षर छन् सुवर्ण रँगका | ::"दोटै अक्षर छन् सुवर्ण रँगका छातीविषे सुन्दर ॥ | ||
जो | जो देखें सब स्वर्गका विहग नै बोल्थे मिली सत्वर ।" | ||
{{pcn|(७४)}} | {{pcn|(७४)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 12:20, 5 May 2025
राम्रा नव्य प्रवालका रँग मुना रेखा मिलेका मिही ।
चिल्ला चित्त खिँचीलिने चपलता चम्काउने चारुता ॥
बोलीतुल्य विकासशील मनमा लाग्ने मुनाका अघि ।
भन्थे "बोलन बोल हे अधरहो ! के भन्दछिन् हृद्छवि ॥"
(७०)
देख्दा ती नृपको दशा विपिनमा सासैपिछे सम्झना ।
रोएकी मनमा मलीनपनले डेरा लिएकी दशा-
लाई आज भुलाउने छ बढिया भन्ने ठट्यौली सँगी ।
सोची धेर उपाय भर्तृहरिको दृष्टान्त पाईकन ॥
पोल्टाभित्र मकै लिईकन बुजा हाल्दो रुँदै बस्तछ ।
बूढो घुँक्क गरेर 'सुँक्क' सँगमा आँखा भिजाईकन ॥
(७१)
आएको नृप देख्छ त्यो निकटमा "बाबा मरें नी उहूँ !
छाती पोल्दछ बिझ्छ हाय ! मुटु नै बेथा कहाँ यो कहूँ ॥"
भन्दै विकृत चेहरासित बसी आँखा चुहाईकन ।
धाराले पनि नाटकीय नृपमा आफ्नो दशा-दर्शन ॥
देखाईकन भन्छ "लौन म मरें यो भित्रको कष्टले ।"
"के भो के ?" भनि सोद्धछन् नृपतिले "के पिर्छ के दुष्टले ॥
(७२)
भो भो हाय नबोल दौँतरि ! तिमी पोल्यो नि पोल्यो मुटु ।
फूलै बन्दछ, गन्ध जल्छ, रँगले डस्छन् हवा पोल्दछ ॥
जूनै अग्नी भयो मसी निशि भयो कालो वियोगी मसी ।
दुःखै हुन्छ समुद्र तैपनि कुनै देख्दैन मेरो दशा ॥"
(७३)
"त्यस्तो दुःख भएछ ए ! बहुत नै पीडा भएझैं गर्यौ ।
थोरै मात्र बताइदेउन सखे ! के वेदनामा पर्यौ ?"
भन्दै मुस्मुस हास्यसाथ नृपले सोद्धा उ भन्दो भयो ।
"दोटै अक्षर छन् सुवर्ण रँगका छातीविषे सुन्दर ॥
जो देखें सब स्वर्गका विहग नै बोल्थे मिली सत्वर ।"
(७४)