Jump to content

Page:Shakuntala.pdf/198: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
बिझी मदनबाण नै अति कृशाङ्गिनी मूक छन्‌ ।
::तरङ्गित शकुन्तला कसुम-कालका भन्दछन्‌ ॥
वसन्त वन रोग यो कसुमबाट हो उब्जिने ।
::कनै हृदय मूक भै युवति मृत्यु झैं वैलिने ॥
{{pcn|(१३६)}}


बताउन शकुन्तले ! न त वसन्त उन्मादले ।
::बनेर पगली तिमी अति तरङ्ग काटीकन ॥
सधैंभर रुने भई हृदयको विदीर्णा बनी ।
::सुरुग्णसरि बन्दछ्यौ सब पला दुखी झैं बनी ॥
{{pcn|(१३७)}}
न खान छ मिठास नै न पिउने पनि स्वाद छ ।
::कुराहरु नसम्झिने हृदय झन्‌ उदासै हुने ॥
तरङ्ग बहुलाउने प्रति निमेष रूँ रूँ हुने ।
::गुमेसरि कुनै कुरा झलक मात्र नै पाइने ॥
बसी विजन ठाउँमा अधिक घोरिऊँ झैं हुने ।
{{pcn|(१३८)}}
समीरण जलाउने मुटु चसक्क जस्तो हने ।
::घुँ घुँक्कसित रूँ हने अनि गला पुगी रोकिने ॥
सराप्छ पनि चित्तले पिक कतै मुखाले हुँदा ।
::वसन्त वन रोग हो गर इलाज चाँडै सँगी !"
भनीकन प्रियम्वदा 'नगल' भन्दछिन्‌ 'यस्तरी' ।
::"प्रकाश हुनु औषधि प्रकृत बोलि द्यौ सुस्तरी ॥
{{pcn|(१३९)}}
जवाकुसुम चर्किई गरम बोक्रि प्यारी सखी ।
::हवा सुरभिले भरी हृदयलाई गर्माउँछ ॥
'उहू उहू' गरी गरी शर विदीर्ण ऊ कोइली ।
{{pcn|(१४०)}}
नबोल अब चारु है यति चिरिक्क चर्को गरी ।
::कुरा नमरले त्यसै शरम हुन्छ है शीतल ॥
सुवास छ त्यसै फुका अब नच्यात है कोपिला ।
::नजीक रहनै भए अति खुलस्त शिक्षा किन ?
हलक्क यति हर्किई अझ झलक्क क्यै देखिनौ ?
::छिटा नजर देख्दछन्‌ किन बसेर खोर्‍याउनु ?
{{pcn|(१४१)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 07:49, 14 May 2025

This page has been proofread

बिझी मदनबाण नै अति कृशाङ्गिनी मूक छन्‌ ।
तरङ्गित शकुन्तला कसुम-कालका भन्दछन्‌ ॥
वसन्त वन रोग यो कसुमबाट हो उब्जिने ।
कनै हृदय मूक भै युवति मृत्यु झैं वैलिने ॥
(१३६)

बताउन शकुन्तले ! न त वसन्त उन्मादले ।
बनेर पगली तिमी अति तरङ्ग काटीकन ॥
सधैंभर रुने भई हृदयको विदीर्णा बनी ।
सुरुग्णसरि बन्दछ्यौ सब पला दुखी झैं बनी ॥
(१३७)

न खान छ मिठास नै न पिउने पनि स्वाद छ ।
कुराहरु नसम्झिने हृदय झन्‌ उदासै हुने ॥
तरङ्ग बहुलाउने प्रति निमेष रूँ रूँ हुने ।
गुमेसरि कुनै कुरा झलक मात्र नै पाइने ॥
बसी विजन ठाउँमा अधिक घोरिऊँ झैं हुने ।
(१३८)

समीरण जलाउने मुटु चसक्क जस्तो हने ।
घुँ घुँक्कसित रूँ हने अनि गला पुगी रोकिने ॥
सराप्छ पनि चित्तले पिक कतै मुखाले हुँदा ।
वसन्त वन रोग हो गर इलाज चाँडै सँगी !"
भनीकन प्रियम्वदा 'नगल' भन्दछिन्‌ 'यस्तरी' ।
"प्रकाश हुनु औषधि प्रकृत बोलि द्यौ सुस्तरी ॥
(१३९)

जवाकुसुम चर्किई गरम बोक्रि प्यारी सखी ।
हवा सुरभिले भरी हृदयलाई गर्माउँछ ॥
'उहू उहू' गरी गरी शर विदीर्ण ऊ कोइली ।
(१४०)

नबोल अब चारु है यति चिरिक्क चर्को गरी ।
कुरा नमरले त्यसै शरम हुन्छ है शीतल ॥
सुवास छ त्यसै फुका अब नच्यात है कोपिला ।
नजीक रहनै भए अति खुलस्त शिक्षा किन ?
हलक्क यति हर्किई अझ झलक्क क्यै देखिनौ ?
छिटा नजर देख्दछन्‌ किन बसेर खोर्‍याउनु ?
(१४१)