Page:Shakuntala.pdf/201: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
"छ षोडश वसन्त यो कलुष यो छ पृथ्वीमहाँ । | |||
::सबै युवति पर्दछन् नि अनिवार्य यो रोगमा ॥ | |||
न औषधि उपाय वा हृदयलाइ लाग्छन् कुनै । | |||
::छ भीरु दिलको व्यथा कति त मर्दछन् ग्रस्त भै ॥ | |||
{{pcn|(१५४)}} | |||
भने भन तिमी सखी मन नभन्नको नै भए | | |||
::न भन्नु किन भन्नु है यति कुरा सुनाईदिएँ ॥ | |||
छ को र जुन यो बुझोस् हृदय मर्न मूकै बनी । | |||
::बढी अप्रकृता बन्यौ" सखि अगाडि भन्छिन् तिनी ॥ | |||
{{pcn|(१५५)}} | |||
"बताइदिनु यो कुरा हित बुझी बताएँ सखी । | |||
::छ रोग पनि यो कडा सब म बुझ्छु यो लक्षण ॥" | |||
भनीकन प्रियम्वदा नजर थोर कर्के गरी । | |||
::मुहार मृदु हेर्दछिन् श्रवण छन् सुनूँ झैं गरी ॥ | |||
{{pcn|(१५६)}} | |||
"थियो दिवस के सखी कसुमकालको सुन्दर । | |||
::सवाल पनि गर्दथी विटपमा कि कोही चरा ॥ | |||
रँगीन कपडा धरी मुटु सुटुक्क चोरीकन । | |||
::शिकार कुसुमी गरी मदन डुल्दथे कि ? वन ॥" | |||
{{pcn|(१५७)}} | |||
मुसुक्क दुइ ओठले शरमसाथ बोले करा । | |||
::बढ्यो शरम लाल भै तर लुकाउँछिन् ती बरा ! | |||
"बुझें अब बुझें" भनी रँग गुलाबका दीकन । | |||
::कुरा कति प्रियम्वदा मधुर गर्दछिन् तीसँग ॥ | |||
{{pcn|(१५८)}} | |||
बनीकन न फुक्छ त्यो तर बुझिन् सखीले भनी । | |||
::प्रसन्नहृदया तिनी नजर भूमिमा भार्दछिन् ॥ | |||
"गरे कि दिन त्यो कनै नजरले इशारा पनि ! | |||
::तिमी त चुपचाप नै बसिरह्यौ कि लाटी बनी ?" | |||
{{pcn|(१५९)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 08:15, 14 May 2025
"छ षोडश वसन्त यो कलुष यो छ पृथ्वीमहाँ ।
सबै युवति पर्दछन् नि अनिवार्य यो रोगमा ॥
न औषधि उपाय वा हृदयलाइ लाग्छन् कुनै ।
छ भीरु दिलको व्यथा कति त मर्दछन् ग्रस्त भै ॥
(१५४)
भने भन तिमी सखी मन नभन्नको नै भए |
न भन्नु किन भन्नु है यति कुरा सुनाईदिएँ ॥
छ को र जुन यो बुझोस् हृदय मर्न मूकै बनी ।
बढी अप्रकृता बन्यौ" सखि अगाडि भन्छिन् तिनी ॥
(१५५)
"बताइदिनु यो कुरा हित बुझी बताएँ सखी ।
छ रोग पनि यो कडा सब म बुझ्छु यो लक्षण ॥"
भनीकन प्रियम्वदा नजर थोर कर्के गरी ।
मुहार मृदु हेर्दछिन् श्रवण छन् सुनूँ झैं गरी ॥
(१५६)
"थियो दिवस के सखी कसुमकालको सुन्दर ।
सवाल पनि गर्दथी विटपमा कि कोही चरा ॥
रँगीन कपडा धरी मुटु सुटुक्क चोरीकन ।
शिकार कुसुमी गरी मदन डुल्दथे कि ? वन ॥"
(१५७)
मुसुक्क दुइ ओठले शरमसाथ बोले करा ।
बढ्यो शरम लाल भै तर लुकाउँछिन् ती बरा !
"बुझें अब बुझें" भनी रँग गुलाबका दीकन ।
कुरा कति प्रियम्वदा मधुर गर्दछिन् तीसँग ॥
(१५८)
बनीकन न फुक्छ त्यो तर बुझिन् सखीले भनी ।
प्रसन्नहृदया तिनी नजर भूमिमा भार्दछिन् ॥
"गरे कि दिन त्यो कनै नजरले इशारा पनि !
तिमी त चुपचाप नै बसिरह्यौ कि लाटी बनी ?"
(१५९)