Jump to content

Page:Shakuntala.pdf/184: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
लाली थोर गुलाबकी वदनमा श्रीतुल्य वासन्तिकी ।
::लज्जादार प्रसून लज्जत लिने लालित्य झैं लोककी ॥
आत्माकी अति तृप्त ती प्रभुजिको सौन्दर्यको सिर्जना ।
::ती आभा विधुकी झरीपछि कतै खुल्ने कुनै जुक्ति के ?"
{{pcn|(६४)}}


कतै वल्लीलाई कसुमहरुकी चन्द्रछविमा ।
::त्यसै सुत्दी देखी पवन पनि सुत्दा विपिनमा ॥
अनेकौं छायाले भुइँकन दिँदा भूषणहरू ।
::उनी सोध्थे "सुत्छ्यौ मकन नदिई नींद निठुरी ?"
{{pcn|(६५)}}
चराले बोल्दामा पिउ पिउ गरी पुष्पधनमा ।
::"तँ बुझ्छस्‌ के मेरो मन अलिकति प्रेम-क्षणमा ॥"
भनी सोद्धै भन्छन्‌ रवहरु सुनेकी तर तिनी ।
::सचेता बन्छिन्‌ ती नृपति छ विलौनामय भनी ॥
{{pcn|(६६)}}
बोल्दा प्रात विहङ्ग कण्ठ रँगिलो, ऊषा विहारी दृग ।
::तेजीलो नरमी भुवा उरभरी लाम्चो उठेको अलि ॥
मीठो ढुक्ढुकले सुबोल नभको देखेर शोभा नव ।
::जिह्वा पल्लव-कम्पले सरस भै बोल्दो वसन्ती दिल ॥
{{pcn|(६७)}}
त्यो भै चारु प्रशाख नीड हरियोनेरै बसी प्रातको ।
::शोभाले छविको उडूँसरि हुँदो बोलेर मीठा कुरा ॥
त्यस्तो पङ्ख रँगीनको वन-शिशु प्रारम्भको गानमा ।
::देखी ती नृप भन्दछन्‌- "विपिनका शाकुन्तशोभा तँ जा ॥
{{pcn|(६८)}}
भन्दे दिव्य सँगीसितै यति करा यौटा छ दुःखी यहाँ ।
::प्रेमी आर्त प्रकाशभीरु जलले बोल्ने, भिजेको दृग ॥
त्यो तिम्रो दिलको अनन्त विरही दानाहरू बर्बर ।
::झारी हिँड्छ प्रसूनमा र दिलको बास्ना त्यहाँ भर्दछ ॥
यौटै पुष्प टिपेर च्यात करले हेरी फुलेको उर ।
::बास्ना मात्र सुँघेर त्यो बुझ तिमी कस्तो छ प्रेमातुर ॥"
{{pcn|(६९)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 12:14, 5 May 2025

This page has been proofread

लाली थोर गुलाबकी वदनमा श्रीतुल्य वासन्तिकी ।
लज्जादार प्रसून लज्जत लिने लालित्य झैं लोककी ॥
आत्माकी अति तृप्त ती प्रभुजिको सौन्दर्यको सिर्जना ।
ती आभा विधुकी झरीपछि कतै खुल्ने कुनै जुक्ति के ?"
(६४)

कतै वल्लीलाई कसुमहरुकी चन्द्रछविमा ।
त्यसै सुत्दी देखी पवन पनि सुत्दा विपिनमा ॥
अनेकौं छायाले भुइँकन दिँदा भूषणहरू ।
उनी सोध्थे "सुत्छ्यौ मकन नदिई नींद निठुरी ?"
(६५)

चराले बोल्दामा पिउ पिउ गरी पुष्पधनमा ।
"तँ बुझ्छस्‌ के मेरो मन अलिकति प्रेम-क्षणमा ॥"
भनी सोद्धै भन्छन्‌ रवहरु सुनेकी तर तिनी ।
सचेता बन्छिन्‌ ती नृपति छ विलौनामय भनी ॥
(६६)

बोल्दा प्रात विहङ्ग कण्ठ रँगिलो, ऊषा विहारी दृग ।
तेजीलो नरमी भुवा उरभरी लाम्चो उठेको अलि ॥
मीठो ढुक्ढुकले सुबोल नभको देखेर शोभा नव ।
जिह्वा पल्लव-कम्पले सरस भै बोल्दो वसन्ती दिल ॥
(६७)

त्यो भै चारु प्रशाख नीड हरियोनेरै बसी प्रातको ।
शोभाले छविको उडूँसरि हुँदो बोलेर मीठा कुरा ॥
त्यस्तो पङ्ख रँगीनको वन-शिशु प्रारम्भको गानमा ।
देखी ती नृप भन्दछन्‌- "विपिनका शाकुन्तशोभा तँ जा ॥
(६८)

भन्दे दिव्य सँगीसितै यति करा यौटा छ दुःखी यहाँ ।
प्रेमी आर्त प्रकाशभीरु जलले बोल्ने, भिजेको दृग ॥
त्यो तिम्रो दिलको अनन्त विरही दानाहरू बर्बर ।
झारी हिँड्छ प्रसूनमा र दिलको बास्ना त्यहाँ भर्दछ ॥
यौटै पुष्प टिपेर च्यात करले हेरी फुलेको उर ।
बास्ना मात्र सुँघेर त्यो बुझ तिमी कस्तो छ प्रेमातुर ॥"
(६९)