Page:Shakuntala.pdf/268: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
छिनभरपछि घ्वारर्घ्वाघ्वार्गरी । | |||
::कृषक त घट भर्छ छ्वाछ्र्वार्गरी ॥ | |||
घटभर पय हुन्छ ह्र्वाह्र्वागरी । | |||
::ज्वलित अनल बोल्छ यस्तै गरी ॥ | |||
{{pcn|(४२)}} | |||
आउँछ दोधक शान्त किसान । | |||
::स्मेर मुखाकृति गबुवासाथ ॥ | |||
उष्णपयस्क सफेन सफेद । | |||
::दूध दुहीकन आर्द्र छ हात ॥ | |||
{{pcn|(४३)}} | |||
ल्याउँछ सुन्दर मृत्तिकप्याला । | |||
::दूध खन्याउँछ सुन्दर चाला ॥ | |||
बग्छ प्रसन्न मनोहर धारा । | |||
::फींज उठेर रिझाउँछ सारा ॥ | |||
{{pcn|(४४)}} | |||
जोड्दछ हात गर्दछ बिन्ती । | |||
::"क्षुद्र किसान म, क्षुद्र छ गिन्ती ॥ | |||
छैन दरिद्रसँगै अरु खाना । | |||
::स्वीकृति होस् यति जलपान ॥" | |||
{{pcn|(४५)}} | |||
प्याउँछ बन्छ प्रसन्नमुहार । | |||
::सत्कृति गर्न सदैव तयार ॥ | |||
दीप्त छ लोचन स्नेह रसाई । | |||
::जोड्दछ हात खडा सबलाई ॥ | |||
{{pcn|(४६)}} | |||
कृष्ण मुहार छ माथ छ फेटा । | |||
::धेर नशामय हात छ दोटा ॥ | |||
त्यो कृशकाय किसान अजान । | |||
::बाल्दछ नेत्रविषे सब ज्ञान ॥ | |||
{{pcn|(४७)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 07:35, 25 May 2025
This page has been proofread
छिनभरपछि घ्वारर्घ्वाघ्वार्गरी ।
कृषक त घट भर्छ छ्वाछ्र्वार्गरी ॥
घटभर पय हुन्छ ह्र्वाह्र्वागरी ।
ज्वलित अनल बोल्छ यस्तै गरी ॥
(४२)
आउँछ दोधक शान्त किसान ।
स्मेर मुखाकृति गबुवासाथ ॥
उष्णपयस्क सफेन सफेद ।
दूध दुहीकन आर्द्र छ हात ॥
(४३)
ल्याउँछ सुन्दर मृत्तिकप्याला ।
दूध खन्याउँछ सुन्दर चाला ॥
बग्छ प्रसन्न मनोहर धारा ।
फींज उठेर रिझाउँछ सारा ॥
(४४)
जोड्दछ हात गर्दछ बिन्ती ।
"क्षुद्र किसान म, क्षुद्र छ गिन्ती ॥
छैन दरिद्रसँगै अरु खाना ।
स्वीकृति होस् यति जलपान ॥"
(४५)
प्याउँछ बन्छ प्रसन्नमुहार ।
सत्कृति गर्न सदैव तयार ॥
दीप्त छ लोचन स्नेह रसाई ।
जोड्दछ हात खडा सबलाई ॥
(४६)
कृष्ण मुहार छ माथ छ फेटा ।
धेर नशामय हात छ दोटा ॥
त्यो कृशकाय किसान अजान ।
बाल्दछ नेत्रविषे सब ज्ञान ॥
(४७)