Page:Shakuntala.pdf/338: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
स्वर्गको हो बनोटै नै सच्चिदानन्दको गुण । | |||
सत्याधारित सद्रूप अनश्वर अभञ्जन ॥ | |||
{{pcn|(७२)}} | |||
स्वर्गको एक जादू नै 'सत्य' मन्त्र मनौहर । | |||
सत्यमा शुद्ध झल्किन्छ पूर्णनिम्ब महेश्वर ॥ | |||
{{pcn|(७३)}} | |||
सबैभन्दा उचा ब्रह्म ब्रह्मको पछि स्वर्ग छ । | |||
ब्रह्म छन् त्रिगुणातीत, ब्रह्मै सदपवर्ग छ ॥ | |||
{{pcn|(७४)}} | |||
सत्यको पछि आत्माले प्रकाशतिर धाउँछ । | |||
असत्यको पिछा पर्दा अँध्यारोतिर आउँछ ॥ | |||
{{pcn|(७५)}} | |||
स्वर्गको भित्र आशाले जगत् सारा चराचर । | |||
सुख मात्र भजी बस्छ दुःखमा नै निरन्तर ॥ | |||
{{pcn|(७६)}} | |||
तर अज्ञानले गर्दा सुखको सत्यमूलता । | |||
भनी बिर्सी त्यसै हिँड्छ पात पात जतातता ॥ | |||
{{pcn|(७७)}} | |||
असुरादिहरु आफ्नो अज्ञान नबुझीकन । | |||
सुखको ध्येयमा चल्छन् असत्यपथ निर्धन ॥ | |||
{{pcn|(७८)}} | |||
सत्य हुन्छ अनन्तै नै आशातीत अगम्यता । | |||
छोटो साङ्ग्रो लिई ताक हाँक्छन् असुर देवता ॥ | |||
{{pcn|(७९)}} | |||
पहिले गड्गडाएर विश्व थर्काउँछन् सब । | |||
पछि धराप भै शेखी गिर्छ टुक्रा भई तब ॥ | |||
{{pcn|(८०)}} | |||
महाध्येयीहरू हुन्छन् हुन ता दैत्यका पनि । | |||
तर साङ्ग्रो लिई ताक गिर्छन् उल्टा बनी बनी ॥ | |||
{{pcn|(८१)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:21, 30 May 2025
स्वर्गको हो बनोटै नै सच्चिदानन्दको गुण ।
सत्याधारित सद्रूप अनश्वर अभञ्जन ॥
(७२)
स्वर्गको एक जादू नै 'सत्य' मन्त्र मनौहर ।
सत्यमा शुद्ध झल्किन्छ पूर्णनिम्ब महेश्वर ॥
(७३)
सबैभन्दा उचा ब्रह्म ब्रह्मको पछि स्वर्ग छ ।
ब्रह्म छन् त्रिगुणातीत, ब्रह्मै सदपवर्ग छ ॥
(७४)
सत्यको पछि आत्माले प्रकाशतिर धाउँछ ।
असत्यको पिछा पर्दा अँध्यारोतिर आउँछ ॥
(७५)
स्वर्गको भित्र आशाले जगत् सारा चराचर ।
सुख मात्र भजी बस्छ दुःखमा नै निरन्तर ॥
(७६)
तर अज्ञानले गर्दा सुखको सत्यमूलता ।
भनी बिर्सी त्यसै हिँड्छ पात पात जतातता ॥
(७७)
असुरादिहरु आफ्नो अज्ञान नबुझीकन ।
सुखको ध्येयमा चल्छन् असत्यपथ निर्धन ॥
(७८)
सत्य हुन्छ अनन्तै नै आशातीत अगम्यता ।
छोटो साङ्ग्रो लिई ताक हाँक्छन् असुर देवता ॥
(७९)
पहिले गड्गडाएर विश्व थर्काउँछन् सब ।
पछि धराप भै शेखी गिर्छ टुक्रा भई तब ॥
(८०)
महाध्येयीहरू हुन्छन् हुन ता दैत्यका पनि ।
तर साङ्ग्रो लिई ताक गिर्छन् उल्टा बनी बनी ॥
(८१)