Page:Shakuntala.pdf/252: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
::प्रिय आत्मा त्यसले समाउँछ ॥ | |||
र बुनिन्छ अनेक तिर्सना । | |||
::सुख दुःखादिक पाठ पाउँछ ॥ | |||
नव जीवनले विशालता- | |||
::तिर यात्रा घरको गराउँछ ॥ | |||
महती कठिनाइले तर । | |||
::पथको चित्त विषाद पाउँछ ॥ | |||
अनि कण्टक पुष्पमा हुने । | |||
::मृदुदाना दिलको बनाउँछ ॥ | |||
अघिको शिशु-दृश्य सम्झिंदा । | |||
::सुखले दुःख बुझी रसाउँछ ॥ | |||
घर जानु सधैँ त्यसो हुँदा । | |||
::द्इ आँखा दुखले भिजाउँछ ॥ | |||
तर सुन्दरता करैसँग । | |||
::प्रभुको त्यो घरमा पठाउँछ ॥ | |||
छ उचाल्नु र राह लाउनु । | |||
::प्रिय आत्मा जुन स्वर्ग धाउँछ ॥ | |||
अब बाहिर बन्दछिन् तिनी । | |||
::त्यस आनन्द निवासको हरा ॥ | |||
दुनियाँ छ विशाल भन्दछ । | |||
::पथ अज्ञान सदा कठैबरा ! | |||
{{pcn|(८७)}} | |||
"म कतातिर जान्छु के गरी । | |||
::जब आधार कहाँ म पाउँला ? | |||
अघि दुःख र वेदना कति । | |||
::अब नौलो दिनले पठाउला ॥ | |||
न पिता, न सँगी, न माइती । | |||
::जननी वा शिशुकालका सुख ॥ | |||
नव सिर्जनमा कसो गरी । | |||
::मनले शान्ति र चैन पाउँला ?" | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Latest revision as of 01:18, 22 May 2025
This page has been proofread
प्रिय आत्मा त्यसले समाउँछ ॥
र बुनिन्छ अनेक तिर्सना ।
सुख दुःखादिक पाठ पाउँछ ॥
नव जीवनले विशालता-
तिर यात्रा घरको गराउँछ ॥
महती कठिनाइले तर ।
पथको चित्त विषाद पाउँछ ॥
अनि कण्टक पुष्पमा हुने ।
मृदुदाना दिलको बनाउँछ ॥
अघिको शिशु-दृश्य सम्झिंदा ।
सुखले दुःख बुझी रसाउँछ ॥
घर जानु सधैँ त्यसो हुँदा ।
द्इ आँखा दुखले भिजाउँछ ॥
तर सुन्दरता करैसँग ।
प्रभुको त्यो घरमा पठाउँछ ॥
छ उचाल्नु र राह लाउनु ।
प्रिय आत्मा जुन स्वर्ग धाउँछ ॥
अब बाहिर बन्दछिन् तिनी ।
त्यस आनन्द निवासको हरा ॥
दुनियाँ छ विशाल भन्दछ ।
पथ अज्ञान सदा कठैबरा !
(८७)
"म कतातिर जान्छु के गरी ।
जब आधार कहाँ म पाउँला ?
अघि दुःख र वेदना कति ।
अब नौलो दिनले पठाउला ॥
न पिता, न सँगी, न माइती ।
जननी वा शिशुकालका सुख ॥
नव सिर्जनमा कसो गरी ।
मनले शान्ति र चैन पाउँला ?"