Page:Shakuntala.pdf/196: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
सबै अधर बोल्दछन् कुसुमका रसीला कुरा । | |||
::फुकाउन उरोज नै प्रकृतिको छ चाला यहाँ ॥ | |||
सुवासहरु लादिने पवन आउँछन् 'द्यौ' भनी । | |||
::नयाँ खबर भित्रका मृदुल बैंसका पत्रमा ॥ | |||
{{pcn|(१२४)}} | |||
पसी किरण कोपिलासरि तिमी त लाटी बन्यौ । | |||
::हिलाउनु चलाउनु प्रकृत भावमा ज्ञानले ॥ | |||
सिँगार सुखमा थपी मधुर नृत्य झैं बैँसको । | |||
::बनी ढलक दृष्टिको सरस चाल राम्रो लिने ॥ | |||
{{pcn|(१२५)}} | |||
जनाउनु मिही कुरा मृदु अबोल भाषा सिकी । | |||
::पठाउनु रहस्यका नजर ओठ बोल्ने गरी ॥ | |||
अनेक दिलका कुरा अरु खुलस्त पार्ने ढँग । | |||
::सबै युवति जान्दछन् तर हरे ! तिमी मूक छौ ॥ | |||
{{pcn|(१२६)}} | |||
छ फुल्नु अनि फुक्नु नै प्रकृतिको मजा षोडशी । | |||
::न भै चपलता त्यसै प्रिय करा कनै के बुझून् ॥ | |||
पयोधितिर प्रेयसी पयरमा दर्गुछन् छिटा । | |||
::वसन्तसँग कोयली पनि छिपी लुकी बोल्दछे ॥ | |||
{{pcn|(१२७)}} | |||
उषा कनकप्रातमा रवि भजी सिँगारीकन । | |||
::सबै विहगका गला स्वर बनाउँछिन् रुन्झुन ॥ | |||
तिमी शारमकी गुफा तिमिरमा बसी मिर्मिर । | |||
::सधैं लुक यसै गरी प्रकृतभाव त्यागी पर ॥ | |||
{{pcn|(१२८)}} | |||
सुमूर्ख शरमाउँदी कति सुधी र लाटी तिमी । | |||
::न बोल्न पनि जान्दछ्यौ विरह मूक बन्नू भुनी ॥ | |||
छ खोज्नु भँवरा यहाँ मह दिएर लट्ठ्याउनु । | |||
::सिँगार गुण गाउने कवि बनाउँदै ल्याउनु ॥ | |||
झुलाउनु घुमाउनु प्रकृतचालले दास झैं । | |||
::मजा युवतिको यही यति नजान्नु मूर्खै सही ॥ | |||
{{pcn|(१२९)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:11, 6 May 2025
सबै अधर बोल्दछन् कुसुमका रसीला कुरा ।
फुकाउन उरोज नै प्रकृतिको छ चाला यहाँ ॥
सुवासहरु लादिने पवन आउँछन् 'द्यौ' भनी ।
नयाँ खबर भित्रका मृदुल बैंसका पत्रमा ॥
(१२४)
पसी किरण कोपिलासरि तिमी त लाटी बन्यौ ।
हिलाउनु चलाउनु प्रकृत भावमा ज्ञानले ॥
सिँगार सुखमा थपी मधुर नृत्य झैं बैँसको ।
बनी ढलक दृष्टिको सरस चाल राम्रो लिने ॥
(१२५)
जनाउनु मिही कुरा मृदु अबोल भाषा सिकी ।
पठाउनु रहस्यका नजर ओठ बोल्ने गरी ॥
अनेक दिलका कुरा अरु खुलस्त पार्ने ढँग ।
सबै युवति जान्दछन् तर हरे ! तिमी मूक छौ ॥
(१२६)
छ फुल्नु अनि फुक्नु नै प्रकृतिको मजा षोडशी ।
न भै चपलता त्यसै प्रिय करा कनै के बुझून् ॥
पयोधितिर प्रेयसी पयरमा दर्गुछन् छिटा ।
वसन्तसँग कोयली पनि छिपी लुकी बोल्दछे ॥
(१२७)
उषा कनकप्रातमा रवि भजी सिँगारीकन ।
सबै विहगका गला स्वर बनाउँछिन् रुन्झुन ॥
तिमी शारमकी गुफा तिमिरमा बसी मिर्मिर ।
सधैं लुक यसै गरी प्रकृतभाव त्यागी पर ॥
(१२८)
सुमूर्ख शरमाउँदी कति सुधी र लाटी तिमी ।
न बोल्न पनि जान्दछ्यौ विरह मूक बन्नू भुनी ॥
छ खोज्नु भँवरा यहाँ मह दिएर लट्ठ्याउनु ।
सिँगार गुण गाउने कवि बनाउँदै ल्याउनु ॥
झुलाउनु घुमाउनु प्रकृतचालले दास झैं ।
मजा युवतिको यही यति नजान्नु मूर्खै सही ॥
(१२९)