Page:Shakuntala.pdf/295: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
हा ! प्रेमी मधुमालती कुसुमकी सोन्दर्यकी बैंसकी । | |||
::आशा-पल्लवदार मञ्जु सपना जस्ता लिई कोपिला ॥ | |||
आनन्दी सुनकी उषा महल झैं त्यो भेट पर्खी बस्यौ । | |||
::आई दुःख प्रवात फ्याँक्दछ त्यसै त्यो वृक्ष आफ्नो हुने ॥ | |||
{{pcn|(११९)}} | |||
तिम्रा सुन्दर पुष्पका मृदुशिरा जस्ता मिही कामना । | |||
::मीठा आश रँगीन ती पुलक झैं त्यो सूर्यको वासना ॥ | |||
वास्ता झैं परबाट तत्पर सधैँ इच्छाप्रकम्पी नयाँ । | |||
::सारा दुःखित छन् तिमी सजल छौ हा ! दैव हेर्छस् कहाँ ॥ | |||
{{pcn|(१२०)}} | |||
कल्ले बुझ्दछ वेदना हृदयको जो प्रेममा तीव्र छ । | |||
::जो चिर्दै मुटु तीक्ष्ण धारहरुले तत्काल नै झर्दछ ॥ | |||
यौटा सुन्दर जिन्दगी सुनहला सारा खरानी भई । | |||
::उग्ले झैं जुन भाव हुन्छ दिलमा त्यो कालभन्दा मिहीँ ॥ | |||
{{pcn|(१२१)}} | |||
आफ्ना हार्दिक देवता पर हुँदा मानो पराई बनी । | |||
::जो भोग्छे मृदु भावकी युवतिले टाढा बनी ती पनि ॥ | |||
जो द्यौता मृदु श्वास-श्वासहरुका गन्धादिले पूजिए । | |||
::आँखाले पद धोइए र जसले हृत्केन्द्र गद्दी लिए ॥ | |||
{{pcn|(१२२)}} | |||
आफ्ना सूर्यसमान रोजहरुका आशाहरूका घर । | |||
::आफ्नो जीवन रत्नभित्र दिलका जो रोशनी सुन्दर ॥ | |||
जो सम्झी गह बन्छ नित्य रसिलो जो देख्न रातोदिन । | |||
::कल्पन्थ्यो दिल तारकाअघि त्यसै आँखा भरेका दिन ॥ | |||
{{pcn|(१२३)}} | |||
जो टाढा हुन गै थियो हृदयमा रूँ रूँ अँध्यारो सधैँ । | |||
::जो सम्झी सपना जुरुक्क बिउँझी खोज्थी तकीया रुँदै ॥ | |||
प्यारो स्पर्श सरर्र जो दगुरिने हृत्केन्द्रसम्मन् थियो । | |||
::सोही आज हरे ! म चिन्दिनँ भनी क्या क्रुरतामा गयो ! | |||
{{pcn|(१२४)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 21:57, 27 May 2025
हा ! प्रेमी मधुमालती कुसुमकी सोन्दर्यकी बैंसकी ।
आशा-पल्लवदार मञ्जु सपना जस्ता लिई कोपिला ॥
आनन्दी सुनकी उषा महल झैं त्यो भेट पर्खी बस्यौ ।
आई दुःख प्रवात फ्याँक्दछ त्यसै त्यो वृक्ष आफ्नो हुने ॥
(११९)
तिम्रा सुन्दर पुष्पका मृदुशिरा जस्ता मिही कामना ।
मीठा आश रँगीन ती पुलक झैं त्यो सूर्यको वासना ॥
वास्ता झैं परबाट तत्पर सधैँ इच्छाप्रकम्पी नयाँ ।
सारा दुःखित छन् तिमी सजल छौ हा ! दैव हेर्छस् कहाँ ॥
(१२०)
कल्ले बुझ्दछ वेदना हृदयको जो प्रेममा तीव्र छ ।
जो चिर्दै मुटु तीक्ष्ण धारहरुले तत्काल नै झर्दछ ॥
यौटा सुन्दर जिन्दगी सुनहला सारा खरानी भई ।
उग्ले झैं जुन भाव हुन्छ दिलमा त्यो कालभन्दा मिहीँ ॥
(१२१)
आफ्ना हार्दिक देवता पर हुँदा मानो पराई बनी ।
जो भोग्छे मृदु भावकी युवतिले टाढा बनी ती पनि ॥
जो द्यौता मृदु श्वास-श्वासहरुका गन्धादिले पूजिए ।
आँखाले पद धोइए र जसले हृत्केन्द्र गद्दी लिए ॥
(१२२)
आफ्ना सूर्यसमान रोजहरुका आशाहरूका घर ।
आफ्नो जीवन रत्नभित्र दिलका जो रोशनी सुन्दर ॥
जो सम्झी गह बन्छ नित्य रसिलो जो देख्न रातोदिन ।
कल्पन्थ्यो दिल तारकाअघि त्यसै आँखा भरेका दिन ॥
(१२३)
जो टाढा हुन गै थियो हृदयमा रूँ रूँ अँध्यारो सधैँ ।
जो सम्झी सपना जुरुक्क बिउँझी खोज्थी तकीया रुँदै ॥
प्यारो स्पर्श सरर्र जो दगुरिने हृत्केन्द्रसम्मन् थियो ।
सोही आज हरे ! म चिन्दिनँ भनी क्या क्रुरतामा गयो !
(१२४)