Page:Shakuntala.pdf/191: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
ककल् कलकलाउँदी सलिलले झझल् झल् बनी । | |||
::सुचञ्चल-प्रभाञ्चला उपमा गरी छल्छल ॥ | |||
विनिर्मल छटा लिई मुखरिता सफा निम्नगा । | |||
::सुकोमल निनादिनी लहरले घुमौरी बनी ॥ | |||
छचल् मचल शैलकी त्वरितगामिनी सुन्दरी । | |||
::कुरङ्गहरुकी तृषा वन-सिँगार बग्दी सुरा ॥ | |||
हरा पुलिनसुन्दरी कुसुमकी विलासी गति । | |||
::छ गानपथमा लता बहुल वृक्ष श्रृङ्गारकी ॥ | |||
शिला छ मसिन्याउँदी चपल लोललाई कुँदी । | |||
::सलक्क मृदु बाटुला सरस स्निग्ध पारीकन ॥ | |||
त्यहाँ सरस ठाउँमा कुसुमदार पत्रादिले । | |||
::धनी लहरले छुने छिनछिनै रमाई सुधा ॥ | |||
विहङ्गम कराउने कुसुमकालको हृद्घ्वनि । | |||
::हरा विटपका नयाँ नरम पत्र राम्रामनि ॥ | |||
छिरीबिरी सुचारुता मधुर शान्तिको शासन । | |||
::गरेर मृदु मर्मरी कवि बनाउँदी छन् चरा ॥ | |||
कुनासरि छ स्वर्गको रँग र रूप गानाभरी । | |||
::सुशीतल हरा हवा मधुर चल्छ हर्हर् गरी ॥ | |||
नितान्त मृदु नृत्यले मदनको हरा मन्दिर । | |||
::छ दीपरस भूपले ललित ठाउँमा एकलो ॥ | |||
{{pcn|(१०२)}} | |||
वसन्त ऋतु बागमा प्रकृतिको सफा भागमा । | |||
::विहङ्गम विहागमा नवमुना नयाँ रागमा ॥ | |||
हवा मृदु परागमा हृदय खोजको लागुमा ! | |||
::वसन्त वन फागुमा मदन खेल्छ त्यो भागमा ॥ | |||
{{pcn|(१०३)}} | |||
प्रभाकर प्रतापका मृदुल रश्मिका छन् यहाँ । | |||
::सुशीतला हवा हुँदा मधुर श्वास झैं पत्रको ॥ | |||
विचित्र वन चित्र छन् पवनमा सजीवानन । | |||
::छ कुड्मल फुकाउँदो उर सुगन्धको रञ्जन ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Latest revision as of 22:16, 5 May 2025
ककल् कलकलाउँदी सलिलले झझल् झल् बनी ।
सुचञ्चल-प्रभाञ्चला उपमा गरी छल्छल ॥
विनिर्मल छटा लिई मुखरिता सफा निम्नगा ।
सुकोमल निनादिनी लहरले घुमौरी बनी ॥
छचल् मचल शैलकी त्वरितगामिनी सुन्दरी ।
कुरङ्गहरुकी तृषा वन-सिँगार बग्दी सुरा ॥
हरा पुलिनसुन्दरी कुसुमकी विलासी गति ।
छ गानपथमा लता बहुल वृक्ष श्रृङ्गारकी ॥
शिला छ मसिन्याउँदी चपल लोललाई कुँदी ।
सलक्क मृदु बाटुला सरस स्निग्ध पारीकन ॥
त्यहाँ सरस ठाउँमा कुसुमदार पत्रादिले ।
धनी लहरले छुने छिनछिनै रमाई सुधा ॥
विहङ्गम कराउने कुसुमकालको हृद्घ्वनि ।
हरा विटपका नयाँ नरम पत्र राम्रामनि ॥
छिरीबिरी सुचारुता मधुर शान्तिको शासन ।
गरेर मृदु मर्मरी कवि बनाउँदी छन् चरा ॥
कुनासरि छ स्वर्गको रँग र रूप गानाभरी ।
सुशीतल हरा हवा मधुर चल्छ हर्हर् गरी ॥
नितान्त मृदु नृत्यले मदनको हरा मन्दिर ।
छ दीपरस भूपले ललित ठाउँमा एकलो ॥
(१०२)
वसन्त ऋतु बागमा प्रकृतिको सफा भागमा ।
विहङ्गम विहागमा नवमुना नयाँ रागमा ॥
हवा मृदु परागमा हृदय खोजको लागुमा !
वसन्त वन फागुमा मदन खेल्छ त्यो भागमा ॥
(१०३)
प्रभाकर प्रतापका मृदुल रश्मिका छन् यहाँ ।
सुशीतला हवा हुँदा मधुर श्वास झैं पत्रको ॥
विचित्र वन चित्र छन् पवनमा सजीवानन ।
छ कुड्मल फुकाउँदो उर सुगन्धको रञ्जन ॥