Jump to content

Page:Shakuntala.pdf/189: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
यति वचनसाथ ती नृप गए डुली क्यै पर ।
::विचार मनमा यही चलिरह्यो तिमी मोहिनी ॥
सुवर्णकन वास छन्‌, झलक दिव्य हीराकन ।
::प्रसून वनलाइ छन्‌, अनि कबेरकी छन्‌ धन ॥
{{pcn|(९०)}}


धरा पनि धनी बनिन्‌ यति शकुन्तलाले गरी ।
::सबै शहर शून्य छन्‌ वन छ दिव्यताले भरी ॥
अहा ! मृदुल चाँदनीसरि अनन्त राम्री बनी ।
::कतातिर म पाउँला दिनदिनै पला नै गनी ॥
{{pcn|(९१)}}
न लोभ न छ लालसामा विपिनको हरा राज्यमा ।
::कुबेरनगरीसरी प्रथम सिर्जनाको पुरी ॥
महीरुह अनेकको शवल भ्रातृताले गरी ।
::छ सुन्दर फुली वनै युग सुवर्णको माधुरी ॥
{{pcn|(९२)}}
प्रवाह गहना लिने, मधुर फुट्छ पन्ना जहाँ ।
::हरा कर अनेकमा ऋतु वसन्तका केशमा ॥
छ नृत्य रँग तुष्टिले मधुरमा हरा जीवन ।
::यि भावहरु छन्‌ यहाँ ऋषि रमाउने मोहन ॥
{{pcn|(९३)}}
सुवासहरुले यिनै सकल सभ्यता जन्मिए ।
::परी कसुम नाच्दछन्‌ जुन कला बनी फैलिए ॥
हरा प्रकृति हाँस्दछिन्‌ मधुर छन्‌ सबैका दिल ।
::मही मधुप पढ्दछन्‌ मधुर वेद क्या मञ्जुल ॥
{{pcn|(९४)}}
अनेक ऋतु आउँदै नव प्रभावले छाउँछन्‌ ।
::चराहरु करा गरी खबर स्वर्गका ल्याउँछन्‌ ॥
धरा पनि प्रशस्त छन्‌ मित छ चाहना, शीतल ।
::कुटीहरु भँडार छन्‌ सकल ज्ञानका मञ्जुल ॥
{{pcn|(९५)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 22:05, 5 May 2025

This page has been proofread

यति वचनसाथ ती नृप गए डुली क्यै पर ।
विचार मनमा यही चलिरह्यो तिमी मोहिनी ॥
सुवर्णकन वास छन्‌, झलक दिव्य हीराकन ।
प्रसून वनलाइ छन्‌, अनि कबेरकी छन्‌ धन ॥
(९०)

धरा पनि धनी बनिन्‌ यति शकुन्तलाले गरी ।
सबै शहर शून्य छन्‌ वन छ दिव्यताले भरी ॥
अहा ! मृदुल चाँदनीसरि अनन्त राम्री बनी ।
कतातिर म पाउँला दिनदिनै पला नै गनी ॥
(९१)

न लोभ न छ लालसामा विपिनको हरा राज्यमा ।
कुबेरनगरीसरी प्रथम सिर्जनाको पुरी ॥
महीरुह अनेकको शवल भ्रातृताले गरी ।
छ सुन्दर फुली वनै युग सुवर्णको माधुरी ॥
(९२)

प्रवाह गहना लिने, मधुर फुट्छ पन्ना जहाँ ।
हरा कर अनेकमा ऋतु वसन्तका केशमा ॥
छ नृत्य रँग तुष्टिले मधुरमा हरा जीवन ।
यि भावहरु छन्‌ यहाँ ऋषि रमाउने मोहन ॥
(९३)

सुवासहरुले यिनै सकल सभ्यता जन्मिए ।
परी कसुम नाच्दछन्‌ जुन कला बनी फैलिए ॥
हरा प्रकृति हाँस्दछिन्‌ मधुर छन्‌ सबैका दिल ।
मही मधुप पढ्दछन्‌ मधुर वेद क्या मञ्जुल ॥
(९४)

अनेक ऋतु आउँदै नव प्रभावले छाउँछन्‌ ।
चराहरु करा गरी खबर स्वर्गका ल्याउँछन्‌ ॥
धरा पनि प्रशस्त छन्‌ मित छ चाहना, शीतल ।
कुटीहरु भँडार छन्‌ सकल ज्ञानका मञ्जुल ॥
(९५)