Page:Shakuntala.pdf/237: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
उदास पत्ती अब भर्न थाले । | |||
::वसन्त आशा-तरुमा फुलेर ॥ | |||
रूँ रूँ गरेको अवरूद्ध बल्ली । | |||
::झल्की सफा शीत झिझिल्ल हल्ली ॥ | |||
{{pcn|(५)}} | |||
आशा छ बोल्दी वनका चरामा । | |||
::आशा छ खुल्दी सुन-टाकरामा ॥ | |||
आशा रूँदी जो दिलभित्र बस्थी । | |||
::झल्केर चम्की जलका कणामा ॥ | |||
{{pcn|(६)}} | |||
प्रताप धप्क्यो विजयी बनेर । | |||
::अँधेरमा वाणहरू छरेर ॥ | |||
लाली बहायो सुनमा खुलेर । | |||
::जोडी चखेवा खुश छन् मिलेर ॥ | |||
{{pcn|(७)}} | |||
झर्ली पहेँली मुखहीन पत्ती । | |||
::बल्ली उज्याली अब प्रात बत्ती ॥ | |||
खुल्ला कही सुन्दरको कपाट । | |||
::जस्ता भए भाव अनेक ठाँट ॥ | |||
{{pcn|(८)}} | |||
चिसै थिई तैपनि सम्झना ता । | |||
::तुषारकी निष्ठुर एक नाता ॥ | |||
तथापि दाना अब बन्न लागी । | |||
::प्रकाशको चुम्बन दिव्य मागी ॥ | |||
{{pcn|(९)}} | |||
मानो कही सुन्दर स्वर्ण झल्ल । | |||
::प्रसाद भज्दी धनले अमूल्य ॥ | |||
नदी बहन्थिन् परदेशतर्फ । | |||
::लिएर स्वप्ना उरमा उज्यालो ॥ | |||
शकुन्तला ती तटतर्फ आई । | |||
::हिरण्यका दिव्य प्रतापलाई ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Latest revision as of 17:59, 18 May 2025
This page has been proofread
उदास पत्ती अब भर्न थाले ।
वसन्त आशा-तरुमा फुलेर ॥
रूँ रूँ गरेको अवरूद्ध बल्ली ।
झल्की सफा शीत झिझिल्ल हल्ली ॥
(५)
आशा छ बोल्दी वनका चरामा ।
आशा छ खुल्दी सुन-टाकरामा ॥
आशा रूँदी जो दिलभित्र बस्थी ।
झल्केर चम्की जलका कणामा ॥
(६)
प्रताप धप्क्यो विजयी बनेर ।
अँधेरमा वाणहरू छरेर ॥
लाली बहायो सुनमा खुलेर ।
जोडी चखेवा खुश छन् मिलेर ॥
(७)
झर्ली पहेँली मुखहीन पत्ती ।
बल्ली उज्याली अब प्रात बत्ती ॥
खुल्ला कही सुन्दरको कपाट ।
जस्ता भए भाव अनेक ठाँट ॥
(८)
चिसै थिई तैपनि सम्झना ता ।
तुषारकी निष्ठुर एक नाता ॥
तथापि दाना अब बन्न लागी ।
प्रकाशको चुम्बन दिव्य मागी ॥
(९)
मानो कही सुन्दर स्वर्ण झल्ल ।
प्रसाद भज्दी धनले अमूल्य ॥
नदी बहन्थिन् परदेशतर्फ ।
लिएर स्वप्ना उरमा उज्यालो ॥
शकुन्तला ती तटतर्फ आई ।
हिरण्यका दिव्य प्रतापलाई ॥