Page:Shakuntala.pdf/243: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
लगाउँछन् फूल चुनेर रङ्ग । | |||
::थुँगा हलूका रमणीय ढङ्ग ॥ | |||
काला लतामा प्रकृत प्रभाव । | |||
::फुलेर हाँस्दासरि चारुभाव ॥ | |||
{{pcn|(३९)}} | |||
प्रसूनको लाल धुलो कुटेको । | |||
::पत्ती सुकाईकन घामभित्र ॥ | |||
सरक्क पारेर पुछी लगाई । | |||
::छन् फूल झैं शैशिर काललाई ॥ | |||
{{pcn|(४०)}} | |||
सलक्क राम्री सुकुमार बान्की । | |||
::सिँगारले सुन्दर झल्किएकी ॥ | |||
परीहरूका परिधान पाई । | |||
::उड्छिन् कि झैं छन् घर जानलाई ॥ | |||
{{pcn|(४१)}} | |||
खाना थोरै सजल दृगले कण्वको सामु खाँदी । | |||
::'आफ्नो जाने समय' तिर ती कल्पना आर्त लाँदी ॥ | |||
प्रातः कालीन छवि सुखको वैलिँदा भुल्न जाँदी । | |||
::मेघाच्छन्ना हृदय अब छन् चम्किँदी भूषणादि ॥ | |||
{{pcn|(४२)}} | |||
बढ्दै आयो दिन जति उती बन्दछिन् झन् मलीन । | |||
::चोरी चोरी छवि वदनको सूर्यमा राप चढ्छ ॥ | |||
झन् झन् चीसा दृग युगल छन् मेघ आएर छोपी । | |||
::झन् झन् नीलो गगन अब भो नेत्र भो नीलिमा झैं ॥ | |||
{{pcn|(४३)}} | |||
औंठी लाइन् जब त सखिले चट्ट तानेर औंला । | |||
::राम्रो बान्की सरल खुकुलो चट्ट भै लिन्छ स्थान ॥ | |||
मीठो टूना मधुर स्मृतिमा प्रेमको स्पर्श पाई । | |||
::सर्सर् गर्दै पुलक हुन गै हर्छ ती नेत्रलाई ॥ | |||
{{pcn|(४४)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 21:43, 18 May 2025
लगाउँछन् फूल चुनेर रङ्ग ।
थुँगा हलूका रमणीय ढङ्ग ॥
काला लतामा प्रकृत प्रभाव ।
फुलेर हाँस्दासरि चारुभाव ॥
(३९)
प्रसूनको लाल धुलो कुटेको ।
पत्ती सुकाईकन घामभित्र ॥
सरक्क पारेर पुछी लगाई ।
छन् फूल झैं शैशिर काललाई ॥
(४०)
सलक्क राम्री सुकुमार बान्की ।
सिँगारले सुन्दर झल्किएकी ॥
परीहरूका परिधान पाई ।
उड्छिन् कि झैं छन् घर जानलाई ॥
(४१)
खाना थोरै सजल दृगले कण्वको सामु खाँदी ।
'आफ्नो जाने समय' तिर ती कल्पना आर्त लाँदी ॥
प्रातः कालीन छवि सुखको वैलिँदा भुल्न जाँदी ।
मेघाच्छन्ना हृदय अब छन् चम्किँदी भूषणादि ॥
(४२)
बढ्दै आयो दिन जति उती बन्दछिन् झन् मलीन ।
चोरी चोरी छवि वदनको सूर्यमा राप चढ्छ ॥
झन् झन् चीसा दृग युगल छन् मेघ आएर छोपी ।
झन् झन् नीलो गगन अब भो नेत्र भो नीलिमा झैं ॥
(४३)
औंठी लाइन् जब त सखिले चट्ट तानेर औंला ।
राम्रो बान्की सरल खुकुलो चट्ट भै लिन्छ स्थान ॥
मीठो टूना मधुर स्मृतिमा प्रेमको स्पर्श पाई ।
सर्सर् गर्दै पुलक हुन गै हर्छ ती नेत्रलाई ॥
(४४)