Page:Shakuntala.pdf/200: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
यहाँ बसन काखमा शिर अडाइदेऊ तिमी । | |||
::कि लाज यतिमै भयो ? उरु छ यो जनाना भनी ॥ | |||
यहाँ पुरुष छैन क्वै म ठुङ मार्छु मीठो गरी । | |||
::गली कसुम बाहली शिरथुँगा अडाऊ यहाँ ॥" | |||
भनी नरम काखमा मृदु शिरीषको माथ त्यो । | |||
::बसीकन अडाउँछिन् "किन अतीव लज्जावती ॥ | |||
बन्यौ 'शिव हरे !' भनी करमकी अबोला गति । | |||
{{pcn|(१४८)}} | |||
दुवै युवति हौं बुझ्यौ ? उर दुवै फुलेको यहाँ । | |||
::उही प्रकृतिका दुवै छ कुन कृष्णजूँघा यहाँ ॥ | |||
कपोल न छ रौंभरी शरमलाइ खस्रो कनै । | |||
::बताउन सखी हरे बहुत ! तुल्बुलायो मनै ॥" | |||
{{pcn|(१४९)}} | |||
अनेक ढँगका भई कठिनता तथा लज्जत । | |||
::भरी मुख रँगाउँदी असजिलोपनाले गरी ॥ | |||
यसो सखि-मुहारमा नजर क्यै उचालीकन । | |||
::नबोलिकन भन्दछन् 'मकन हुन्छ बाधा' भनी ॥ | |||
{{pcn|(१५०)}} | |||
"खुलस्त नहुने तिमी अब त नास्तिकै भैसक्यौ । | |||
::समस्त दिलको कुरा प्रभु न बुझ्दछन् क्वै वहाँ ? | |||
छकाउनु जगत् सबै प्रकृतिलाइ रोकीकन । | |||
::बनेर गर्हुँगी बस्यौ अधर बन्द पारीकन ॥ | |||
{{pcn|(१५१)}} | |||
खुलस्त जति बोल्दछ्यौ हृदय नै हलूका बनी | | |||
::छ रोग पर नै हुने न त अनिद्र बन्दै तिमी ॥ | |||
गनेर सब तारका गगनबीच झारी कणा | | |||
::प्रतिक्षण हिसाबकी चतुर बन्दछ्यौ रात्रिमा ॥ | |||
{{pcn|(१५२)}} | |||
खराब कटु रोग यो अब कपाल दख्ला नि है ! | |||
::सधैं उर समाउला अति तरङ्ग भर्ला नि है ! | |||
सुकी अधर रूप भै विकृतिमा कलेटी परी | | |||
::शिकार कटु कालको बहुत शीघ्र बन्ल्यौ नि है !" | |||
{{pcn|(१५३)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 08:10, 14 May 2025
यहाँ बसन काखमा शिर अडाइदेऊ तिमी ।
कि लाज यतिमै भयो ? उरु छ यो जनाना भनी ॥
यहाँ पुरुष छैन क्वै म ठुङ मार्छु मीठो गरी ।
गली कसुम बाहली शिरथुँगा अडाऊ यहाँ ॥"
भनी नरम काखमा मृदु शिरीषको माथ त्यो ।
बसीकन अडाउँछिन् "किन अतीव लज्जावती ॥
बन्यौ 'शिव हरे !' भनी करमकी अबोला गति ।
(१४८)
दुवै युवति हौं बुझ्यौ ? उर दुवै फुलेको यहाँ ।
उही प्रकृतिका दुवै छ कुन कृष्णजूँघा यहाँ ॥
कपोल न छ रौंभरी शरमलाइ खस्रो कनै ।
बताउन सखी हरे बहुत ! तुल्बुलायो मनै ॥"
(१४९)
अनेक ढँगका भई कठिनता तथा लज्जत ।
भरी मुख रँगाउँदी असजिलोपनाले गरी ॥
यसो सखि-मुहारमा नजर क्यै उचालीकन ।
नबोलिकन भन्दछन् 'मकन हुन्छ बाधा' भनी ॥
(१५०)
"खुलस्त नहुने तिमी अब त नास्तिकै भैसक्यौ ।
समस्त दिलको कुरा प्रभु न बुझ्दछन् क्वै वहाँ ?
छकाउनु जगत् सबै प्रकृतिलाइ रोकीकन ।
बनेर गर्हुँगी बस्यौ अधर बन्द पारीकन ॥
(१५१)
खुलस्त जति बोल्दछ्यौ हृदय नै हलूका बनी |
छ रोग पर नै हुने न त अनिद्र बन्दै तिमी ॥
गनेर सब तारका गगनबीच झारी कणा |
प्रतिक्षण हिसाबकी चतुर बन्दछ्यौ रात्रिमा ॥
(१५२)
खराब कटु रोग यो अब कपाल दख्ला नि है !
सधैं उर समाउला अति तरङ्ग भर्ला नि है !
सुकी अधर रूप भै विकृतिमा कलेटी परी |
शिकार कटु कालको बहुत शीघ्र बन्ल्यौ नि है !"
(१५३)