Page:Shakuntala.pdf/244: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
देखिन् आफ्ना प्रियतम त्यहाँ स्वर्णमा झल्किएका । | |||
::देखे जस्तो निकट हुन गो नाममा नै प्रताप ॥ | |||
धेरै हेरे सखिहरु खिसी गर्दछन् भन्छ होश । | |||
::बेहोशैमा अधर दुइकी पालुवामा लगाइन् ॥ | |||
{{pcn|(४५)}} | |||
"बिर्सन्छ्यौ है सखि महलमा जङ्गली यो सँगाति । | |||
::औंठी आफ्नो प्रियतम बुझी सुम्पिँदी ओठलाई ॥ | |||
'को हो को हो !' सित पिक जसै बागमा कुँज्छ आई । | |||
::को हो को हो ? भनिकन तिमी निर्सिनेछ्यौ मलाई ॥" । | |||
भन्दै हाँसे प्रिय सखि दुवै नेत्रका कोणबाट । | |||
::'त्यस्ती हूँला निठुर' सरिको झल्कियो क्या रिसानी ॥ | |||
देखी भन्छिन् "हठ त नगरे हुन्छ त्यस्तो नि नानी !" | |||
{{pcn|(४६)}} | |||
"ऊँ" झैं केही मधुर नहुने पक्षको भाव हाली । | |||
::'सारै कस्ती निठुर मनकी' भन्न आँखा उचाली ॥ | |||
हेर्दी नाराज मृगनयनी 'लाज मारे' भने झैं । | |||
::आफैं लज्जासित तल झुकिन् मुस्कुराएर सङ्गी ॥ | |||
{{pcn|(४७)}} | |||
"भो भो बिर्सिन्न" यति नभने पुग्छ दुर्भाग्य लाई । | |||
::आँखा चीसासित स्मृति बसी एकली होस् रुलाई ॥ | |||
हामी सम्झी वचन यति नै तीन यी शब्द प्यारा । | |||
::सम्झेकी छन् भनि हृदयमा आश पाऊँ सहारा ॥" | |||
भन्दी राम्री मधुर मुखकी शब्द गर्दी प्रतीक्षा । | |||
::देख्छिन् "त्यस्ती बुझिनु निठुरी हाय मेरो परीक्षा ॥" | |||
भन्ने भाषा नजर दुइको तीक्ष्ण आक्षेपभित्र । | |||
{{pcn|(४८)}} | |||
दाढीवाला ऋषि धवलतातुल्य ज्ञानै फुलेका । | |||
::आई भन्छन् "सुखसित गए प्रेमका साथ सम्झे ॥ | |||
स्वामी माने दुख सुघ सबै बीचमा देवता झैं । | |||
::धर्म्मै माने, हृदय रहने घाम जस्तो हुरीमा ॥ | |||
{{pcn|(४९)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 21:49, 18 May 2025
देखिन् आफ्ना प्रियतम त्यहाँ स्वर्णमा झल्किएका ।
देखे जस्तो निकट हुन गो नाममा नै प्रताप ॥
धेरै हेरे सखिहरु खिसी गर्दछन् भन्छ होश ।
बेहोशैमा अधर दुइकी पालुवामा लगाइन् ॥
(४५)
"बिर्सन्छ्यौ है सखि महलमा जङ्गली यो सँगाति ।
औंठी आफ्नो प्रियतम बुझी सुम्पिँदी ओठलाई ॥
'को हो को हो !' सित पिक जसै बागमा कुँज्छ आई ।
को हो को हो ? भनिकन तिमी निर्सिनेछ्यौ मलाई ॥" ।
भन्दै हाँसे प्रिय सखि दुवै नेत्रका कोणबाट ।
'त्यस्ती हूँला निठुर' सरिको झल्कियो क्या रिसानी ॥
देखी भन्छिन् "हठ त नगरे हुन्छ त्यस्तो नि नानी !"
(४६)
"ऊँ" झैं केही मधुर नहुने पक्षको भाव हाली ।
'सारै कस्ती निठुर मनकी' भन्न आँखा उचाली ॥
हेर्दी नाराज मृगनयनी 'लाज मारे' भने झैं ।
आफैं लज्जासित तल झुकिन् मुस्कुराएर सङ्गी ॥
(४७)
"भो भो बिर्सिन्न" यति नभने पुग्छ दुर्भाग्य लाई ।
आँखा चीसासित स्मृति बसी एकली होस् रुलाई ॥
हामी सम्झी वचन यति नै तीन यी शब्द प्यारा ।
सम्झेकी छन् भनि हृदयमा आश पाऊँ सहारा ॥"
भन्दी राम्री मधुर मुखकी शब्द गर्दी प्रतीक्षा ।
देख्छिन् "त्यस्ती बुझिनु निठुरी हाय मेरो परीक्षा ॥"
भन्ने भाषा नजर दुइको तीक्ष्ण आक्षेपभित्र ।
(४८)
दाढीवाला ऋषि धवलतातुल्य ज्ञानै फुलेका ।
आई भन्छन् "सुखसित गए प्रेमका साथ सम्झे ॥
स्वामी माने दुख सुघ सबै बीचमा देवता झैं ।
धर्म्मै माने, हृदय रहने घाम जस्तो हुरीमा ॥
(४९)