Page:Shakuntala.pdf/365: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
ती पाए अब फेरि यो अवनिमा हीराहरूकी हिरा । | |||
::स्वर्गै लोक समस्तको विजयको मिल्थ्यो मलाई सुरा ॥ | |||
ती आँखा दुइमा जगत् कुसुमको मिल्थ्यो कणामा कणा । | |||
::बास्नातुल्य कुरा गरेर मनमा बन्थ्यो रुँदी सम्झना ॥" | |||
{{pcn|(११)}} | |||
यस्तै तर्क गरेर कश्यपसितै सोधी बुझूँला भनी । | |||
::आँखा कोमल ओर्लिए नृप जहाँ बाक्लो थियो जङ्गल ॥ | |||
देखे एक कुमार सुन्दर त्यहाँ जो बोट झैं फूलको । | |||
::लालीदार कपोलको शिशु थियो आँखा बडा तेजिला ॥ | |||
{{pcn|(१२)}} | |||
राम्रा लक्षणले सुशोभित सफा आनन्दको सिर्जना । | |||
::जस्तो शिल्पित चार बाल्य सुषमा हाँसीरहेको मृदु ॥ | |||
ठूलो भाल, सुपुष्ट ताज जगको बन्ला कि झैं प्राकृत । | |||
::शोभा, कृष्ण कपालका मृदु मुना ढाकेर राम्रोसित ॥ | |||
{{pcn|(१३)}} | |||
फुर्तीलो, हँसिलो, विनिर्डर, त्यसै जन्म्यो कि झैं वीरता । | |||
::राम्रो मूर्ति लिएर हाँक्न जगतै त्यो बालको रूपमा ॥ | |||
मानो बाल छ दिव्य देह हँसिलो मानो कुनै अप्सरा- | |||
::बाटै जन्म लिएसमान धरणीको दिव्य आभूषण ॥ | |||
{{pcn|(१४)}} | |||
राम्रा दाँत मुसे सफा लहरमा दाना उज्याला बनी । | |||
::हाँसेका दुइ ओठ पल्लव नयाँ लाली खुलेका मनि ॥ | |||
चम्केका दुइ बाल लोचन, लिई गन्दै थियो वेधक । | |||
::लामा दंष्ट्रकराल तीक्ष्ण वनको ली सिंहको शावक ॥ | |||
{{pcn|(१५)}} | |||
'हेल् छ्याने ! कति लेछ दाँत यछको कछ्तो छ तीखो हकि ?' | |||
::भन्दा ङ्यार्र गर्यो र हान्छ शिरमा हप्काउँदै बेसरी ॥ | |||
कुत्तातुल्य बनेर शान्त त्यसले आँखा हरीया दुई । | |||
::लुत्री लाउँछ त्यो मुहार मृदुमा कानै गिराई दुई ॥ | |||
{{pcn|(१६)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 20:53, 31 May 2025
ती पाए अब फेरि यो अवनिमा हीराहरूकी हिरा ।
स्वर्गै लोक समस्तको विजयको मिल्थ्यो मलाई सुरा ॥
ती आँखा दुइमा जगत् कुसुमको मिल्थ्यो कणामा कणा ।
बास्नातुल्य कुरा गरेर मनमा बन्थ्यो रुँदी सम्झना ॥"
(११)
यस्तै तर्क गरेर कश्यपसितै सोधी बुझूँला भनी ।
आँखा कोमल ओर्लिए नृप जहाँ बाक्लो थियो जङ्गल ॥
देखे एक कुमार सुन्दर त्यहाँ जो बोट झैं फूलको ।
लालीदार कपोलको शिशु थियो आँखा बडा तेजिला ॥
(१२)
राम्रा लक्षणले सुशोभित सफा आनन्दको सिर्जना ।
जस्तो शिल्पित चार बाल्य सुषमा हाँसीरहेको मृदु ॥
ठूलो भाल, सुपुष्ट ताज जगको बन्ला कि झैं प्राकृत ।
शोभा, कृष्ण कपालका मृदु मुना ढाकेर राम्रोसित ॥
(१३)
फुर्तीलो, हँसिलो, विनिर्डर, त्यसै जन्म्यो कि झैं वीरता ।
राम्रो मूर्ति लिएर हाँक्न जगतै त्यो बालको रूपमा ॥
मानो बाल छ दिव्य देह हँसिलो मानो कुनै अप्सरा-
बाटै जन्म लिएसमान धरणीको दिव्य आभूषण ॥
(१४)
राम्रा दाँत मुसे सफा लहरमा दाना उज्याला बनी ।
हाँसेका दुइ ओठ पल्लव नयाँ लाली खुलेका मनि ॥
चम्केका दुइ बाल लोचन, लिई गन्दै थियो वेधक ।
लामा दंष्ट्रकराल तीक्ष्ण वनको ली सिंहको शावक ॥
(१५)
'हेल् छ्याने ! कति लेछ दाँत यछको कछ्तो छ तीखो हकि ?'
भन्दा ङ्यार्र गर्यो र हान्छ शिरमा हप्काउँदै बेसरी ॥
कुत्तातुल्य बनेर शान्त त्यसले आँखा हरीया दुई ।
लुत्री लाउँछ त्यो मुहार मृदुमा कानै गिराई दुई ॥
(१६)