Page:Shakuntala.pdf/274: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|'''एकविंशतितम सर्ग'''}}}} | |||
{{start center block}} | |||
<poem> | <poem> | ||
आयो ठूलो उज्यालो नगर अति उँचा पीन पर्खालवाला । | |||
::निक्कै कालो भएको जल जलद खपी दुर्ग जस्तो शतायु ॥ | |||
खाल्डोले घेरिएको रिपुदलहरुको आँसुको पोखरी झैँ । | |||
::चौडा लामो, गहीरो, रँग पनि छहरा नील जस्तो गभीर ॥ | |||
{{pcn|(१)}} | |||
खम्बा राखी अडेको पुल पनि उसमा काठको हेर चौडा । | |||
::बुट्टा काटेर राम्रो दुइतिर त्यसमा नागबेली किनारा ॥ | |||
निक्कै ऊँचा उठेको तलतिर भुइँमा ताछिएका फल्याक । | |||
::सामुन्ने एक ढोका दश गज सहजै पस्न सक्ने फराक ॥ | |||
{{pcn|(२)}} | |||
चोसा तीखा परेका दुइतरफ त्यहाँ छन् खुला ती कपाट । | |||
::ढोका ठूला फलामे रिपुदल लहरी उर्लिंदा रोक्न सक्ने ॥ | |||
हात्ती फर्काउनेछन् भयसँग चुचुरा ती फलामे सुतीक्षण । | |||
::दोटै राम्रै खुला छन् दुइतिर पहरा लिन्छ भाला खडा भै ॥ | |||
{{pcn|(३)}} | |||
कालीको मूर्ति नीलो, अरुण रुधिरको पानले लालजिह्वा । | |||
::देखिन्थ्यो दीर्घकेशी रिपुकर छ कटी मेखमा झुन्डिएको ॥ | |||
कुल्चेकी छन् पिनाकी अवनितल लडेका त्यहाँ शान्त मूर्ति । | |||
::यौटा खुट्टा उचाली असिकर, भयकी उग्रचण्डी उठेकी ॥ | |||
{{pcn|(४)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 13:05, 26 May 2025
आयो ठूलो उज्यालो नगर अति उँचा पीन पर्खालवाला ।
निक्कै कालो भएको जल जलद खपी दुर्ग जस्तो शतायु ॥
खाल्डोले घेरिएको रिपुदलहरुको आँसुको पोखरी झैँ ।
चौडा लामो, गहीरो, रँग पनि छहरा नील जस्तो गभीर ॥
(१)
खम्बा राखी अडेको पुल पनि उसमा काठको हेर चौडा ।
बुट्टा काटेर राम्रो दुइतिर त्यसमा नागबेली किनारा ॥
निक्कै ऊँचा उठेको तलतिर भुइँमा ताछिएका फल्याक ।
सामुन्ने एक ढोका दश गज सहजै पस्न सक्ने फराक ॥
(२)
चोसा तीखा परेका दुइतरफ त्यहाँ छन् खुला ती कपाट ।
ढोका ठूला फलामे रिपुदल लहरी उर्लिंदा रोक्न सक्ने ॥
हात्ती फर्काउनेछन् भयसँग चुचुरा ती फलामे सुतीक्षण ।
दोटै राम्रै खुला छन् दुइतिर पहरा लिन्छ भाला खडा भै ॥
(३)
कालीको मूर्ति नीलो, अरुण रुधिरको पानले लालजिह्वा ।
देखिन्थ्यो दीर्घकेशी रिपुकर छ कटी मेखमा झुन्डिएको ॥
कुल्चेकी छन् पिनाकी अवनितल लडेका त्यहाँ शान्त मूर्ति ।
यौटा खुट्टा उचाली असिकर, भयकी उग्रचण्डी उठेकी ॥
(४)