Jump to content

Page:Ek chihan.pdf/86: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{right|{{larger|'''चौबिस'''}}}}
{{right|{{larger|'''चौबिस'''}}}}


हिजोको रोपाइँको थकाइ मेट्न आज शिवनारानहरू कोही पनि  
हिजोको रोपाइँको थकाइ मेट्न आज शिव नारानहरू कोही पनि  
खेतमा गएनन् । अब दुई-चार दिनपछि त गाई, साँढेहरूले बाली खाइदिने
खेतमा गएनन् । अब दुई चार दिनपछि त गाई, साँढेहरूले बाली खाइ दिने
डर मानेर खेतमा सुत्नसमेत पनि जानुपर्ने हुन्छ । यसले पनि आज एक  
डर मानेर खेतमा सुत्न समेत पनि जानु पर्ने हुन्छ । यसले पनि आज एक  
दिन आरामै लिऔं भनी उनीहरू खेतमा नगएका हुन् । त्यसैले आज पुन
दिन आरामै लिऔँ भनी उनीहरू खेतमा नगएका हुन् । त्यसैले आज पुन
नारान र हर्षनारान दुई जना मात्र थिएनन् । परिवारका अरू सदस्यहरू  
नारान र हर्ष नारान दुई जना मात्र थिएनन् । परिवारका अरू सदस्यहरू  
घरमै थिए ।
घरमै थिए ।


आज शिवनारान घरमा बसेको मौका र नानीथकुंको डाक्टरसँगको  
आज शिव नारान घरमा बसेको मौका र नानीथकुँको डाक्टरसँगको  
नराम्रो सम्बन्ध जुट्न लागेको देखिएको हुनाले लतमायाले शिवनारानसँग
नराम्रो सम्बन्ध जुट्न लागेको देखिएको हुनाले लतमायाले शिव नारानसँग
नानीथकुंको विवाहको कुरा चलाइन् । उनले शिवनारानलाई भनिन्-
नानीथकुँको विवाहको कुरा चलाइन् । उनले शिव नारानलाई भनिन्–
"नानीथकुंलाई अब यसै राखिछोड्न भएन, शिवनारान ! लक्का जवान  
"नानीथकुँलाई अब यसै राखि छोड्न भएन, शिव नारान ! लक्का जवान  
भइसकी, झट्टै बिहे गरिदिनुपर्यो, नराम्रो कुरा सुनिन थालिसक्यो । योभन्दा  
भइसकी, झट्टै बिहे गरि दिनु पर्‍यो, नराम्रो कुरा सुनिन थालि सक्यो । योभन्दा  
पनि नराम्रो कुरा सुन्नुपर्ला भनेर बिघ्नै डर भइसक्यो, मलाई त । जे गरेर,  
पनि नराम्रो कुरा सुन्नु पर्ला भनेर बिघ्नै डर भइ सक्यो, मलाई त । जे गरेर,  
जे सहेर पनि यो एउटीको बिहे गरिदिऔं, हर्षनारानको बरु पछि गर्दै गरुँला,  
जे सहेर पनि यो एउटीको बिहे गरि दिऔँ, हर्ष नारानको बरु पछि गर्दै गरुँला,  
त्यस्तो कुनै हतारो छैन ।"
त्यस्तो कुनै हतारो छैन ।"


"मैले पनि यही सोचिरहेको छु, आमा ! बदमास डाक्टर गोदत्त
"मैले पनि यही सोचि रहेको छु, आमा ! बदमास डाक्टर गोदत्त
प्रसादको बिघ्नै डर भइसक्या छ, मलाई ।" शिवनारानले अलि गम्भीर  
प्रसादको बिघ्नै डर भइ सक्या छ, मलाई ।" शिव नारानले अलि गम्भीर  
भावमा भने ।
भावमा भने ।


"मलाई पनि डर भइरहेको छ त्यसको, त्यसैले म भन्छु सोचेर मात्र  
"मलाई पनि डर भइ रहेको छ त्यसको, त्यसैले म भन्छु सोचेर मात्र  
भएन, झटपट गरिहाल्नुपर्यो ।" लतमायाले भनिन् ।
भएन, झटपट गरि हाल्नु पर्‍यो ।" लतमायाले भनिन् ।
{{nop}}
{{nop}}

Latest revision as of 15:08, 23 June 2025

This page has been proofread

चौबिस

हिजोको रोपाइँको थकाइ मेट्न आज शिव नारानहरू कोही पनि खेतमा गएनन् । अब दुई चार दिनपछि त गाई, साँढेहरूले बाली खाइ दिने डर मानेर खेतमा सुत्न समेत पनि जानु पर्ने हुन्छ । यसले पनि आज एक दिन आरामै लिऔँ भनी उनीहरू खेतमा नगएका हुन् । त्यसैले आज पुन नारान र हर्ष नारान दुई जना मात्र थिएनन् । परिवारका अरू सदस्यहरू घरमै थिए ।

आज शिव नारान घरमा बसेको मौका र नानीथकुँको डाक्टरसँगको नराम्रो सम्बन्ध जुट्न लागेको देखिएको हुनाले लतमायाले शिव नारानसँग नानीथकुँको विवाहको कुरा चलाइन् । उनले शिव नारानलाई भनिन्– "नानीथकुँलाई अब यसै राखि छोड्न भएन, शिव नारान ! लक्का जवान भइसकी, झट्टै बिहे गरि दिनु पर्‍यो, नराम्रो कुरा सुनिन थालि सक्यो । योभन्दा पनि नराम्रो कुरा सुन्नु पर्ला भनेर बिघ्नै डर भइ सक्यो, मलाई त । जे गरेर, जे सहेर पनि यो एउटीको बिहे गरि दिऔँ, हर्ष नारानको बरु पछि गर्दै गरुँला, त्यस्तो कुनै हतारो छैन ।"

"मैले पनि यही सोचि रहेको छु, आमा ! बदमास डाक्टर गोदत्त प्रसादको बिघ्नै डर भइ सक्या छ, मलाई ।" शिव नारानले अलि गम्भीर भावमा भने ।

"मलाई पनि डर भइ रहेको छ त्यसको, त्यसैले म भन्छु सोचेर मात्र भएन, झटपट गरि हाल्नु पर्‍यो ।" लतमायाले भनिन् ।