Page:Shakuntala.pdf/182: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
मुसकान लिएर मोहन । | |||
::मुखले 'हुन्छ बुझें' भनीकन ॥ | |||
म हजार वसन्तको रस । | |||
::लिन बन्थें सुखले मदालस ॥ | |||
{{pcn|(५२)}} | |||
तर यादबिना मनोहर । | |||
::निठुरी रूपसमान छौ तिमी ॥ | |||
वनकी सुषमा, महाधन । | |||
::म गरीबै जन नै छु यो दिन ॥" | |||
{{pcn|(५३)}} | |||
यस्तै रोदन ली मनैमनमहाँ बोली फुटाईकन । | |||
::गर्दा पुष्प र पत्रदार वनमा प्रेमाभिसम्बोधन ॥ | |||
खोजीका दिल ती अनेक क्षणका रङ्गीन भावादिले । | |||
::यौटै चित्र सिँगार्दथे हृदयको त्यो दिव्य शाकुन्तल ॥ | |||
{{pcn|(५४)}} | |||
तृष्णा दर्शनको बनेर घन झैं सान्निध्यकी चन्द्रिका- | |||
::लाई छोप्न तयार भै जलभरी बन्दी थिई बाफ झैं ॥ | |||
जो ज्योत्स्ना-निहिता थिइन् स्मृतिपरी खुल्दी तिनैको छवि । | |||
::मानो बादलखण्ड झैं हुन गयो दुःखार्त उल्लासले ॥ | |||
{{pcn|(५५)}} | |||
जो आए वनमा कुरङ्गहरुका तेजी शिकारी बनी । | |||
::ती आफैं अब छन् शिकार वनमा राम्री कुरङ्गीतिर ॥ | |||
निस्तेजी गहिरो विषाद मनमा काँढाहरूले बिझ्यो । | |||
::आगी जल्न तयार हुन्छ मनमा वर्षेर ती बच्दछन् ॥ | |||
{{pcn|(५६)}} | |||
मानो त्यो स्मृति बन्छ बादलविषे छीटो बिजूलीसरि । | |||
::झिल् झिल् पर्दछ व्योममा हृदयको पार्दै अध्यारो पछि ॥ | |||
बल्दा विश्व झलल्ल बन्छ शुरुमा धप्केर अल्प क्षण । | |||
::निभ्दा 'ह्वैन' भनी 'समीप' मनमा गाढा भई शून्यता ॥ | |||
{{pcn|(५७)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:04, 4 May 2025
मुसकान लिएर मोहन ।
मुखले 'हुन्छ बुझें' भनीकन ॥
म हजार वसन्तको रस ।
लिन बन्थें सुखले मदालस ॥
(५२)
तर यादबिना मनोहर ।
निठुरी रूपसमान छौ तिमी ॥
वनकी सुषमा, महाधन ।
म गरीबै जन नै छु यो दिन ॥"
(५३)
यस्तै रोदन ली मनैमनमहाँ बोली फुटाईकन ।
गर्दा पुष्प र पत्रदार वनमा प्रेमाभिसम्बोधन ॥
खोजीका दिल ती अनेक क्षणका रङ्गीन भावादिले ।
यौटै चित्र सिँगार्दथे हृदयको त्यो दिव्य शाकुन्तल ॥
(५४)
तृष्णा दर्शनको बनेर घन झैं सान्निध्यकी चन्द्रिका-
लाई छोप्न तयार भै जलभरी बन्दी थिई बाफ झैं ॥
जो ज्योत्स्ना-निहिता थिइन् स्मृतिपरी खुल्दी तिनैको छवि ।
मानो बादलखण्ड झैं हुन गयो दुःखार्त उल्लासले ॥
(५५)
जो आए वनमा कुरङ्गहरुका तेजी शिकारी बनी ।
ती आफैं अब छन् शिकार वनमा राम्री कुरङ्गीतिर ॥
निस्तेजी गहिरो विषाद मनमा काँढाहरूले बिझ्यो ।
आगी जल्न तयार हुन्छ मनमा वर्षेर ती बच्दछन् ॥
(५६)
मानो त्यो स्मृति बन्छ बादलविषे छीटो बिजूलीसरि ।
झिल् झिल् पर्दछ व्योममा हृदयको पार्दै अध्यारो पछि ॥
बल्दा विश्व झलल्ल बन्छ शुरुमा धप्केर अल्प क्षण ।
निभ्दा 'ह्वैन' भनी 'समीप' मनमा गाढा भई शून्यता ॥
(५७)