Page:Ek chihan.pdf/92: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"किसान राजा हुन्, सम्राट् हुन्, देउता हुन्, परमात्मा हुन् ।" व्यङ्ग्य | "किसान राजा हुन्, सम्राट् हुन्, देउता हुन्, परमात्मा हुन् ।" व्यङ्ग्य | ||
भावमा | भावमा राम बहादुरले भने । | ||
"किसानमाथि व्यङ्ग्य हानेर तपाईं यसरी उपेक्षा | "किसानमाथि व्यङ्ग्य हानेर तपाईं यसरी उपेक्षा कुरा नगर्नु होला | ||
राम बहादुरजी ! तपाईंलाई म यो पनि बताइ दिन चाहन्छु– एक चोटिलाई | |||
मैले क्षमा गरेको छु । किसान अरू थोक केही नभए तापनि तपाईंको | मैले क्षमा गरेको छु । किसान अरू थोक केही नभए तापनि तपाईंको | ||
अन्नदाता हो, आफ्नो पसिना बगाएर समाज र देशलाई पाल्ने र रगत दिएर | अन्नदाता हो, आफ्नो पसिना बगाएर समाज र देशलाई पाल्ने र रगत दिएर | ||
संसारलाई जिन्दगी | संसारलाई जिन्दगी दिइ रहने एउटा त्यागी र तपस्वी जाति हो । अझ योभन्दा | ||
पनि बढ्ता तपाईं थाहा पाउन | पनि बढ्ता तपाईं थाहा पाउन चाहनु हुन्छ भने पसिनाको परिश्रम र बलिदानको | ||
नातामा संसारमा सबभन्दा ठुलो किसान हो, जसलाई तपाईं ईश्वर भन्न | नातामा संसारमा सबभन्दा ठुलो किसान हो, जसलाई तपाईं ईश्वर भन्न | ||
चाहनु हुन्छ कि परमेश्वर अथवा जे भन्नोस् ।" बडो गर्वसाथ शिव नारानले | |||
भने । | भने । | ||
" | "सार्है बढ्ता भयो, शिव नारान ! झट्टै तिमी समालिएनौ भने म | ||
तिमीलाई साफ | तिमीलाई साफ भनि दिन्छु, मलाई अब सहन गार्हो हुन्छ ।" खुब रिसाएर राम | ||
बहादुरले भने । | बहादुरले भने । | ||
"धम्की देखाउने बानी हटाउनोस्, | "धम्की देखाउने बानी हटाउनोस्, राम बहादुरजी ! किसानका छोरामा | ||
जागृति | जागृति आइ सकेको छ । जमाना पहिचान्ने बुद्धिमानी गर्नोस् । तपाईंसित म | ||
प्रार्थना गर्छु, यो तपाईंलाई मेरो सल्लाह हो ।" गर्वसाथ | प्रार्थना गर्छु, यो तपाईंलाई मेरो सल्लाह हो ।" गर्वसाथ शिव नारानले भने । | ||
"के त ? तिमी आफ्नी बहिनी | "के त ? तिमी आफ्नी बहिनी सुब्बा साहेबलाई दिँदै नदिने भयौ ?" | ||
अलि | अलि नरम जस्तो भएर राम बहादुरले भने । | ||
"म फेरि पनि एक चोटि क्षमा गर्छु, | "म फेरि पनि एक चोटि क्षमा गर्छु, राम बहादुरजी ! कदापि फेरि | ||
यस्तो लबज | यस्तो लबज ननिकाल्नु होला; म यसलाई गाली सम्झन्छु । म यो पनि भनि | ||
दिन्छु– फेरि यस्तो बकबक गर्नु भयो भने नतिजा यति नराम्रो हुन जान्छ कि | |||
मैले काबुमा ल्याउन नसक्ने हुन जान्छ ।" निकै रिसाएर ठुलो स्वरमा शिव | मैले काबुमा ल्याउन नसक्ने हुन जान्छ ।" निकै रिसाएर ठुलो स्वरमा शिव | ||
नारानले भने । | नारानले भने । | ||
ठाकठुक आवाज सुनेर लतमाया, हाकुमाया, | ठाकठुक आवाज सुनेर लतमाया, हाकुमाया, नानीथकुँ सबै उनीहरू | ||
कुरा | कुरा गरि रहेको ठाउँमा आइ पुगे । शिव नारानका घरमा भएका मानिस | ||
जम्मा भएको देखेर | जम्मा भएको देखेर राम बहादुरलाई अलि सरम भयो । उनले नरम भावमा | ||
भने– "तिम्रो बा अष्ट नारानले दिने वचन दिइ सकेको छ, शिव नारान ! मरि |
Latest revision as of 15:42, 23 June 2025
"किसान राजा हुन्, सम्राट् हुन्, देउता हुन्, परमात्मा हुन् ।" व्यङ्ग्य भावमा राम बहादुरले भने ।
"किसानमाथि व्यङ्ग्य हानेर तपाईं यसरी उपेक्षा कुरा नगर्नु होला राम बहादुरजी ! तपाईंलाई म यो पनि बताइ दिन चाहन्छु– एक चोटिलाई मैले क्षमा गरेको छु । किसान अरू थोक केही नभए तापनि तपाईंको अन्नदाता हो, आफ्नो पसिना बगाएर समाज र देशलाई पाल्ने र रगत दिएर संसारलाई जिन्दगी दिइ रहने एउटा त्यागी र तपस्वी जाति हो । अझ योभन्दा पनि बढ्ता तपाईं थाहा पाउन चाहनु हुन्छ भने पसिनाको परिश्रम र बलिदानको नातामा संसारमा सबभन्दा ठुलो किसान हो, जसलाई तपाईं ईश्वर भन्न चाहनु हुन्छ कि परमेश्वर अथवा जे भन्नोस् ।" बडो गर्वसाथ शिव नारानले भने ।
"सार्है बढ्ता भयो, शिव नारान ! झट्टै तिमी समालिएनौ भने म तिमीलाई साफ भनि दिन्छु, मलाई अब सहन गार्हो हुन्छ ।" खुब रिसाएर राम बहादुरले भने ।
"धम्की देखाउने बानी हटाउनोस्, राम बहादुरजी ! किसानका छोरामा जागृति आइ सकेको छ । जमाना पहिचान्ने बुद्धिमानी गर्नोस् । तपाईंसित म प्रार्थना गर्छु, यो तपाईंलाई मेरो सल्लाह हो ।" गर्वसाथ शिव नारानले भने ।
"के त ? तिमी आफ्नी बहिनी सुब्बा साहेबलाई दिँदै नदिने भयौ ?" अलि नरम जस्तो भएर राम बहादुरले भने ।
"म फेरि पनि एक चोटि क्षमा गर्छु, राम बहादुरजी ! कदापि फेरि यस्तो लबज ननिकाल्नु होला; म यसलाई गाली सम्झन्छु । म यो पनि भनि दिन्छु– फेरि यस्तो बकबक गर्नु भयो भने नतिजा यति नराम्रो हुन जान्छ कि मैले काबुमा ल्याउन नसक्ने हुन जान्छ ।" निकै रिसाएर ठुलो स्वरमा शिव नारानले भने ।
ठाकठुक आवाज सुनेर लतमाया, हाकुमाया, नानीथकुँ सबै उनीहरू कुरा गरि रहेको ठाउँमा आइ पुगे । शिव नारानका घरमा भएका मानिस जम्मा भएको देखेर राम बहादुरलाई अलि सरम भयो । उनले नरम भावमा भने– "तिम्रो बा अष्ट नारानले दिने वचन दिइ सकेको छ, शिव नारान ! मरि