Jump to content

Page:Shakuntala.pdf/371: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
आँखा रसाउन गई अब टल्पलाए ।
::ती गेरुदार मुखमा गहिरी अगाडि ॥
हा प्रेयसी ! तब तिमी अब जोगिनीको ।
::यो वेशमा रुँदिथियौ ग्रहका अगाडि ॥
{{pcn|(४७)}}


वैराग्यको कटुपना, सब दु:खभन्दा ।
::छाती चरक्क चिरिने, गहिरो गराई ॥
मानो विषाद गहका सब आँसुभन्दा ।
::झल्केर दिन्छ सचराचर नै रुलाई ॥
{{pcn|(४८)}}
क्या क्रूरता मकन भन्दछ गेरु तिम्रो ।
::गाली समान गहिरो दिलमा सुनाई ।
यो रङ्गले जलधि आँसु बनेर मौन ।
::टल्पल्‌ हुँदो छ गहमा अहिले मलाई ॥
{{pcn|(४९)}}
क्या शान्त सुन्दर मिठी गहिरी उज्याली ।
::गम्भीरता विरहको सरि मूर्तिवाली ॥
नाघेर दुःखहरुका सब साँधलाई ।
::छौ चन्द्रमा सघनतुल्य चकोरलाई ॥
{{pcn|(५०)}}
आँखा बनी सजल भन्छ अहो ! मलाई ।
::बिर्सिन्नथ्यौ विपिनमा तर योगिनी भै ॥
हा ! क्रूर विस्मृति म पर्दछु पाउमाथि ।
::माफी गरे विधि-शिकार म भक्तलाई ॥"
{{pcn|(५१)}}
जोडेर हात दुइटै अब चल्छ घुँक्क ।
::रुझ्दो गला अघि परे नृप-पाउमा ती ॥
दोटा झरे विमल विन्दु र छाँद हाली ।
::भन्छन्‌ "नत्याग अब भक्त दुखी मलाई ॥"
{{pcn|(५२)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 09:24, 1 June 2025

This page has been proofread

आँखा रसाउन गई अब टल्पलाए ।
ती गेरुदार मुखमा गहिरी अगाडि ॥
हा प्रेयसी ! तब तिमी अब जोगिनीको ।
यो वेशमा रुँदिथियौ ग्रहका अगाडि ॥
(४७)

वैराग्यको कटुपना, सब दु:खभन्दा ।
छाती चरक्क चिरिने, गहिरो गराई ॥
मानो विषाद गहका सब आँसुभन्दा ।
झल्केर दिन्छ सचराचर नै रुलाई ॥
(४८)

क्या क्रूरता मकन भन्दछ गेरु तिम्रो ।
गाली समान गहिरो दिलमा सुनाई ।
यो रङ्गले जलधि आँसु बनेर मौन ।
टल्पल्‌ हुँदो छ गहमा अहिले मलाई ॥
(४९)

क्या शान्त सुन्दर मिठी गहिरी उज्याली ।
गम्भीरता विरहको सरि मूर्तिवाली ॥
नाघेर दुःखहरुका सब साँधलाई ।
छौ चन्द्रमा सघनतुल्य चकोरलाई ॥
(५०)

आँखा बनी सजल भन्छ अहो ! मलाई ।
बिर्सिन्नथ्यौ विपिनमा तर योगिनी भै ॥
हा ! क्रूर विस्मृति म पर्दछु पाउमाथि ।
माफी गरे विधि-शिकार म भक्तलाई ॥"
(५१)

जोडेर हात दुइटै अब चल्छ घुँक्क ।
रुझ्दो गला अघि परे नृप-पाउमा ती ॥
दोटा झरे विमल विन्दु र छाँद हाली ।
भन्छन्‌ "नत्याग अब भक्त दुखी मलाई ॥"
(५२)