Jump to content

Page:Shakuntala.pdf/374: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
अतिवयस्क तपोबल उज्ज्वल ।
::नयन युग्म थिए तिमिरावृत ॥
कर छ दक्षिण सूर्य समर्पित ।
::कुसुम एक लिई हलुकासित ।
{{pcn|(६५)}}


विपुल चन्दनदार निधारमा ।
::निगम-आगमका सब सारमा ॥
त्रिशत आयु लिईकन शान्तिको ।
::सुख कुटीरविषे रहँदा त्यहाँ ।
{{pcn|(६६)}}
गहन ध्यानविषे अहिले थिए ।
::पलक बन्द गरीकन ती ऋषि ॥
नयनले मनको तर देख्दथे ।
::सय कुरा र भने "बस" हातले ॥
{{pcn|(६७)}}
दुइ बसे अब सुस्त नजीकमा ।
::नृपकुमार लिएर शकुन्तला ॥
मृदुमुना शिरका करले मृदु ।
::मधुर स्नेह गरेर मुसार्दथिन्‌ ।
{{pcn|(६८)}}
पलक बन्द गरेर त्यहाँ ऋषि ।
::नजरले मनको सब देख्दछन्‌ ॥
तब त्यहाँ उपदेश गरूँ भनी ।
::वचन मिष्ट सुधासरि बोल्दछन्‌ ॥
{{pcn|(६९)}}
"राजा ! यो विश्व साराकन नियमको एक छन्‌ दिव्य शास्ता ।
::सम्झी राज्‌ गर्नु यौटा हृदय डर लिई गर्व टाढा गरेर ॥
सत्यैको रूप जानी उनकन मनले राख्नु श्रद्धा अनन्य ।
::सेवाको भाव राख्नू जनहित नृपको ताज भन्ने बुझेर ॥
{{pcn|(७०)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 09:36, 1 June 2025

This page has been proofread

अतिवयस्क तपोबल उज्ज्वल ।
नयन युग्म थिए तिमिरावृत ॥
कर छ दक्षिण सूर्य समर्पित ।
कुसुम एक लिई हलुकासित ।
(६५)

विपुल चन्दनदार निधारमा ।
निगम-आगमका सब सारमा ॥
त्रिशत आयु लिईकन शान्तिको ।
सुख कुटीरविषे रहँदा त्यहाँ ।
(६६)

गहन ध्यानविषे अहिले थिए ।
पलक बन्द गरीकन ती ऋषि ॥
नयनले मनको तर देख्दथे ।
सय कुरा र भने "बस" हातले ॥
(६७)

दुइ बसे अब सुस्त नजीकमा ।
नृपकुमार लिएर शकुन्तला ॥
मृदुमुना शिरका करले मृदु ।
मधुर स्नेह गरेर मुसार्दथिन्‌ ।
(६८)

पलक बन्द गरेर त्यहाँ ऋषि ।
नजरले मनको सब देख्दछन्‌ ॥
तब त्यहाँ उपदेश गरूँ भनी ।
वचन मिष्ट सुधासरि बोल्दछन्‌ ॥
(६९)

"राजा ! यो विश्व साराकन नियमको एक छन्‌ दिव्य शास्ता ।
सम्झी राज्‌ गर्नु यौटा हृदय डर लिई गर्व टाढा गरेर ॥
सत्यैको रूप जानी उनकन मनले राख्नु श्रद्धा अनन्य ।
सेवाको भाव राख्नू जनहित नृपको ताज भन्ने बुझेर ॥
(७०)