Page:Shakuntala.pdf/253: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
घर जानु पराइएको परी । | |||
::मुख नौलो ढँगमा थरी थरी ॥ | |||
स्मृतिले अब झन् रुवाउला । | |||
::"म त्यहाँ के अब आड पाउँला ? | |||
नव सागरको जहाज झैं । | |||
::म हवा भेलविषे कहाँ हुँला ?" | |||
डर धेर यही प्रकारका । | |||
::नव यात्रासँग भित्र आउने ॥ | |||
{{pcn|(८८)}} | |||
उनका मनमा पसीकन । | |||
::मन भन्थ्यो "अब के म पाउँला ॥ | |||
न त स्वीकृतिसाथ सुन्दर । | |||
::महिषी शासन गर्न मन्दिर ॥ | |||
न त विस्मृतिले गरी छल । | |||
::म हुँला बाहिर नै रुँदी जल ॥ | |||
तर हैन ! दयालु सुन्दर । | |||
::निठुरी क्रुरपना विना हुँदा ॥ | |||
सब सत्यसमान सुन्दर । | |||
::कसरी हैन भनी पठाउलान् ? | |||
रविले वनलाइ यो बरु । | |||
::सब बिर्सी दिन नै नआउलान् ॥ | |||
यसरी मनमा तरङ्गीँदी । | |||
::रसिली सुन्दरता मलीन ती ॥" | |||
गुँडबाहिरकी चरीसरि । | |||
::सब हेर्छिन् वन त्यो अडी घुमी ॥ | |||
दृग दीर्घ सप्रेम लाउँदी । | |||
::पिउँदै त्यो वनचारु सम्झना ॥ | |||
सखिबाट त्यहाँ बुझाइनन् । | |||
::"मनमा दुःख नल्यौ" भनीकन ॥ | |||
अब शावक चारु आउँछ । | |||
::पदमा लुट्पुट भै कराउँछ ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Latest revision as of 01:21, 22 May 2025
घर जानु पराइएको परी ।
मुख नौलो ढँगमा थरी थरी ॥
स्मृतिले अब झन् रुवाउला ।
"म त्यहाँ के अब आड पाउँला ?
नव सागरको जहाज झैं ।
म हवा भेलविषे कहाँ हुँला ?"
डर धेर यही प्रकारका ।
नव यात्रासँग भित्र आउने ॥
(८८)
उनका मनमा पसीकन ।
मन भन्थ्यो "अब के म पाउँला ॥
न त स्वीकृतिसाथ सुन्दर ।
महिषी शासन गर्न मन्दिर ॥
न त विस्मृतिले गरी छल ।
म हुँला बाहिर नै रुँदी जल ॥
तर हैन ! दयालु सुन्दर ।
निठुरी क्रुरपना विना हुँदा ॥
सब सत्यसमान सुन्दर ।
कसरी हैन भनी पठाउलान् ?
रविले वनलाइ यो बरु ।
सब बिर्सी दिन नै नआउलान् ॥
यसरी मनमा तरङ्गीँदी ।
रसिली सुन्दरता मलीन ती ॥"
गुँडबाहिरकी चरीसरि ।
सब हेर्छिन् वन त्यो अडी घुमी ॥
दृग दीर्घ सप्रेम लाउँदी ।
पिउँदै त्यो वनचारु सम्झना ॥
सखिबाट त्यहाँ बुझाइनन् ।
"मनमा दुःख नल्यौ" भनीकन ॥
अब शावक चारु आउँछ ।
पदमा लुट्पुट भै कराउँछ ॥