Jump to content

Page:Shakuntala.pdf/190: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
छ स्वर्गसरि यो हरा तर समस्तकी श्री तिनी ।
::सुधा-घटसमान छन्‌ मृदुलरेख झैं भावना ॥
अहा ! करुण फूलकी गुण जरा धरामा घुसी ।
::समुच्च मृदु भावना कसुमिता अहा षोडशी ॥
{{pcn|(९६)}}


मिहीन र नबोलिने सरस चारु टूनाभरी ।
::शकुन्तसँगिनी सुखी रँग लिई हँसीली बनी ॥
खुला पवनमा बढी मृदुलता लिई फुल्दछन्‌ ।
::विचित्र रँग उड्दछन्‌ बिहग फुल्दछन्‌ बोल्दछन्‌ ॥
प्रसून-रसना लिई मधुर पातला शब्दका ।
::छ वास उनमा अहा ! मधुर स्वर्गको रङ्गमा ॥
{{pcn|(९७)}}
अहो ! झलक घाउँ ता छिनभरी कतै यो तट ।
::सुधा-तरल बन्दथ्यो सुख शान्तिले बाँधिने ॥
बनाउन म लाग्दथेँ झलक-निम्तिमा मन्दिर ।
::कला हृदयको लिई किरणश्रद्ध झैं विष्णुको ॥
{{pcn|(९८)}}
प्रसून-प्रतिपालिनी रजत-वाहिनी मालिनी ।
::अरण्य-घनशालिनी जलधिरत्न-सौदामिनी ॥
वसन्त-"ऋतुमा यिनी सुरभि-गामिनी घुम्दछिन्‌ ।
::बनी मधुर पुष्पको तट छुँदी सफा मालिनी ॥
{{pcn|(९९)}}
परीहरु यहाँ कतै मधुर जूनमा आउलान्‌ ।
::झरेर मृदुतालमा सलिलका हिली गाउलान्‌ ॥
लताहरु समाउलान्‌ हृदयका कणा ल्याउलान्‌ ।
::प्रसूनहरु प्रातमा मधुर लोतिमा लाउलान्‌ ॥
{{pcn|(१००)}}
कतै हरित शैलका कुसुमदार थुम्काहरू ।
::कतै छ सुखको गुफा हरित चारु झुम्काहरू ॥
हिलाउँदछ द्वार त्यो पवन-तालमा सुन्दर ।
::बनेसरि परीगुफा अनि रमाइलो मन्दिर ॥
{{pcn|(१०१)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 22:10, 5 May 2025

This page has been proofread

छ स्वर्गसरि यो हरा तर समस्तकी श्री तिनी ।
सुधा-घटसमान छन्‌ मृदुलरेख झैं भावना ॥
अहा ! करुण फूलकी गुण जरा धरामा घुसी ।
समुच्च मृदु भावना कसुमिता अहा षोडशी ॥
(९६)

मिहीन र नबोलिने सरस चारु टूनाभरी ।
शकुन्तसँगिनी सुखी रँग लिई हँसीली बनी ॥
खुला पवनमा बढी मृदुलता लिई फुल्दछन्‌ ।
विचित्र रँग उड्दछन्‌ बिहग फुल्दछन्‌ बोल्दछन्‌ ॥
प्रसून-रसना लिई मधुर पातला शब्दका ।
छ वास उनमा अहा ! मधुर स्वर्गको रङ्गमा ॥
(९७)

अहो ! झलक घाउँ ता छिनभरी कतै यो तट ।
सुधा-तरल बन्दथ्यो सुख शान्तिले बाँधिने ॥
बनाउन म लाग्दथेँ झलक-निम्तिमा मन्दिर ।
कला हृदयको लिई किरणश्रद्ध झैं विष्णुको ॥
(९८)

प्रसून-प्रतिपालिनी रजत-वाहिनी मालिनी ।
अरण्य-घनशालिनी जलधिरत्न-सौदामिनी ॥
वसन्त-"ऋतुमा यिनी सुरभि-गामिनी घुम्दछिन्‌ ।
बनी मधुर पुष्पको तट छुँदी सफा मालिनी ॥
(९९)

परीहरु यहाँ कतै मधुर जूनमा आउलान्‌ ।
झरेर मृदुतालमा सलिलका हिली गाउलान्‌ ॥
लताहरु समाउलान्‌ हृदयका कणा ल्याउलान्‌ ।
प्रसूनहरु प्रातमा मधुर लोतिमा लाउलान्‌ ॥
(१००)

कतै हरित शैलका कुसुमदार थुम्काहरू ।
कतै छ सुखको गुफा हरित चारु झुम्काहरू ॥
हिलाउँदछ द्वार त्यो पवन-तालमा सुन्दर ।
बनेसरि परीगुफा अनि रमाइलो मन्दिर ॥
(१०१)