Jump to content

Page:Shakuntala.pdf/229: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
फुल्दो लतासरि छ यो बुझ जिन्दगानी ।
::थाँक्रो दिएर धृतिको अनि शीत पानी ॥
राम्रो दिएर यसको गर छाँट-काँट ।
::फुल्नेछ यो सकल मग्मग दिव्य ठाँट ॥
{{pcn|(१७)}}


जो लोभ मोह मद छन्‌ तिनबाट वक्र ।
::बन्दै स्वभाव, सब उल्टिन जान्छ चक्र ॥
राख्नू सदा हृदयमा अति सूक्ष्म तौल ।
::जानेर चीजहरुको सब मोल तोल ॥
गर्नू सिँगार तर ठीक रिझाउनाको ।
::ज्यादा नगर्नु नखरा नबनोस्‌ तमाशा ॥
{{pcn|(१८)}}
जो पाइँदैन सहजै, जसको प्रभाव ।
::सारा रिझाउँछ छ जान त्यही स्वभाव ॥
सत्‌को प्रवृत्ति लिनु या सुखको बहाव ।
::पाइन्छ, सुन्दर सबै बुझ सत्य भाव ॥
{{pcn|(१९)}}
भित्री कुराहरु रहे सब ठीक ठीक ।
::सौन्दर्य खुल्छ सहजैसँग एक एक ॥
तारासमान मनमा सब भाव पारी ।
::चल्नू सदिव्य गति स्वर्गिक मार्गचारी ॥
{{pcn|(२०)}}
जो धूर्तता छ उसमा पनि सार छैन ।
::सत्‌ नै कला छ प्रभुको त्यसमा छ छैन ॥
जो नीती हो उकन सत्य दिए अडान ।
::सप्रिन्छ बन्छ सब जीवन नित्य जान ॥
{{pcn|(२१)}}
यौटै छ ईश्वर उ भो पतिदेव खास ।
::शृङ्गारतुल्य दुनियाँ दुइको प्रकाश ॥
यौटा धिराज दिलको छ अनन्त आश ।
::बन्नू प्रसन्न दिल अर्पिनको सुवास ॥
{{pcn|(२२)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 07:00, 18 May 2025

This page has been proofread

फुल्दो लतासरि छ यो बुझ जिन्दगानी ।
थाँक्रो दिएर धृतिको अनि शीत पानी ॥
राम्रो दिएर यसको गर छाँट-काँट ।
फुल्नेछ यो सकल मग्मग दिव्य ठाँट ॥
(१७)

जो लोभ मोह मद छन्‌ तिनबाट वक्र ।
बन्दै स्वभाव, सब उल्टिन जान्छ चक्र ॥
राख्नू सदा हृदयमा अति सूक्ष्म तौल ।
जानेर चीजहरुको सब मोल तोल ॥
गर्नू सिँगार तर ठीक रिझाउनाको ।
ज्यादा नगर्नु नखरा नबनोस्‌ तमाशा ॥
(१८)

जो पाइँदैन सहजै, जसको प्रभाव ।
सारा रिझाउँछ छ जान त्यही स्वभाव ॥
सत्‌को प्रवृत्ति लिनु या सुखको बहाव ।
पाइन्छ, सुन्दर सबै बुझ सत्य भाव ॥
(१९)

भित्री कुराहरु रहे सब ठीक ठीक ।
सौन्दर्य खुल्छ सहजैसँग एक एक ॥
तारासमान मनमा सब भाव पारी ।
चल्नू सदिव्य गति स्वर्गिक मार्गचारी ॥
(२०)

जो धूर्तता छ उसमा पनि सार छैन ।
सत्‌ नै कला छ प्रभुको त्यसमा छ छैन ॥
जो नीती हो उकन सत्य दिए अडान ।
सप्रिन्छ बन्छ सब जीवन नित्य जान ॥
(२१)

यौटै छ ईश्वर उ भो पतिदेव खास ।
शृङ्गारतुल्य दुनियाँ दुइको प्रकाश ॥
यौटा धिराज दिलको छ अनन्त आश ।
बन्नू प्रसन्न दिल अर्पिनको सुवास ॥
(२२)