Page:Shakuntala.pdf/166: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
रवि-बिम्बको तनु-रेखिता । | रवि-बिम्बको तनु-रेखिता । | ||
::अलि | ::अलि धप्किँदो सुनको फिता ॥ | ||
घन टुक्रिँदा मृदु-खण्ड ली । | घन टुक्रिँदा मृदु-खण्ड ली । | ||
::रँग पाउँछन् | ::रँग पाउँछन् हँसिला यता ॥ | ||
छवि छिर्दछे जल सूतमा । | छवि छिर्दछे जल सूतमा । | ||
::कण बाफका | ::कण बाफका रँगिए उता ॥ | ||
मृदु सर्सरे नखरी | मृदु सर्सरे नखरी बने । | ||
::पुलका प्रशस्त नयाँ मुना ॥ | ::पुलका प्रशस्त नयाँ मुना ॥ | ||
सपनासरी | सपनासरी सब प्रेमको । | ||
::अब देखियो सब सिर्जना ॥ | ::अब देखियो सब सिर्जना ॥ | ||
रँग | रँग बद्लिँदो छ मिही जहाँ । | ||
::पतला | ::पतला बनेर विचित्रमा ॥ | ||
अलि | अलि शुभ्रतातिर ढल्किँदो । | ||
::अलि चर्किदो घन-पत्रमा ॥ | ::अलि चर्किदो घन-पत्रमा ॥ | ||
{{pcn|(४३)}} | {{pcn|(४३)}} | ||
तब भन्दछिन् वनकी सुता । | तब भन्दछिन् वनकी सुता । | ||
:: | ::मृदु-भाषिणी मृगमा यता ॥ | ||
"अन देख्दछस् सपना अहा ! | "अन देख्दछस् सपना अहा ! | ||
::कुन | ::कुन शब्दको छ यहाँ पता ? | ||
कुन शब्दले दिन यो खुल्यो ? | कुन शब्दले दिन यो खुल्यो ? | ||
::कुन शब्दका रँग रेखिए ? | ::कुन शब्दका रँग रेखिए ? | ||
मुख दिव्यको सरि तिर्सना । | मुख दिव्यको सरि तिर्सना । | ||
::यस | ::यस शब्दको मुटु के बता ?" | ||
{{pcn|(४४)}} | {{pcn|(४४)}} | ||
यति भै सबेर चरासँग । | यति भै सबेर चरासँग । | ||
::वन- | ::वन-धोबिनी स्वरले उठी ॥ | ||
अब आउँछन् सखि तीन ती । | अब आउँछन् सखि तीन ती । | ||
::उनलाइ भेट्न भनी त्यहाँ ॥ | ::उनलाइ भेट्न भनी त्यहाँ ॥ | ||
{{pcn|( | {{pcn|(४५)}} | ||
"छ त रात यो मन खल्बले । | "छ त रात यो मन खल्बले । | ||
::छ तरङ्गको छवि झल्मले ॥ | ::छ तरङ्गको छवि झल्मले ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 18:20, 3 May 2025
This page has been proofread
रवि-बिम्बको तनु-रेखिता ।
अलि धप्किँदो सुनको फिता ॥
घन टुक्रिँदा मृदु-खण्ड ली ।
रँग पाउँछन् हँसिला यता ॥
छवि छिर्दछे जल सूतमा ।
कण बाफका रँगिए उता ॥
मृदु सर्सरे नखरी बने ।
पुलका प्रशस्त नयाँ मुना ॥
सपनासरी सब प्रेमको ।
अब देखियो सब सिर्जना ॥
रँग बद्लिँदो छ मिही जहाँ ।
पतला बनेर विचित्रमा ॥
अलि शुभ्रतातिर ढल्किँदो ।
अलि चर्किदो घन-पत्रमा ॥
(४३)
तब भन्दछिन् वनकी सुता ।
मृदु-भाषिणी मृगमा यता ॥
"अन देख्दछस् सपना अहा !
कुन शब्दको छ यहाँ पता ?
कुन शब्दले दिन यो खुल्यो ?
कुन शब्दका रँग रेखिए ?
मुख दिव्यको सरि तिर्सना ।
यस शब्दको मुटु के बता ?"
(४४)
यति भै सबेर चरासँग ।
वन-धोबिनी स्वरले उठी ॥
अब आउँछन् सखि तीन ती ।
उनलाइ भेट्न भनी त्यहाँ ॥
(४५)
"छ त रात यो मन खल्बले ।
छ तरङ्गको छवि झल्मले ॥