Jump to content

Page:Shakuntala.pdf/181: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
तर प्रेम सुगन्ध झैं मिही ।
::बहुतै पत्र लिएर छोपिँदो ॥
तहमा कलिला फुकी फुकी ।
::छ खुला बन्न असम्भवै हुँदो ॥
{{pcn|(४६)}}


भँवरा म बनेर आउँथे ।
::यदि यो देह म पाउँ बद्लिन ॥
दुइ कानविषे सुनाउँथें ।
::मधुरो प्रेम प्रशस्त भुन्भुन ॥
{{pcn|(४७)}}
जसको अघि मर्नु स्वर्ग छ ।
::'न छु प्रेमी' सब कल्पको भनी ॥
उनलाइ न प्रेम याद छ ।
::जगतैको जुन प्रेमको धनी ॥
{{pcn|(४८)}}
बनबादलबाट पुष्पको ।
::मृदु शोभा बिजुली बने तिमी ॥
झललल्ल खुली मरुस्थल ।
::म बनी चातक प्यूँदथें सुधा ॥
{{pcn|(४९)}}
सपनाहरुमा मिहीसँग ।
::यदि यो भाव घुसे दिई रँग ॥
बिउँझी विरही दुखीकन ।
::अलि दिन्थ्यौ स्मृतिको फिका धन !
{{pcn|(५०)}}
अलि गुञ्जनसाथ प्रेमको ।
::लिन टूनाहरुको कुनै सही ॥
अलि त्यो शिरको हिलाइले ।
::कुसुमी ढङ्ग लिँदी मनोहर ॥
महदार मुहारकी तिमी ।
::यदि बोली नबनी सही सरि ॥
{{pcn|(५१)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 21:56, 4 May 2025

This page has been proofread

तर प्रेम सुगन्ध झैं मिही ।
बहुतै पत्र लिएर छोपिँदो ॥
तहमा कलिला फुकी फुकी ।
छ खुला बन्न असम्भवै हुँदो ॥
(४६)

भँवरा म बनेर आउँथे ।
यदि यो देह म पाउँ बद्लिन ॥
दुइ कानविषे सुनाउँथें ।
मधुरो प्रेम प्रशस्त भुन्भुन ॥
(४७)

जसको अघि मर्नु स्वर्ग छ ।
'न छु प्रेमी' सब कल्पको भनी ॥
उनलाइ न प्रेम याद छ ।
जगतैको जुन प्रेमको धनी ॥
(४८)

बनबादलबाट पुष्पको ।
मृदु शोभा बिजुली बने तिमी ॥
झललल्ल खुली मरुस्थल ।
म बनी चातक प्यूँदथें सुधा ॥
(४९)

सपनाहरुमा मिहीसँग ।
यदि यो भाव घुसे दिई रँग ॥
बिउँझी विरही दुखीकन ।
अलि दिन्थ्यौ स्मृतिको फिका धन !
(५०)

अलि गुञ्जनसाथ प्रेमको ।
लिन टूनाहरुको कुनै सही ॥
अलि त्यो शिरको हिलाइले ।
कुसुमी ढङ्ग लिँदी मनोहर ॥
महदार मुहारकी तिमी ।
यदि बोली नबनी सही सरि ॥
(५१)