Jump to content

Page:Ek chihan.pdf/73: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{c|{{larger|'''एक्काइस'''}}}}
{{left|{{larger|'''एक्काइस'''}}}}


नानीथकुंलाई रञ्जनादेवीको कुराले साह्रै छोयो, उनको भित्री मन  
नानीथकुँलाई रञ्जना देवीको कुराले सार्‍है छोयो, उनको भित्री मन  
खलबल पारिदियो । डाक्टर गोदत्तप्रसादकहाँबाट आएर उनी सरासर  
खलबल पारि दियो । डाक्टर गोदत्त प्रसादकहाँबाट आएर उनी सरासर  
आफ्नो सुत्ने कोठामा गइन् र पल्टिन् । तर उनी पल्टन सकिनन्, उनलाई  
आफ्नो सुत्ने कोठामा गइन् र पल्टिन् । तर उनी पल्टन सकिनन्, उनलाई  
बिछ्यौना बिझेको भान भयो । अनि जुरुक्क उठेर बसिन्, बस्न पनि सकिनन्,  
बिछ्यौना बिझेको भान भयो । अनि जुरुक्क उठेर बसिन्, बस्न पनि सकिनन्,  
आसन पोलेको जस्तो उनलाई लाग्यो । झ्यालमा उभिएर बाहिर हेरिन्, सारा  
आसन पोलेको जस्तो उनलाई लाग्यो । झ्यालमा उभिएर बाहिर हेरिन्, सारा  
दृश्यले आफूलाई गिज्याइरहेको उनले देखिन् । अनि झ्यालबाट आएर फेरि  
दृश्यले आफूलाई गिज्याइ रहेको उनले देखिन् । अनि झ्यालबाट आएर फेरि  
बिछ्यौनामा पल्टिन्, तकिया ढुङ्गाजस्तो साह्रो उनलाई मालुम भयो । फेरि  
बिछ्यौनामा पल्टिन्, तकिया ढुङ्गा जस्तो सार्‍हो उनलाई मालुम भयो । फेरि  
जुरुक्क उठेर बसिन्, कोठाका चारै भित्ताहरूले आफूलाई थिच्न आउन खोजे
जुरुक्क उठेर बसिन्, कोठाका चारै भित्ताहरूले आफूलाई थिच्न आउन खोजे
जस्तो उनलाई भान भयो । माथि हेरिन्, दलिनहरू भत्केर खस्न लागे
जस्तो उनलाई भान भयो । माथि हेरिन्, दलिनहरू भत्केर खस्न लागे
जस्तो लाग्यो ।
जस्तो लाग्यो ।


केही नलागेर नानीथकुं माथि गइन् । लतमाया तानकोठामा बसी  
केही नलागेर नानीथकुँ माथि गइन् । लतमाया तान कोठामा बसी  
तान चलाइरहेकी थिइन् । एउटा त निहुँ थाप्नै पर्यो । "आज मलाई बिघ्नै  
तान चलाइ रहेकी थिइन् । एउटा त निहुँ थाप्नै पर्‍यो । "आज मलाई बिघ्नै  
कपाल दुख्यो, हिजोभन्दा पनि दुख्यो । त्यसैले सुतिरहेकी थिएँ ।" नानीथकुंले
कपाल दुख्यो, हिजोभन्दा पनि दुख्यो । त्यसैले सुति रहेकी थिएँ ।" नानीथकुँले
भनिन् । सोझी लतमायालाई डाक्टर गोदत्तप्रसादकहाँ गएको बिलकुल थाहा  
भनिन् । सोझी लतमायालाई डाक्टर गोदत्त प्रसादकहाँ गएको बिलकुल थाहा  
भएन, उनी पत्याइरहेकी थिइन् ।
भएन, उनी पत्याइ रहेकी थिइन् ।


चिन्ताले सितिमिति मानिसलाई किन छोड्थ्यो ? तान चलाएर  
चिन्ताले सितिमिति मानिसलाई किन छोड्थ्यो ? तान चलाएर  
नानीथकुंले चिन्ता बिर्साउन खोजेकी थिइन् तर किन छाड्थ्यो ? तान  
नानीथकुँले चिन्ता बिर्साउन खोजेकी थिइन् तर किन छाड्थ्यो ? तान  
चलाउँदाचलाउँदै नानीथकुंलाई घरी डाक्टर गोदत्तप्रसादउपरको प्रेम नै
चलाउँदाचलाउँदै नानीथकुँलाई घरी डाक्टर गोदत्त प्रसाद उपरको प्रेम नै

Latest revision as of 21:36, 22 June 2025

This page has been proofread
एक्काइस

नानीथकुँलाई रञ्जना देवीको कुराले सार्‍है छोयो, उनको भित्री मन खलबल पारि दियो । डाक्टर गोदत्त प्रसादकहाँबाट आएर उनी सरासर आफ्नो सुत्ने कोठामा गइन् र पल्टिन् । तर उनी पल्टन सकिनन्, उनलाई बिछ्यौना बिझेको भान भयो । अनि जुरुक्क उठेर बसिन्, बस्न पनि सकिनन्, आसन पोलेको जस्तो उनलाई लाग्यो । झ्यालमा उभिएर बाहिर हेरिन्, सारा दृश्यले आफूलाई गिज्याइ रहेको उनले देखिन् । अनि झ्यालबाट आएर फेरि बिछ्यौनामा पल्टिन्, तकिया ढुङ्गा जस्तो सार्‍हो उनलाई मालुम भयो । फेरि जुरुक्क उठेर बसिन्, कोठाका चारै भित्ताहरूले आफूलाई थिच्न आउन खोजे जस्तो उनलाई भान भयो । माथि हेरिन्, दलिनहरू भत्केर खस्न लागे जस्तो लाग्यो ।

केही नलागेर नानीथकुँ माथि गइन् । लतमाया तान कोठामा बसी तान चलाइ रहेकी थिइन् । एउटा त निहुँ थाप्नै पर्‍यो । "आज मलाई बिघ्नै कपाल दुख्यो, हिजोभन्दा पनि दुख्यो । त्यसैले सुति रहेकी थिएँ ।" नानीथकुँले भनिन् । सोझी लतमायालाई डाक्टर गोदत्त प्रसादकहाँ गएको बिलकुल थाहा भएन, उनी पत्याइ रहेकी थिइन् ।

चिन्ताले सितिमिति मानिसलाई किन छोड्थ्यो ? तान चलाएर नानीथकुँले चिन्ता बिर्साउन खोजेकी थिइन् तर किन छाड्थ्यो ? तान चलाउँदाचलाउँदै नानीथकुँलाई घरी डाक्टर गोदत्त प्रसाद उपरको प्रेम नै