Page:Shakuntala.pdf/344: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
इन्द्र हाँसी त्यहाँ भन्छन् "धन्य हो ! नृपचातुरी । | |||
कत्रो अक्किल सूझेको नृपमा कष्टको घडी ॥ | |||
{{pcn|(१३१)}} | |||
धन्य हो, प्रतिभाशाली वीर हे ! शात्रुसूदन । | |||
पृथिवी दुःखमा हुन्नन् यस्ता राजा हुने दिन ॥" | |||
{{pcn|(१३२)}} | |||
देवको हुलले ठूलो गर्यो स्वागतवादन । | |||
विमानमा दुवै लागे स्वर्गमा अब उक्लन ॥ | |||
{{pcn|(१३३)}} | |||
रजोदेश किनारामा प्रकाश अलि क्यै बढ्यो । | |||
फिका लाली छिर्बिराई जब त्यो यान झन् चढ्यो ॥ | |||
{{pcn|(१३४)}} | |||
बराबर त्यहाँ रङ्ग फेरिन्थ्यो परिवर्तित । | |||
गराई रूप औ रेखा वस्तुका शीघ्रतासित ॥ | |||
{{pcn|(१३५)}} | |||
कहीं बाक्लो उज्यालो छ कहीं छ मधुरप्रभा । | |||
कहीं मिर्मिर कल्सेदोपना, फेरि कहीं सफा ॥ | |||
{{pcn|(१३६)}} | |||
फिका लाल कतै ताम्र अस्तकाल पहाडमा । | |||
नेपालमा परे जस्तो नाङ्गा ढुङ्गाविषे प्रभा ॥ | |||
{{pcn|(१३७)}} | |||
देखिन्थे त्यसमा वास गर्ने सुन्दर आकृति । | |||
हुने जीवहरू हेर्दा उँभो त्यो यानको गति ॥ | |||
{{pcn|(१३८)}} | |||
लाल तारा सूर्य थिए पृथ्वीमा पनि देखिने । | |||
सानो झिल्का लाल जस्तो रातकापख व्योममा ॥ | |||
{{pcn|(१३९)}} | |||
देबालयहरू राम्रा बगैंचाहरु सुन्दर । | |||
बडा महल देखिन्थे त्यो लोकैमा सबैतिर ॥ | |||
{{pcn|(१४०)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:55, 30 May 2025
इन्द्र हाँसी त्यहाँ भन्छन् "धन्य हो ! नृपचातुरी ।
कत्रो अक्किल सूझेको नृपमा कष्टको घडी ॥
(१३१)
धन्य हो, प्रतिभाशाली वीर हे ! शात्रुसूदन ।
पृथिवी दुःखमा हुन्नन् यस्ता राजा हुने दिन ॥"
(१३२)
देवको हुलले ठूलो गर्यो स्वागतवादन ।
विमानमा दुवै लागे स्वर्गमा अब उक्लन ॥
(१३३)
रजोदेश किनारामा प्रकाश अलि क्यै बढ्यो ।
फिका लाली छिर्बिराई जब त्यो यान झन् चढ्यो ॥
(१३४)
बराबर त्यहाँ रङ्ग फेरिन्थ्यो परिवर्तित ।
गराई रूप औ रेखा वस्तुका शीघ्रतासित ॥
(१३५)
कहीं बाक्लो उज्यालो छ कहीं छ मधुरप्रभा ।
कहीं मिर्मिर कल्सेदोपना, फेरि कहीं सफा ॥
(१३६)
फिका लाल कतै ताम्र अस्तकाल पहाडमा ।
नेपालमा परे जस्तो नाङ्गा ढुङ्गाविषे प्रभा ॥
(१३७)
देखिन्थे त्यसमा वास गर्ने सुन्दर आकृति ।
हुने जीवहरू हेर्दा उँभो त्यो यानको गति ॥
(१३८)
लाल तारा सूर्य थिए पृथ्वीमा पनि देखिने ।
सानो झिल्का लाल जस्तो रातकापख व्योममा ॥
(१३९)
देबालयहरू राम्रा बगैंचाहरु सुन्दर ।
बडा महल देखिन्थे त्यो लोकैमा सबैतिर ॥
(१४०)