Page:Shakuntala.pdf/231: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
यो रत्नको जलधि हो गृहनाम ठूलो । | |||
::ती रत्न हुन् गुणहरू गहिराइभित्र ॥ | |||
झल्किन्छ पानि तिनको जब देश काल । | |||
::माग्छन् खुला किरणमा, रणमा त्रिकाल ॥ | |||
{{pcn|(२९)}} | |||
दृष्टान्त बन्नु सबका अघि चालद्वारा । | |||
::बोल्दै नबोलिकन बोल्नु गरेर काम ॥ | |||
बत्ती बनेर घरकी सब अन्धकार । | |||
::छोडी, दिनू किरण उज्ज्वल हुन् मुहार ॥ | |||
{{pcn|(३०)}} | |||
स्वादिष्ट पार्नु दिलले सबनिम्ति खाना । | |||
::प्रेमै सुधासरि छ, शीलहरू खजाना ॥ | |||
मीठो गरी वचन प्रेम मिसी दिएको । | |||
::स्वादिष्ट बन्छ रस दिव्य विचित्रले त्यो ॥ | |||
{{pcn|(३१)}} | |||
खामोस खानु नरिसाउनु झट्ट नानी ! | |||
::तौली मिजासकन ठीक गरी बयानी ॥ | |||
राखेर होश गतिमा रसिलो सचेत । | |||
::आत्मा खुशाउनु अरूहरुको समेत ॥ | |||
{{pcn|(३२)}} | |||
रानी समान घरकी बुझ सत्य नारी । | |||
::हो शील ताज अनि ऐन छ धर्म भारी ॥ | |||
हो राजनीति उसको घरको मिलाप । | |||
::छन् शत्रु द्वेष, झगडा, मद, मोह, ताप ॥ | |||
{{pcn|(३३)}} | |||
त्यो राज्यमा छ गणको गहिरो खजाना । | |||
::अध्यक्ष आत्मबल जो दलको छ स्वामी ॥ | |||
सेनाहरू प्रकृति छन् अनि शस्त्र सत्य । | |||
::सीमा बढाइरहने छ सहानूभूति ॥ | |||
{{pcn|(३४)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 07:08, 18 May 2025
यो रत्नको जलधि हो गृहनाम ठूलो ।
ती रत्न हुन् गुणहरू गहिराइभित्र ॥
झल्किन्छ पानि तिनको जब देश काल ।
माग्छन् खुला किरणमा, रणमा त्रिकाल ॥
(२९)
दृष्टान्त बन्नु सबका अघि चालद्वारा ।
बोल्दै नबोलिकन बोल्नु गरेर काम ॥
बत्ती बनेर घरकी सब अन्धकार ।
छोडी, दिनू किरण उज्ज्वल हुन् मुहार ॥
(३०)
स्वादिष्ट पार्नु दिलले सबनिम्ति खाना ।
प्रेमै सुधासरि छ, शीलहरू खजाना ॥
मीठो गरी वचन प्रेम मिसी दिएको ।
स्वादिष्ट बन्छ रस दिव्य विचित्रले त्यो ॥
(३१)
खामोस खानु नरिसाउनु झट्ट नानी !
तौली मिजासकन ठीक गरी बयानी ॥
राखेर होश गतिमा रसिलो सचेत ।
आत्मा खुशाउनु अरूहरुको समेत ॥
(३२)
रानी समान घरकी बुझ सत्य नारी ।
हो शील ताज अनि ऐन छ धर्म भारी ॥
हो राजनीति उसको घरको मिलाप ।
छन् शत्रु द्वेष, झगडा, मद, मोह, ताप ॥
(३३)
त्यो राज्यमा छ गणको गहिरो खजाना ।
अध्यक्ष आत्मबल जो दलको छ स्वामी ॥
सेनाहरू प्रकृति छन् अनि शस्त्र सत्य ।
सीमा बढाइरहने छ सहानूभूति ॥
(३४)